Concept of Personality
सामान्यतया व्यक्तिको हाउभाउ, सुन्दरता, निपूर्णता, विद्वता, तिक्ष्ण दिमाग, प्रभावकारी वोली एवं व्यवहार आदिलाई व्यक्तित्व भन्ने गरिन्छ तर संगठनात्मक व्यवहारका सन्दर्भमा व्यक्तित्व गतिसिल अवधारणा हो । यसले व्यक्तिको सम्पूर्ण मनोवैज्ञानिक प्रणालीको वृद्धि तथा विकासलाई जनाउँछ । यस अर्थमा व्यक्तिको चरित्र, प्रवृत्ति र दृष्टिकोणको संगठित रुपलाई व्यक्तित्व भनिन्छ ।
व्यक्तित्व भनेको व्यक्तिको पूर्णता हो । यसले व्यक्तिको कुनै एउटा गुण वा विशेषताहरुलाई मात्र नहेरी समग्र व्यक्तिको मूल्याकन गर्दछ । व्यक्तित्व विकसित, गतिशील र लोचपूर्ण हुन्छ र यो वातावरणीय तत्वहरुबाट प्रभावित हुन्छ । यसर्थ व्यक्तिको व्यक्तित्व उसको वाह्य रुपरेखा, व्यवहार, आन्तरिक सचेतता, परिस्थिति संगको अन्तरक्रियासंग सम्वन्धित हुन्छ ।
According to Stephen P Robbins " Personality is the sum total of ways in which an individual reacts and interacts with others. व्यक्तित्थ्व एक व्यक्तिले अरुसंग प्रतिक्रिया तथा अन्तरक्रिया गर्ने तरिकाहरुको कुल योग हो ।
व्यक्तित्व एक प्रक्रिया हो जसमा व्यक्तिले आफनो मष्तिष्कमा पारेको छापलाई संगठित तथा व्याख्या गरेर वातावरणको अर्थ निकाल्छ । व्यक्तित्व वास्तवमा व्यक्ति भित्र रहेका गुणहरुको संयुक्त अभिव्यक्ति हो । यसले व्यक्तिको पूर्ण मानिसको अवधारणा प्रस्तुत गरेको हुन्छ । व्यक्तिको व्यक्तित्वको आधारमा उसको व्यवहारलाई बुझन वा पूर्वानुमान गर्न सकिन्छ ।
0 Comments