चेतना (Sensation):
प्रत्येक व्यक्तिलाई कुनै चिजका वारेमा ध्यानाकर्षण गराउने तथा संकेत प्राप्त गर्ने प्रक्रियालाई चेतना भनिन्छ । चेतना मानिसहरुको ज्ञानेन्द्रियहरुबाट प्राप्त हुन्छ । चेतनाले वातावरणबाट सूचनाहरु प्राप्त गर्ने तथा दिमागसम्म पुर्याउने कार्य गर्दछ । वाह्य वातावरणमा मानिसले अनेक सूचनाहरु पाँच ज्ञानेन्द्रियहरु मार्फत ग्रहण गर्दछ । त्यसैले हेराइ{ (Sight), आवाज (sound) , गन्ध (Smell), र छुवाइ { (Touch) मार्फत वातावरणको संवेदन बुझने प्रक्रियालाई चेतना भनिन्छ । चेतना एक किसिमको अनुभव हो । जस्तै कुनै व्यक्तिले गीत सुनिरहेको छ भने उसले गीत, म्यूजिक, वसिरहेको स्थानको तापक्रम, उज्यालो, अध्यारो आदिको अनुभव गरिरहेको हुन्छ तर वाहय वातावरणमा उसको ध्यान जाँदैन । वास्तवमा यही नै चेतना हो ।
ज्ञानेन्द्रियहरुले वाह्य वातावरणबाट विभिन्न किसिमका सूचनाहरु संकलन गर्दछन र संकलित सूचनाहरुलाई संवेदन प्रक्रियाद्वारा मस्तिष्कसम्म पुरयाउने कार्य गर्दछन । यसबाट के बुझिन्छ भने संवेदन भनेको केही चिजबाट व्यक्तिमा आउने भावना हो । जसलाई दुरुस्तरुपमा व्याख्या गर्न सकिदैन । भौतिक रुपमा छोएर, देखेर, सुनेर वा स्वाद लिएर संवेदन ग्रहण गर्न सकिन्छ । चेतनाले मानवीय प्रारम्भिक व्यवहारको व्याख्या गर्दछ । जसलाई शारीरिक ज्ञानेन्द्रियहरुले प्रशस्त मात्रामा निर्धारण गरेको हुन्छ ।
0 Comments