मूल्य (Values):

 
मूल्य (Values):
व्यक्तिले कुनै विषयबस्तु र व्यक्तिको वारेमा राखेको गहिरो विश्वासलाई मूल्य भनिन्छ । यो व्यक्तिले मानेको र स्वीकार गरेका व्यक्तिगत मान्यता र व्यवहार हो । एउटा व्यक्तिले के कुरा सही र के कुरा गलत हो कुन कार्य गर्न हुन्छ र कुन कार्य गर्न हुदैन कुन कुरउा उपयुक्त हुन्छ र कुन कुरा उपयुक्त हुदैन आदि सम्वन्धमा राखेको व्यक्तिगत मान्यतालाई मूल्य भनिन्छ । यसले एउटा व्यक्तिको मूलभुत आत्मनिर्णयलाई जनाउँछ ।
मूल्यले कुनै विषयवस्तु प्रतिको व्यक्तिको भावना प्रतिविम्व गराउँछ । व्यक्तिले वहन गर्ने विश्वास नै मूल्य हो । यसले व्यक्तिको उपयुक्ततालाई बुझाउँछ । संगठनमा व्यवस्थापकले कर्मचारीहरुको मूल्यलाई बुझ्नु पर्दछ ।संगठनप्रति असल मूल्य मान्यता राख्ने कर्मचारीहरुले अवश्य पनि राम्रो कार्य सम्पादन गर्दछन । कर्मचारीको आदर्शस्वतन्त्रतानैतिकताअस्तित्वआत्मसम्मान अधिकारचाहनाविचारधारासमानता आदि सवै मूल्य अन्तरगत पर्दछन । मानव मूल्य स्थिर तथा दीर्घकालिन हुन्छ ।
Types of Values
मूल्यका वारेमा Milton Rokeach' ले एउटा सर्वेक्षण गरेका छन । जसलाइ Milton Rockeache's Values Survey भनिन्छ । उनको यस सर्वेक्षण अनुसार मूल्यलाई दुई प्रकारमा वर्गिकरण गरेको छ ।
1. Terminal Values: व्यक्तिले आफ्नो जीवन अवधिमा हासिल गर्न चाहेका अन्तिम लक्ष्यहरुलाई आवधिक मूल्य भनिन्छ । जस्तै आरामदायी जीवनप्रगतिको चाहनासफलताको अनुभवसमानतासामाजिक पहिचानस्वतन्त्रताखुशीमित्रताआरामआत्मसम्मानपारिवारिक सुरक्षा आदि ।
2. Instrumental Values: आवधिक मूल्यहरु हसिल गर्न अपनाइने वैकल्पिक उपायहरुलाई साधन मूल्य भनिन्छ । साधन मूल्यहरुलाई सहायक मूल्य वा कारक मूल्य पनि भनिन्छ । जस्तैः महत्वाकाङ्क्षासामथ्र्यइमान्दारितासहयोगसिर्जनशीलतासाहसीआत्मनिर्भरबौद्धिकआज्ञाकारीसक्षमता आदि ।
 

Post a Comment

0 Comments