भिन्नताको आधार | कोषमा आधारीत कारोवार | गैर कोषमा आधारीत कारोवार |
---|---|---|
परीभाषा | बैंकले आफ्नो नगद रकमको लगानी गरी व्याज आर्जन गर्ने व्यवसायलाइ काषमा आधारीत व्यवसाय भनिन्छ । | बैंकले सुरुमा कुनै नगद सकम लगानी गर्नु नपर्ने र कमिसन आर्जन हुने प्रकृतिका व्यवसायलाइ गैर काषमा आधारीत व्यवसाय भनिन्छ । तर कुनै कारोवारले भविस्यमा दायित्व सृजन ागर्न सक्दछ । |
नगद रकमको आवश्यकता | काषमा आधारीत कारोवारमा नगद रकमको आवश्यकता पर्छ । किनकी वैंकले यस्तो खालको कारोवार गर्दा कर्जा उपलब्ध गराउनु पर्दछ । | गैर काषमा आधारीत कारोवारमा तत्काल नगदको आवश्यकता पर्दैन तर भविश्यमा कुनै कारोवारले दायित्व सृजना गर्न सक्छ । |
जोखिमको मात्रा | यसमा नगदको प्रवाह हुने भएकोले सोको जोखिम उच्च रहन्छ । | यसमा नगदको प्रवाह नहुने भएकोले सोको जोखिम न्युन रहन्छ । |
कोषको लागत | बैंकको अधिकांश हिस्सा अन्तरगत यो कारोवार हुने भएकोले कोषको लागत तुलनात्मक रुपमा उन्च्च रहन्छ । | यस अन्तर्गत थोरैमात्र कारोवार हुने भएकोले तुलनात्मकरुपमा कोषको लागत कम रहन्छ । |
संकास्पद व्यस्था | यसमा कर्जा नउठने देखियमा संकास्पद व्यवस्था आवस्यक पर्छ । | यसमा कुनै पनी संकाशपद व्यवस्थ ा गर्नु पर्दैन । |
आम्दानीको आधार | काषमा आधारीत कारोवार अन्तरगत कर्जा प्रवाह गरीने हुदा यसको आम्दानीको आधार व्याज हो । | गैर काषमा आधारीत कारोवार अन्लचगत जमानत बस्ने खालको कार्य हुने भएकोले यसको आम्दानीको आधार कमिशन हो । |
तरलता व्यवस्थापन | यसमा तरलता व्यवस्थापन गरेर मात्र लगानी गरीन्छ । | यस किसिमको कारोवारमा तरलता व्यवस्थापन आवस्यक पर्दैन । |
आवश्यक जनशक्ति | यसले बैंकको कारोवारको धेरै हिस्सा ओगटने तथा विभिन्न प्रकृया पुरा गर्नु पर्ने भएकोले धेरै जनशक्ति आवश्यक पर्दछ । | यसले बैंकको कारोवारको थोरै हिस्सा मात्र ओगटने तथा प्रकृया पनी छोटो हुने भएकोले यसमा थोरै जनशक्ति आवश्यक पर्दछ । |
प्रकृया | काषमा आधारीत कारोवारमा अधिक जोखिम हुने भएकोले बैंकले यसको प्रकृया लामो बनाएको हुन्छ ताकि कर्जा खराव स्थानमा प्रवाह नहोस । | गैर कोषमा आधारीत कारोवारमा जोखिम न्युन हुने भएकोले यसमा छोटो प्रकृयामा काम हुने खालको वातावरण सृजना गरीएको हुन्छ । |
कागजातको आवश्यकता | यस्तो खालको कारोवारमा जोखिमको मात्रा घटाउन धेरै कागजातहरु अनिवार्य गरिएको हुन्छ । | गैर कोषमा आधारीत कारोवारमा थोरै मात्र कागजातको माग गरीएको हुन्छ । |
कानुनी प्रकृया | धितो सुरक्षण देखी हरेक कुरा यसमा झनझटिलो हुन्छ । | यो कारोवार कानुनी रुपमा तुलना गर्दा धेरै सजिलो हुन्छ । |
आम्दानी आर्जनका लागी समयावधि | यस अन्तरगत कर्जा प्रवाह हुने हुदा कर्जा जति लामो समयावधिको लागि प्रवाह गरियो व्यति नै बढि आय हुन्छ । | यसमा कमिसन स्वरुप तत्काल वा छोटो समयमा आय हुन्छ । |
