Major Personality Attributes Influencing OB in Nepali संगठनात्मक व्यवहारलाई प्रभाव पार्ने प्रमुख व्यक्तित्व सम्वन्धि विशेषताहरु

  

Major Personality Attributes Influencing OB
संगठनात्मक व्यवहारलाई प्रभाव पार्ने प्रमुख व्यक्तित्व सम्वन्धि विशेषताहरु
संगठनमा कार्यरत कर्मचारीहरुका आआफनै किसिमका व्यक्तिगत गुणहरु हुन्छन । उक्त गुणहरुको आधारमा नै उनीहरुको पहिचान तथा विशिष्टता वनेको हुन्छ । व्यक्तिका यिनै व्यक्तित्व सम्वन्धि गुणहरुले कार्य स्थलमा कार्य व्यवहारलाई प्रभाव पारिरहेका हुन्छन । संगठनात्मक व्यवहारलाई प्रभाव पार्ने त्यस्ता व्यक्तित्व सम्वन्धि विशेषताहरु निम्नानुसार विश्लेषण गरिएको छ ।
1.Locus of Control: (नियन्त्रण केन्द) ः नियन्त्रण केन्द्र मानिसमा विद्यमान त्यस्तो गुण हो जहाँ व्यक्तिले आफुलाई एक विश्वासको घेरा भित्र राखेर हेर्दछ । अर्थात कसैले भाग्यमा विश्वास राख्दछ भने कसैले कर्ममा विश्वास राख्दछ । यो गुणको आधारमा मानिसलाई आन्तरिक नियन्त्रण र वाह्य नियन्त्रण गरेर दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ । आन्तरिक नियन्त्रणमुखी मानिसहरु कार्य सम्पादनमा पूर्ण विश्वास गर्दछन अर्थात कर्मयोग्यता र प्रयत्नका आधारमा सफल हुन्छ भनि विश्वास गर्दछन तर वाह्य नियन्त्रणमुखी मानिसहरु कार्य सम्पादनमा भाग्यलाई आधार बनाउँछन अर्थात वाह्य पक्षले नियन्त्रण गर्दछ भन्ने विश्वास राख्दछन । 
2) Self Esteem (आत्म सम्मान÷स्वसम्मान)ः कुनै पनि व्यक्तिले आफैलाई आदर गर्ने प्रवृत्तिलाई स्वसम्मान भनिन्छ । व्यक्तिको यो गुण उसले आफुलाई मन पराउने वा मन नपराउने अर्थात आफनो महत्व एवं योग्यता प्रतिको विश्वासलाई जनाउँछ । सामान्यतया व्यक्तिहरु उच्च आत्म सम्मान र न्यून आत्म सम्मान भएका हुन्छन । उच्च आत्म सम्मान भएका व्यक्तिहरु वढी क्षमतावानउत्साहीपरिश्रमीजोखिम वहन गर्न सक्नेचुनौतिक कार्यमा सहभागि हुने गुणका हुन्छन । सफलता हासिल गर्नको लागि योग्यताअनुभवक्षमता  र कडा परिश्रममा विश्वास गर्दछन । तर न्यून आत्म सम्मान भएका व्यक्तिहरु चाकरीचाप्लुसी गरेर अरुलाई खुशी पार्ने विशेषताका हुन्छन । उनीहरुमा आत्म विश्वासको कमी हुन्छ  चुनौतिपूर्ण कार्य तथा जिम्मेवारी वहन गर्न रुचाउँदैनन तर माथिल्लो पदमा जाने अभिलासा तीव्र रुपमा राख्दछन । उनीहरु अरुको निर्देशनको पालना गर्न मन पराउँछन ।
3) Machiavellianism मायकिअभेलिअनिजअम (चातुर्यवाद) ः व्यक्तिले प्रयाप्त अधिकार वा शक्ति लिन सक्ने र अरुमाथि आधिपत्य वा नियन्त्रण गर्न सक्ने गुणलाई चातुर्यवाद भनिन्छ । यस किसिमका व्यक्तिहरुमा उच्च आत्मविश्वास र स्वसम्मान रहेको हुन्छ । चातुर्यवादको आधारमा मानिसहरु उच्च चार्तुय र न्यून चातुर्य गरी दुई किसिमका हुन्छन । उच्च चातुर्यता गुण भएका व्यक्तिहरु तर्कशास्त्री हुन्छन । तर्क तथा तथ्य संगत कुरा गरेर अरुलाई विश्वासमा लिन उनीहरु सिपालु हुन्छन । निजी स्वार्थका लागि अरुलाई प्रयोग गर्न यिनीहरु पछाडी पर्दैनन । यिनीहरु वढी विवेकी हुन्छन तर कम भावनात्मक हुन्छन । अर्को तर्फ न्यून चातुर्यता गुण भएका व्यक्तिहरु धुर्तत्याई गर्न सक्दैनन । उनीहरुमा अधिकार र शक्तिमोह हुदैन । निष्ठा र मित्रतालाई सही रुपमा लिन्छन । संगठनको सफलतालाई आफनै सफलता ठान्दछन ।
