Measurement of Job Satisfacton in Nepali: कार्य सन्तुष्टिको मापन

 Measurement of Job Satisfacton: कार्य सन्तुष्टिको मापन

कार्य सन्तुष्टि व्यक्तिको कार्य प्रतिको सकारात्मक धारणा हो । कुनै पनि व्यक्तिले कार्यका वारेमा तयार भावनात्मक सन्तुष्टिलाई कार्य सन्तुष्टि भनिन्छ । कार्य सन्तुष्टिलाई व्यक्तिको कार्य सम्पादन र उसलाई प्रदान गरिएका सेवा सुविधाहरुले प्रभाव पार्दछन । तसर्थ कर्मचारीहरु कार्य प्रति कत्तिको सन्तुष्ट छन वा असन्तुष्ट छन भनेर वुझनु पर्ने हुन्छ । सामान्यतया कर्मचारीले देखाएको व्यवहारबाट उसको कार्य सन्तुष्टिलाई बुझन सकिन्छ तथापी विधिवत रुपमा कार्य सन्तुष्टि मापन गर्ने विधिहरु निम्नानुसार रहेका छन ।
1) Single Global Rating Method: (एकल विश्वव्यापी मापन विधि)ः कार्य सन्तुष्टि मापन गर्ने यस विधि अन्तरगत संगठनका प्रत्येक कर्मचारीलाई कुनै एक प्रश्नको उत्तर दिन लगाइन्छ । उक्त प्रश्नको लागि पाँच वटा विकल्पहरु दिइएका हुन्छन र कुनै एकको छनौट गर्दछन । कर्मचारीले छनौट गरेको विकल्पको आधारमा कार्य सन्तुष्टि मापन गरिन्छ ।
2) Summation of Job Factors Method (कार्य तत्व योग विधि)ः यस विधि अन्तरगत कामका मुख्य तत्वहरु पहिचान गरेर कर्मचारीहरुको प्रतिक्रिया मागिन्छ । प्रतिक्रियाका आधारमा पहिचान गरिएका तत्वहरुलाई एउटा स्तरीय स्केलमा मापन गरिन्छ र प्रत्येक तत्वको भारलाई जोडेर कार्य सन्तुष्टिको कुल योग पत्ता लगाइन्छ । यस अन्तरगत निम्न विधिहरु पर्दछन ।  
a) Job Descriptive Index –JDI (कार्य वर्णन सूचक)ः यस विधि अन्तरगत सर्वप्रथम कार्य सन्तुष्टिलाई प्रभाव पार्ने तत्वहरु जस्तै कामतलवपदोन्नतिसुपरिवेक्षणकार्य अवस्थासहकर्मी आदि तत्वहरुको पहिचान गरिन्छ । यी तत्वहरुको पहिचान गरिसके पछि सन्तुष्टि क्रम निर्धारण गरिन्छ ।
b) Minnesota Satisfaction Questionnaire-MSQ (मिन्नेसोटा सन्तुष्टि प्रश्नावली)ः कर्मचारी सन्तुष्टि मापन गर्नको लागि यस विधि अन्तरगत कार्य संग सम्वन्धित १०० वटा प्रश्नहरुको सूची तयार गरिन्छ । ती सम्पूर्ण प्रश्नहरु मध्येबाट कुनै एक कार्य संग सम्वनिधत २० वटा प्रश्नहरु सोधिन्छन । हरेक प्रश्नको लागि ५ वटा विकल्पहरु दिइएका हुन्छन र कुनै एक विकल्पमा गोलो चिन्ह लगाउइन्छ ।
c) Need Satisfaction Questionnaire- NSQ –(आवश्यकता सन्तुष्टि प्रश्नावली)ः यो  विधि विशेष गरेर व्यवस्थापकीय कर्मचारीहरुको कार्य सन्तुष्टि मापन गर्नको लागि प्रयोग गरिन्छ । यस विधि अन्तरगत व्यवस्थापकीय समस्या एवं चुनौतिहरुमा ध्यान दिएर प्रश्नवाली तयार गरिन्छ । यसमा हाल के छ र के हुन पर्दछ भन्ने प्रश्नहरु राखिन्छन र प्रत्येक प्रश्नको लागि न्यूनतम १ र अधिकतमा ७ अंक कायम गरिन्छ । उक्त अंकहरुमा कर्मचारीले कुनै एक अंकमा रेजा चिन्ह लगाउँछन ।
3) Critical Incident Method (संवेदनशील प्रसंग विधि)ः यस विधि अन्तरगत कार्य सम्पादनको क्रममा कर्मचारीहरुले महशुस गरेका परिस्थितिघटना र कार्यका वारेमा अभिव्यक्ति बुझन लगाई कार्य प्रतिको धारणा बुझन सकिन्छ ।
4) Interview: यस विधि अन्तरगत कर्मचारीहरुका आवश्यकतारुचीचाहनार समस्याहरुको वारेमा प्रत्यक्ष अन्तरवार्ता लिएर कार्य सन्तुष्टिका वारेमा बुझिन्छ ।
 
 

Post a Comment

0 Comments