Determinants of Personality व्यक्तित्व निर्धारक तत्वहरु
एउटा व्यक्तिले गर्ने क्रियाकलाप र उसको प्रतिक्रियाको कुल योगलाई व्यक्तित्व भनिन्छ । व्यक्ति पिच्छे व्यक्तित्व फरक फरक हुन्छन । व्यक्तिको व्यक्तित्वलाई प्रभाव पार्ने केही तत्वहरु हुन्छन जसलाई व्यक्तित्वका निर्धारक तत्वहरु भनिन्छ । उक्त तत्वहरुलाई निम्नानुसार विश्लेषण गरिएको छ ।
1. Heredity Factors: आमावावुका विशेषताहरु तथा गुणहरु छोराछोरीहरुमा स्थानान्तरण हुनुलाई वंशानुगत गुण भनिन्छ । हरेक व्यक्तिमा शारीरिक तथा मनोवैज्ञानिक स्वभावहरु वंशानुगत रुपमा देखा पर्न सक्दछन । जस्तै शारीरिक बनोट, वोलाई, हिडाई, हंसाई, आक्रमकता, तिक्ष्ण दिमाग आदि स्वभावहरु वंशानुगत रुपमा आउन सक्दछन । उक्त वंशानुगत तत्वहरुले मानिसको व्यक्तित्वमा महत्वपूर्ण भूमिका खेल्दछन । व्यक्तित्व जन्मजात रुपमा तयार हुदैन तर पनि यसको विकासमा वंशानुगत गुणहरुको भूमिका महत्वपूर्ण हुन्छ । करिव पचास प्रतिशत व्यक्तित्वका गुणहरु वंशाणुबाट प्राप्त भएको अनुसन्धानबाट प्राप्त भएको छ ।
2. Socio-cultural Factors: समाजमा विद्यमान सामाजिक तथा सांस्कृतिक तत्वहरुले पनि मानिसको व्यक्तित्व निर्धारण गर्दछन । सभ्य, सकारात्मक, सर्वमान्य सामाजिक सांस्कृतिक तत्वहरुले व्यक्तित्व विकासमा सकारात्मक भूमिका निर्वाह गर्दछन भने गलत प्रवृत्तिका रुढावादी, परम्परा, मूल्य, मान्यता एवं विचारहरुले व्यक्तितवको विकासमा नकारात्मक शोचको विकास गर्दछन । जस्तै एउट अमेरिकनले स्वतन्त्ररुपमा प्रतिस्पर्धात्मक शोचका साथ कार्य गर्ने रुची राख्दछ भने जापानीहरु समूहमा मिलेर कार्य गर्न अग्रसर हुन्छन । यो सवै सामाजिक सांस्कृतिक वातावरणको उपज हो ।
3) Situational Factors: मानवीय जीवनमा देखापर्ने विभिन्न्न किसिमका परिस्थितिहरुले पनि उनीहरुको व्यक्तित्व निर्धारणमा प्रभाव पार्दछन । उचित कार्यवातावरण, उपयुक्त आर्थिक सुविधाहरु, प्रयाप्त यन्त्र उपकरणहरु, असल सहकर्मी, वृत्ति विकासको अवसर, तालिम तथा विकासको अवसर, चुनौतिपूर्ण कार्यहरुमा सहभागिता, सुरक्षाको प्रत्याभुति, अधिकार तथा जिम्मेवारीमा थप आदि परिस्थितिहरुले व्यक्तिको व्यक्तित्व निर्धारणमा सकारात्मक भूमिका निर्वाह गर्दछन ।
0 Comments