Concept of Perception:
अनुभुति एक मानसिक प्रक्रिया हो । यस प्रक्रिया अन्तरगत व्यक्तिले विभिन्न किसिमका सूचनाहरु ग्रहण गर्दछ । ग्रहण गरिएका सूचनाहरुलाई मानसिक प्रक्रियाले विश्लेषण गर्दछ र सो सम्वन्धमा एउटा निष्कर्ष वा धारणा तयार गर्दछ । जसलाई अनुभूति भनिन्छ । अर्को अर्थमा स्थानीय वातावरणबाट सूचनाहरुको संकलन गर्ने, संगठन गर्ने , विश्लेषण गर्ने र अर्थ निकाल्ने संज्ञानात्मक प्रक्रियलाई अनुभुति भनिन्छ ।
अनुभुति प्रक्रियामा व्यक्तिले पाँच ज्ञानेन्द्रियहरु मार्फत हेरेर, सुनेर, अनुभव गरेर, छोएर विभिन्न किसिमका सूचनाहरु प्राप्त गर्दछ । उक्त सूचनाहरुलाई नशा मार्फत मस्तिष्कमा पुरयाउछ र आवश्यकीय विश्लेषणबाट निश्चित व्यवहारात्मक प्रतिक्रिया जनाउँछ जसलाई अनुभुति भनिन्छ । अनुभुतिबाट व्यक्तिले कुनै पनि कुराको अर्थपुर्ण तस्विर रचना गर्ने सूचना चयन गर्दछ, संगठित गर्दछ र व्याख्या गरेर निचोड निकाल्दछ । मानिसले गरेको अनुभुतिले उसको विचारलाई प्रभावित गर्दछ । त्यो विचारले वास्तविक कार्यलाई प्रेरित गर्दछ र त्यसको प्रभाव व्यवहारमा देखिन्छ । सोही अनुरुप नया व्यवहारको निर्माण हुन्छ ।
According to Stephen P. Robbins " Perception is a process by which individual organize and interpret their sensory impressions in order to give meaning to their environment. अनुभुति एक प्रक्रिया हो जसमा व्यक्तिले आफनो मष्तिष्कमा पारेको छापलाई संगठित तथा व्याख्या गरेर वातावरणको अर्थ निकाल्छ
निष्कर्षमा कुनै विषयबस्तु, घटना वा परिस्थितिको वारेमा आभास लिनु र त्यस वारेमा बुझनु लाई अनुभुति भनिन्छ ।अर्थात कुनै पनि कुरालाई आफनो तरिकाले बुझनुलाई अनुभुति भनिन्छ ।यो एक जटिल मनोवैज्ञानिक प्रक्रिया हो । जसले मानिसका ज्ञानेन्द्रीयको चेतनाद्वारा प्राप्त ज्ञानको व्यवस्थापन गर्ने र त्यसको अर्थ लगाउने कार्य गर्दछ ।
0 Comments