आवेग (Emotions):
मानिसमा देखापर्ने आवेश वा भावुकतालाई आवेग भनिन्छ । यसले मानिसलाई सामान्य अवस्थाबाट अलग रहेको अवस्थालाई जनाउँछ । आवेग मानिसको भौतिक शरीरमा देखा पर्ने अनुभुति हो । मानिसको अनुहारको हेराईले उसको आवेगलाई अंकित गर्दछ । रिस, डर, आनन्द, माया, दुख आदि सवै आवेगका परिणामहरु ह्ुन । मानिसले अवस्था अनुसार विभिन्न किसिमका आवेगहरु प्प्रस्तुत गर्दछ । जस्तैः अनुपस्थित हुने कर्मचारी प्रति व्यवस्थापक दुखी हुन्छन भने नियमित रुपमा कार्य सम्पादन गर्ने कर्मचारी प्रति खुशी हुन्छन ।
मानिसले आफना सोचाई, व्यवहार र शारीरिक प्रतिक्रियाद्वारा आवेग व्यक्त गर्दछन । आवेगले मानिसलाई तुरुन्त प्रभाव पार्दछ । यसले मानिसको कार्य, समूह र संगठनको मूल्य मान्यता, नियम र विश्वासमा प्रभाव पार्दछ । अतः व्यवस्थापकले आफनो आवेगलाई नियन्त्रण गर्दैकर्मचारीहरु संग सही किसिमको व्यवहार गर्नु पर्दछ । त्यस्तै कर्मचारीहरुले पनि ग्राहक तथा अन्य वाह्य पक्षहरुसंग सम्वन्ध कायम राख्न आवेगलाई नियन्त्रणमा राख्दै व्यवहार गर्नु पर्दछ ।
0 Comments