कोषमा आधारीत कारोवार
संकुचित अवधारणा अनुसार कोष भन्नाले नगदलाई मात्र बुझिन्छ भने बृहत अवधारणा अनुसार Working Capital लगाएत सम्पुर्ण नगद लाइ बुझिन्छ ।
बैंक वित्तीय संस्थाको ठुलो अंश कोषमा अधारीत कारोवारमा निर्भर रहेको हुन्छ किन भने नेपाल राष्ट वैंकले हाल CCD Ratio (Core Capital to Deposite Ratio) 80% सम्म कायम गर्नु पर्ने व्यवस्था अनुरुप बैंकको ठुलो रकम यसै व्यवसायमा रहने गर्दछ ।
कोषमा आधारित व्यवसाय भन्नाले वैंकले रुपैया पैसा लगानी गरेर नाफा आर्जन गर्ने व्यवसायलाइ बुझिन्छ जुन जोखिमपुर्ण व्यवसाय हो । किनभने नगद प्रवाह गरेर जस्ताको त्यस्तै असुली गर्न सकिदैन । खास गरी ग्राहकले उधोग व्यापार व्यवसाय आदी सञ्चालनको लागी कर्जा स्वरुप उपलब्ध गराउने नगद लाइ नै कोषमा आधारीत व्यवसाय । कारोवार भनिन्छ ।
कोषमा आधारीत व्याबसाय को प्रकृया लामो स झन्झटिलो हुन्छ । कानुनी पक्षलाइ ध्यानमा राख्दै लामो प्रकृया द्वारा क्रृण स्वीकृति गर्नुपर्ने हुन्छ , जसमा धेरै कागजालहरु लग्न गर्नु पर्ने हुन्छ ।
यसरी प्रवाह गरेको क्रृण समयमा असुली हुन नसकेमा NRB को निर्दैशन अनुसार Loan Loss Provision कायम गर्नु पर्ने हुन्छ । सामान्यतया निम्न कारोवारहरु कोषमा आधारीत कारोवार हुन –
* अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन कार्जा
* थोक कर्जा र खुद्रा कर्जा
* स्थिर पूँजी कर्जा र चालु पूँजी कर्जा
* विभिन्न उद्देश्यमुलक कर्जाहरु जस्तै कृषि कर्जा, उधोग कर्जा व्यापार कर्जा , घरायसी कर्जा आदि ।
गैर कोषमा आधारीत कारोवार
वैंकले आफ्नो ग्राहकलाइ सुरुमा जगद उपलब्ध गराउन नपर्ने तर कमिसन आर्जन हुने किसिमका कारोवारलाइ गैर कोषमा आधारीत व्यवसाय भनिन्छ ।
यसता कारोवारहरुले निरन्तर कमिरन आर्जन गर्ने र वैंकको कोषको उपयोग गर्न नपर्ने प्रकृतिका हुन्छन यसता कारोवारहरु मध्य कुनै कारोवारको भविस्यमा दायित्व सृजन ागन सक्दछन । जस्तै प्रतित पत्र, वैंक ग्यारेन्टि आदि ।
यस्तो कारोवारको लागि वैैंकले सुरुमा पुर्वाधार निर्माणको लागि, क्यातधबचभ राख्नको लागि, मध्यस्त न्युक्तको लागी केही खर्च गरेपनी तत्पश्च्यात भने यस्तो कारोवारबात कमिसन प्राप्त हुन्छ भने यस्तो कारोवारको लागी प्रकृया छोटो तथा कानुनी भन्झट पनी कम र थोरै जनशत्ति भए पुग्ने अवस्था रहन्छ ।
निम्न कारोवारहरु गैर कोषमा आधारीत कारोवारहरु हुन Letter of Credit
· Bank Gurantee
· Foreign Exchange
· Remittance
· ATM / Debit Card
· Portfolio Management
· Mobile / Internet Banking
· ASBA
· Bills Collection
· Bills Purchase
· Locker
· सुन चादी कारोवार
0 Comments