संज्ञानात्मक विसंगति (Cognitive Dissonance)
मनिसहरुको विचार, विश्वास, धारणा र दृष्टिकोणमा देखापर्ने विरोधाभास तथा अमिल्दोपनाको अवस्थालाई संज्ञानात्मक विसंगति भनिन्छ । अर्को शब्दमा एउटा व्यक्तिले एउटै समयमा दुई वा दुई भन्दा वढी प्रतिरोधक दृष्टिकोण तथा मूल्य मान्यता अंगालेका कारणले मानसिक प्रक्रियामा देखापर्ने विचलनको अवस्थालाई संज्ञानात्मक असंगति भनिन्छ । यो व्यक्तिको मस्तिष्क भित्र श्रजना हुने द्वन्द्वको अवस्था हो । जव व्यक्तिले दुई वा सो भन्दा वढी विकल्पहरु एस्तै रुपमा रहेका छन भनेर छनौटमा दुविधा हुन्छ त्यसैलाई नै संज्ञानात्मक विसंगति भनिन्छ । अझ स्पष्ट संग भन्नु पर्दा मानिस जव आफनो सोचाई, बुझाई र हेराई मा भिन्नता महसुस गर्दछ त्यसैलाई नै दिमागी विसंगति भनिन्छ ।
संज्ञानात्मक असंगति सिद्धान्तका प्रतिपादक Leon Festinger हुन उनले सन १९५० को दशको अन्त्यतिर यस सिद्धान्तकाचे विकास गरेका थिए । उनको भनाई अनुसार मानिसको सोचाई र व्यवहारमा हुने वेमेलको अवस्थालाई संज्ञानात्मक विसंगति भनिन्छ । यस अवस्थामा मानिसलाई रिस उठने, तनाव हुने र कुनै ठोस निर्णयमा पुग्न नसक्ने हुन्छ । त्यसैले व्यवस्थापक र कर्मचारीहरु यसका असंगतिहरु क्म गर्न तत्पर रहेका हुन्छन । यसका लागि मानिसहरुले आफनो भावना र विश्वासमा परिवर्तन गर्न सक्नु पर्दछ ।
0 Comments