4) Self Monitoring(स्वय अनुगमन)ः व्यक्तिले आफना क्रियाकलापहरुव्यवहारहरुगतिविधिहरुको आफैले अनुगमन तथा मूल्यांकन गर्नुलाई स्वय अनुगमन भनिन्छ । व्यक्तिको यो गुण वाह्य वातावरणीय वा परिस्थितिमुलक तत्वहरु संग व्यवहार समायोजन गर्न सक्ने क्षमतासंग सम्वन्धित छ । त्यसैले स्वयं अनुगमन गरेर आफुलाई परिस्थित अनुसार परिवर्तन गर्न सक्नु पर्दछ । स्वय अनुगमनको आधारमा व्यक्तिको व्यक्तित्व उच्च स्वअनुगमन र न्यून स्वअनुगमन गरेर दुई किसिमका हुन्छन । उच्च स्वअनुगमन व्यक्तित्व भएका व्यक्तिहरु संगठनसहकर्मीव्यवस्थापकसुपरिवेक्षक संग सजिलै घुलमिल हुनसक्दछ । उनीहरु जस्तोसुक्कै वातावरणमा पनि सजिलै समायोजन हुन सक्ने क्षमता राख्दछन । तर न्यून स्व अनुगमनको व्यक्तित्व भएका व्यक्तिहरु वढी अन्तरमुर्खी र परम्परावादी शोचका हुन्छन । उनीहरु परिवर्तनलाई सजिलै स्वीकार गर्दैनन र गतिशील वातावरणमा समायोजन हुन सक्दैनन । 
5) Self Confidence(आत्म विश्वास)ः व्यक्ति भित्र विद्यमान उच्च इच्छा शक्ति जसले नया कार्य गर्न र लक्ष्य प्राप्त गर्नमा उत्प्रेरित गर्दछ त्यसलाई आत्म विश्वास भनिन्छ । आत्मविश्वासको गुणले व्यक्तिलाई जटिल र चुनौतिपूर्ण कार्य गर्न आत्मवल श्रजना गर्दछ । आत्म विश्वास गुणको आधारमा व्यक्तिको व्यक्तित्व उच्च आत्मवल र न्यून आत्मवल गरी दुई किसिमका हुन्छन । उच्च आत्मवल भएका व्यक्तिहरुको कार्य क्षमतायोग्यतासीपसक्षमता र उत्प्रेरणा अधिक हुन्छ । उनीहरु लगनशील भई कार्यमा संलग्न रहने भएकाले उत्कृष्ट कार्य सम्पादन गर्दछन । तर न्यून आत्मवल भएका व्यक्तिहरुमा इच्छा शक्तिको अभाव हुन्छ । उनीहरुमा नकारात्मक शोच र उदाशीनताको भावना अधिक हुन्छ । कार्य गर्न सक्छु वा सक्दैन भन्ने उनीहरुमा दुविधा हुन्छ ।
6) Risk Propensity जोखिम प्रवृत्तिः व्यक्तिको जोखिम वहन गर्न सक्ने क्षमता वा व्यवहारलाई जोखिम प्रवृत्ति भनिन्छ । व्यक्ति अनुसार जोखिम वहन गर्न सक्ने क्षमता फरक फकर हुन्छ । कुनै व्यक्तिले जोखिम वहन गर्न अधिक रुची राख्दछन भने कुनै व्यक्ति जोखिम भन्ने वित्तिकै हतोत्साहित हुन्छन । जोखिम वहन गर्न सक्ने व्यक्तित्वको आधारमा उच्च जोखिम वहनकर्ता र न्यून जोखिम वहनकर्ता गरी दुई किसिमले वर्गीकरण गरिन्छ । उच्च जोखिम वहनकर्ता High risk high profit भन्ने सिद्धान्तमा विश्वास राख्दछन । उनीहरु थारै सूचनाबाट शीघ्र निर्णय लिन्छन र चुनौतिको सामना गर्न रुची राख्दछन । तर न्यून जोखिम वहनकर्ताहरु सकेसम्म कार्यलाई पन्छाउन चाहन्छन । यिनी परिवर्तनलाई स्वीकार गर्दैनन र स्थिर वातावरणमा रहेर काम गर्दछन । संगठनलाई नया गति दिन रुची राख्दैनन ।
7) Personality Types: (व्यक्तित्व प्रकार)ः मानिसको व्यक्तित्वको प्रकारले संगठनात्मक व्यवहारमा प्रभाव पार्दछ । व्यक्तित्व प्रकारका आधारमा मानिसका समग्र गुणहरुलाई Type A  Type B गरी दुई किसिमले वर्गीकरण गरिन्छ । त्थउभ ब् व्यीक्तव भएका मानिसहरु छिटो हिँडनेखानेचल्नेएकै समयमा दुईभन्दा वढी कार्य गर्ने प्रयास गर्नेमेहनतका साथ काम गर्नेधैर्यशीलप्रतिस्पर्धी र क्षमतावान हुन्छन । अर्को तफType B व्यीक्तव भएका मानिसहरु स्वतन्त्रफुर्सदप्रेमि हुन्छन । उनीहरु समयको पावन्दीमा बस्न रुचाउँदैनन र खुशी एवं आनन्दको चाहना राख्दछन । प्रतिस्पर्धा र जोखिमबाट बाच्न चाहन्छन र कम वोल्ने स्वभावका हुन्छन ।
 

Post a Comment

0 Comments