Maslow's Hierarchy Need Theory:
अमेरिकी मनोवैज्ञानिक Abraham Maslow द्वारा सन १९४३ मा उत्प्रेरणाका सम्वन्धमा प्रतिपादित सिद्धान्तलाई Maslow's Hierarchy Need Theory भनिन्छ । यस सिद्धान्त अनुसार मानवीय आवश्यकताहरुको एक निश्चित क्रमवद्धता अर्थात श्रृङखला हुन्छ । उक्त आवश्यकताहरु परिपुर्तिको लागि उनीहरु प्रेरित भई कार्य गर्दछन । एउटा आवश्यकता पूर्ण हुने वित्तिकै अर्को आवश्यकता देखापर्दछ र पुन अर्को आवश्यकता पुर्तिको लागि मानिसहरु प्रेरित हुन्छन । यसरी मानिसहरुका आवश्यकताहरु जुन रुपमा वढदै जान्छन उनीहरु त्यसरी नै क्रमश पुर्तिको लागि प्रयास गर्दै जान्छन । त्यसैले यसलाई आवश्यकता श्रङखला सिद्धान्त भनिएको हो । Abraham Maslow ले मानिसका सम्पूर्ण आवश्यकताहरुलाई निम्न पाँच चरणमा विश्लेषण गरेका छन । उक्त आवश्यकताहरुको परिपुर्तिबाट मानिसहरुलाई कार्य प्रति प्रेरित गर्न सकिन्छ ।
1 Physiological Needs | Food, Shelter, Cloths, Rest, health treatment etc. |
2 Safety/ security Needs | Job security, financial security, physical security, social security, |
3. Social Needs | Friendship, family help, social interaction, group formation, Integrity, social acceptance, affection |
4. Ego/Esteem Needs | Self confidence, self respect, freedom, position, power, prestige, authority and responsibility, recognization |
5. Self Actualization Needs | Providing challenging job, participating in decision making , provide flexibility and autonomy in jobs |
Abraham Maslow द्वारा प्रतिपादित उक्त पाँचवटा आवश्यकताहरु कर्मचारीहरुमा क्रमश देखापर्दछन । एउटा आवश्यकताको सन्तुष्टि पश्चात उनीहरु अर्को आवश्यकताको महशुसस गर्दछन र त्यसको समाधानका लागि उत्प्रेरित हुन्छन । अतः संगठनले ती पाँच वटा आवश्कताहरु क्रमश पुरा गर्दै जानेहो भने कर्मचारीहरु कार्य प्रति उत्प्रेरित हुन्छन ।
0 Comments