Factors Affecting Perception in Nepali

 
 
Factors Affecting Perception:
अनुभुति व्यक्तिको मनोविज्ञानमा रहेको विचार वा धारणा हो । वातावरणीय उतेजकहरुले गर्दा उक्त विचारको श्रजना हुन्छ । अनुभुति समय समयमा परिवर्तन भइरहन्छ । व्यक्ति अनुसार अनुभुति फरक फरक किसिमका हुन्छन । एक पटक तयार भएको अनुभुति स्थायी हुन सक्दैन किनभने अनुभुतिलाई विभिन्न तत्वहरुले प्रभाव पारिरहेका हुन्छन । अनुभुतिलाई प्रभाव पार्ने तत्वहरुलाई निम्नानुसार व्याख्या गरिएको छ ।
1. Factors in the Perceiver: (अनुभुतिकर्ताका तत्वहरु)ः कुनै पनि व्यक्तिले ग्रहण गर्ने अनुभुति अर्को व्यक्ति भन्दा फरक हुन्छ । अनुभुतिकर्तामा भिन्न विशेषताहरु तथा व्यक्तिगत गुणहरु हुने भएकाले अनुभुतिमा फरक देखिएको हो । यस अन्तरगत निम्न व्यक्तिगत तत्वहरु पर्दछन जसले अनुभुतिमा प्रभाव पार्दछन ।
a. Attitudes: दृष्टिकोण भनेको व्यक्तिको निजी विचार हो । कुनै विषयघटना वा वस्तु प्रति हरेक व्यक्तिले आ आफनै फरक विचार प्रकट गर्दछन । यसले उसको अनुभुतिमा फरक पार्दछ ।
b. Motives: उत्प्रेरक असन्तुष्ट आवश्यकता हो जसले मानवीय व्यवहारलाई उद्देश्य प्राप्ति तर्फ अग्रसर गराउँछ । यसले पनि मानिसको अनुभुतिलाई प्रभाव पार्दछ । यदि तत्काल पुरा गर्नु पर्ने आवश्यकता हो भने उक्त आवश्यकताको दवावले व्यक्तिको अनुभुतिमा परिवर्तन आउँछ ।
c. Emotions: आवेग व्यक्तिभित्र विद्यमान भावुकता हो । यो भावुकताको कारणले पनि अनुभुतिमा प्रभाव पर्दछ ।जस्तै कुनै व्यक्ति धेरै रिसालुक्रोधि छ र अर्को व्यक्ति शान्त सरल एवं सहनशील छ भने ति दुवै व्यक्तिको कुनै एउटा विषय प्रतिको अनुभुति फरक फरक हुन्छ ।
d. Interest: व्यक्ति अनुसार कुनै विषयवस्तु प्रति राख्ने अभिरुची पनि फरक फरक हुन्छन । एकै वातावरणमा भिन्न भिन्न व्यक्तिले फरक फरक सूचनाहरु प्राप्त गरेर फरक अनुभुति तयार गर्दछन ।
e. Experience: व्यक्तिको विगतको अनुभवले पनि अनुभुतिमा प्रभाव पार्दछ । कुनै व्यक्तिलाई जुन विषयवस्तुको वारेमा अनुभव छ त्यस प्रति उसको चाडै अनुभुति वन्दछ तर अनुभव नभएको विषय छ भने त्यसका लागि अनुभुति वनाउन समय लाग्दछ ।
2. Factors in Target: (लक्ष्यजन्य तत्वहरु)ः लक्ष्य भन्नाले अनुभुति गरिने विषयवस्तुलाई बुझाउँछ । व्यक्तिको अनुभुतिमा लक्षित विषयवस्तुले पनि प्रभाव पार्दछ । उक्त प्रभाव पार्ने तत्वहरु निम्नानुसार छन ।
a. Novelty: विषयवस्तुमा रहेको नौलोपनालाई नविनता भनिन्छ । उक्त नौलोपनाले व्यक्तिलाई वढी आकर्षित गर्दछ र नया अनुुभुति निर्माण हुन्छ ।
b. Motion: विषयवस्तुको गतिले पनि अनुभुतिमा प्रभाव पार्दछ । प्राय स्थिर अवस्थामा रहेको विषयवस्तुको तुलनामा गतिशील वस्तु प्रति चाडै अनुुभुति हुन्छ ।
c. Sound: सानो आवाजको तुलनामा ठूलो आवाजले मानिसको ध्यान केन्द्रित गर्ने भएकोले ठूलो र सानो दुवै आवाजका लागि फरक फरक अनुभुति वन्दछ ।
d. Size: लक्षित बस्तुको आकारले पनि अनुभुतिमा प्रभाव पार्दछ । बस्तुको आकार जति ठूलो हुन्छ व्यक्तिको ध्यान त्यसतर्फ वढी केन्द्रित हुन्छ र अनुभुतिको निर्माण हुन्छ ।
e. Background: लक्षित बस्तुको पृष्ठभूमिले पनि व्यक्तिको अनुभुतिमा  परिवर्तन हुन्छ । ज्यादै फरक रंग रप्रकाश भएको पृष्ठभूमिमा बस्तुले अवलोकन गर्दा ज्यादा फरक देखा पर्दछ । जस्तwhite board मा Black marker pen को लेखाई  प्रभावकारी हुन्छ ।
f. Proximity: लक्षित बस्तुको निकटताले पनि व्यक्तिको अनुभुतिमा प्रभाव पार्दछ । टाढाको बस्तु भन्दा नजिको बस्तु प्रति व्यक्तिको ध्यान चाडो केन्द्रित हुन्छ ।
3. Factors in Situation: विभिन्न किसिमका परिस्थितिजन्य तत्वहरुले पनि व्यक्तिको अनुभुतिलाई प्रभाव पार्दछन । यस अन्तरगत निम्न तत्वहरु पर्दछन ।
a. Time: उपयुक्त समयमा कुनै कार्य प्रति व्यक्तिको राम्रो अनुभुति हुन्छ तर अनुपयुक्त समयमा राम्रो कार्य प्रति पनि खराव अनुभुति हुन्छ ।
b. Work Setting: कार्य व्यवस्थाः अधिक कार्यभारकम कार्यभार तथा तनावपूर्ण कार्यले व्यक्तिको अनुभुतिमा नकारात्मक प्रभाव पार्दछ ।
c. Social Setting: सामाजिक मूल्यमान्यता र व्यवस्थाले पनि व्यक्तिको अनुुभुतिमा प्रभाव पार्दछ । यूनिर्फम लगाएर आएका कर्मचारीहरु प्रति व्यवस्थापकको ध्यान केन्द्रीत हुन सक्दछ ।
 

Post a Comment

0 Comments