वित्तीय विवरण विश्लेषणका तरिकाहरु
( Techniques of financial statement Analysis )
1. Horizontical Analysis
2. Vertical Analysis
3. Trend Analysis
4. Ratio Analysis
1. Horizontical Analysis ( समानान्तर विश्लेषण )
संगठनको कुनै दुई समय अबधिको वित्तीय विवरणहरुको तुलना गर्नुलाई समानान्तर विश्लेषण भनिन्छ । बिगतको वित्तीय अवस्थाको तुलनामा वर्तमान वित्तीय अवस्थामा आएको परिवर्तन पहिचान गर्नको लागि समानान्तर विश्लेषण गरिन्छ । यस प्रकारको विश्लेषणले भविष्यमा सुधारात्मक कार्य गर्नमा मद्दत पुर्याउछ ।
2. Vertical Analysis (ठाडो विश्लेषण )
वित्तीय विवरणहरु जस्तै आय विवरण, वासलात, आदिमा समावेश गरिएका विवरणहरुलाई एकल रुपमा विश्लेषण गर्ने कार्यलाई ठाडो विश्लेषण भनिन्छ । आय विवरणको विश्लेषण गर्दा कुल आयलाई सतप्रतिशत मानि सो भित्रका शिर्षकहरुको प्रतिफल निर्धारण गरिन्छ । वासलात विश्लेषण गर्दा कुल सम्पत्तिलाई सतप्रतिशत मानी गरिन्छ ।
3. Trend Analysis (प्रबृत्ति विश्लेषण
)
वित्तीय विवरणमा समावेश गरिएको कुनै शिर्षक जस्तै आम्दानी, विक्री, परिवर्तनशिल लागत मौज्दात आदि मा परिवर्तन हुने दिशा परिचान गर्ने प्रबृत्ति विश्लेषण गरिन्छ । यसको मुख्य उद्देश्य विगत केही वर्षको यी चरहरुमा भएको परिवर्तनलाई ध्यानमा राखी आगामी वर्षको लागि आवश्यक रकमको पुर्वानुमान गरिन्छ ।
4. Ratio Analysis ( अनुमान विश्लेषण )
वित्तीय विवरणमा समावेश गरिएका विभिन्न शिर्षकहरु विचको अन्तर सम्बन्ध जाँच गर्ने , तुलना गर्ने , विश्लेषण तथा मूल्याङ्कन गर्ने कार्यलाई अनुपात विश्लेषण भनिन्छ । अनुपात विश्लेषणले एकातिर संगठनको विगत र वर्तमानको कार्य सम्पादन मुल्याङ्कन गर्नेमा मद्दत पुर्याउछ भने अर्कोतर्फ समान प्रकृतिको व्यवसाय वा प्रतिष्पर्धीको कार्य प्रगति संग तुलना गर्न सहयोग गर्दछ .
Click Here to know more ablout Ratio Analysis
Limitation of financial statement analysis सिमाहरु
- वित्तीय विवरणहरु एतिहासिक तथ्यमा आधारित हुनु,
- Qualitative गुणात्मक पक्षलाई बेवास्ता
- मूल्य स्तर, मुद्रा स्फीर्ती संकुचन आदि बाट पर्ने असर व्यक्त गर्न सक्दैन ।
- वित्तीय विश्लेषण केवल माध्यम Means मात्र हो । यो साध्य Ends होइन । वित्तीय विश्लेषण बाट प्राप्त नतिजाको व्याख्या निश्कर्ष र समाधानका लागि प्रयास गर्ने विश्लेषक अनुसार फरक फरक हुन सक्छ ।समस्या, सवल दुर्वल पक्षहरु पहिचान गरेतापनि समाधानका उपायहरु पत्ता लगाउन सक्दैन ।
0 Comments