Mental Process(मानसिक प्रक्रिया):

Mental Process(मानसिक प्रक्रिया):
मानिसले कुनै विषयबस्तुका वारेमा निश्चित अनुमान गर्नु वा धारणा बनाउनुलाई मानसिक प्रक्रिया भनिन्छ ।  अर्को अर्थमा वाह्य वातावरणबाट व्यक्तिले सूचनाहरु प्राप्त गर्नेत्यसलाई मस्तिष्कमा विश्लेषण गरेर धारणको विकास गर्ने र निर्णय गर्ने दिमागी प्रक्रियालाई मानसिक प्रक्रिया भनिन्छ । हरेक व्यक्तिले ज्ञानेन्द्रिय मार्फत विभिन्न किसिमका सूचनाहरु एंव तथ्यांकहरु  निवेशको रुपमा प्राप्त गर्दछ । उक्त सूचनाहरुलाई मानसिक प्रक्रियामा प्रशोधन गरेर कुनै खास धारणा तयार गरेर सोही अनुसार प्रतिक्रिया जनाउँछ ।
यदि कुनै व्यक्तिको जीवनमा जब कुनै समस्या देखा पर्दछ । तव व्यक्तिले आफ्नो ज्ञानसीपदक्षताअनुभुति र सोचाइको प्रयोग गर्दछ । उसले उक्त समस्यालाई कुन रुपमा हेर्दछ वा अनुभूति  सगर्दछ सोही अनुरुप आफुभित्रको ज्ञान अनुभव र सामथ्र्यको प्रयोगबाट समस्याको समाधन गर्दछ । यही प्रक्रियलाई मानसिक प्रक्रिया भनिन्छ । मानसिक प्रक्रिया अन्तरगतका तत्वहरु निम्नानुसार छन ।
 
 
 
  1. Perception(अनुभूति): वाह्य वातावरणबाट सूचनाहरु ग्रहण गर्नेछनौट गर्नेसंगठन गर्ने तथा निश्चित अर्थ निकाल्ने प्रक्रिया नै अनुभूति हो । अनुभूति एक दिमागी प्रक्रिया हो । यसमा व्यक्तिले कुनै काम वा घटनाबारे जानकारी प्राप्त गर्दछ । उक्त जानकारीहरुलाई प्रक्रियागत रुपमा प्रशोधन गरेर सो वारेमा सकारात्मक वा नकारात्मक धारणा तयार गर्दछ । यसबाट के बुझिन्छ भने अनुभूतिको आधारमा व्यक्तिको व्यवहार वन्दछ ।
 
  1. Thinking(सोचाई): सोचाई पनि व्यक्तिको मानसिक प्रक्रियाको एक महत्वपूर्ण पक्ष हो । कुनै पनि व्यक्तिले सूचनाहरुको अनुभुति गरिसकेपछि त्यसका वारेमा सोचविचार गर्दछ । यो समस्या कस्तो हो कसरी आयो किन यस्तो भयो यसबाट के लाभ हुन्छ वा नोक्सानी हुन्छ भनेर मनन गर्नु नै सोच हो । अर्थात कामदारहरुले किन राम्रो वा नराम्रो कार्य गरयो भनेर विचार गर्नु नै सोच हो ।
 
 
  1. Problem Solving (समस्या समाधान): समस्या समाधान भनेको कुनै उचित निर्णयमा पुग्नु हो । व्यक्तिले सोचाईलाई पूर्णता दिन समस्याको समाधान गर्दछ । समस्याको समाधान अन्तरगत सर्वप्रथम वास्तविक समस्याको पहिचान तथा समस्याका कारक तत्वहरु पत्ता लगाइन्छ । ततपश्चात समस्या समाधानका विभिन्न विकल्पहरु पत्ता लगाई उपयुक्त विकल्पको छनौट गरिन्छ । यसरी समस्याहरुको समाधान गर्न ज्ञान तथा अनुभवको आवश्यकता पर्दछ । हरेक व्यक्तिमा रहेको ज्ञान र अनुभवका आधारमा फरक फरक किसिमले समास्याहरुको समाधान गर्दछन ।
 
  1. Mental Imaginary (मानसिक कल्पना) समस्याको समाधानका लागि गरिने दिमागी अभ्यासलाई मानसिक प्रतिविम्व भनिन्छ । अर्थात अनुभूतिसोचाई र समस्या समाधानका लागि मष्तिष्का निर्माण हुने छापलाई मानसिक कल्पना भनिन्छ । मानसिक कल्पनाहरु सकारात्मक सोचाई नकारात्मक सोचाई र दिवा स्वप्न पर्दछन । सकारात्मक सोचाईले उत्प्रेरणामा वृद्धि गर्दछ भने नकारात्मक कल्पनाले उत्प्रेरणामा हस ल्याउँछ ।

Post a Comment

0 Comments