Concept of Individual Behaviour:
सामान्यतया एउटा व्यक्तिले कुनै पनि कार्य गर्दा देखाउने यथार्थ कार्य व्यवहारर नै उसको व्यक्तिगत व्यवहार हो । संगठनात्मक प्रणालीमा कर्मचारीहरु विभिन्न किसिमका क्रियाकलापहरुमा संलग्न रहेका हुन्छ । कार्य सम्पादनको क्रममा कर्मचारीहरुले एउटै वा फरक फरक अवस्थाहरुमा अलग अलग व्यवहार प्रदर्शन गर्दछन । सोही परिस्थिति वा यथार्थ अवस्थालाई नै व्यक्तिको व्यक्तिगत व्यवहार भनिन्छ । यसर्थमा कुनै पनि कर्मचारी विशेषले यथार्थमा जे गर्दछ त्यही नै उसको व्यक्तिगत व्यवहार हो । व्यक्तिगत व्यवहार मौखिक अभिव्यक्तिको रुपमा र विषयगत अनुभवको रुपमा व्यक्त हुने गर्दछ । जस्तै कुनै विषय बस्तुका वारेमा विरोध गर्नु, सम्वाद गर्नु संचार गर्नु, निर्देशनको पालना गर्नु आदि सवै व्यक्तिगत व्यवहार अन्तरगत पर्दछन ।
कर्मचारीहरुको व्यक्तिगत व्यवहारले उसको कार्यक्षमता, योग्यता र कटिवद्धतामा प्रत्यक्ष प्रभाव पार्दछ । त्यसैले आजभोली व्यवस्थापकहरु कर्य सम्पादन प्रभावकारीताको लागि भर्ना तथा छनौट प्रक्रिया देखि नै व्यक्तिगत व्यवहार बुझि रहेका हुन्छन । उनीहरुको व्यवहार , आचरण र प्रवृत्ति अनुसाको नेतृत्व र उत्प्रेरणा प्रदान गर्दछन ।
मनव व्यवहाराका सम्वन्धमा मनोवैज्ञानिक Kurt Lewin ले विभिन्न किसिमका अनुसन्धानहरु गरेका छन । उनले The field Theory अन्तरगत व्यक्तिगत व्यवहारलाइ{ B=F(P,E) भनेर विश्लेषण गरेका छन । अर्थात व्यक्तिको कार्य र वरिपरिको वातावरण नै व्यवहार हो Behaviour(B), is a function (F), of the person (P) and environment (E) around him/her.
0 Comments