आवश्यकता (Needs):

 
आवश्यकता (Needs): 
मानिसहरुलाई कुनै चिज वा बस्तुको अभाव हुनुलाई आवश्यकता भनिन्छ । जव मानिसलाई कुनै चिजको अभाव हुन्छ तव उसले आवश्यकताको महसुस गर्दछ । यसर्थमा मानिस भित्र विद्यमान  विभिन्न इच्छातथा चाहनाहरुको  संयुक्त रुपलाई आवश्यकता भनिन्छ । आवश्यकताले व्यक्तिमा केही प्राप्त गर्ने भावनाको श्रजना गर्दछ ।
अर्कोशब्दमा मानिसको अपेक्षा (Expection) तथा उपलब्धि (Achievement) वीचको भिन्नतालाई आवश्यकता भनिन्छ । मानविय आवश्यकताहरु असंख्य हुन्छन । त्यस्ता आवश्यकताहरु पुरा गर्न मानिसहरु उत्प्रेरित हुन्छन र यसले नया व्यवहारको निमार्ण गर्दछ । आवश्यकताहरु जति धेरै हुन्छन मानिसलाई त्यतिनै उत्प्रेरणा मिल्दछ । ब्दचबजबm ःबकयिध ले मानविय आवश्यकताहरुलाई शारीरिक आवश्यकतासुरक्षा आवश्यकतासामाजिक आवश्यकताअहम आवश्यकता र आत्मसन्तुष्टि आवश्यकता गरी ५ किसिममा वर्गीकरण गरेका छन । यी आवश्यकताहरु पुरा नगरेसम्म मानिस तनावमा हुन्छ र तनावले मानिसलाई कार्य सम्पादन गर्न प्रेरित गर्दछ ।
Types of Needs
1. प्राथमिक आवश्यकता (Primary Needs):
मानिसहरुलाई बाच्नका लागि नभई नहुने भौतिक आवश्यकताहरुलाई  प्राथमिक आवश्यकता भनिन्छ । जस्तैः खानालुगाआवासआराम आदि । प्राथमिक आवश्यकताहरु अनिवार्य प्रकृतिका हुन्छन ।
2. सहायक आवश्यकता (Secondary Needs): देखेरसुनेरहेरेर उत्पन्न हुने विलासिताका आवश्यकताहरुलाई सहायक आवश्यकता भनिन्छ । सहायक आवश्यकताहरलाई मनोवैज्ञानिक आवश्यकता पनि भनिन्छ । जस्तैथप अवसरआत्मसम्मानपहिचानपुरस्कारआदि
 

Post a Comment

0 Comments