Big Five Personality Theory /Personality Traits and Characteristics
मनिसहरुको व्यक्तित्वमा गरिएको अनुसन्धान अनुसार यसका विशेषताहरुका सम्वन्धमा एउटा नमुना विकास गरिएको छ । जसलाइ { Big Five Model भनिन्छ । उक्त नमुना भित्र निम्न पाँचवटा विशेषता वा गुणहरु समावेश हुन्छन ।
1. Extrovertion: (सक्रियता)
व्यक्ति वढी वा कम सक्रिय हुनुले उसको व्यक्तित्व दर्शाउछ । वढी सक्रिय हुनसक्ने व्यक्तिले समूह संग सजिलै घुलमिल हुन सक्छ र सम्वन्ध कायम राख्दछ तर कम सक्रिय हुने व्यक्तिले सिजलै सम्वन्ध स्थापित गर्न सक्दैन । सक्रियताको आधारमा मानिस निम्न दुई प्रकारका हुन्न ।
a) Extroverts (बहिर्मुखी) M व्यक्तिको अरुसंग अधिक सम्वन्ध राख्ने, चाडै घुलमिल हुने, सकरात्मक शोच राख्ने, र समूहमा वसेर काम गर्न मनपराउने आदि मानवीय गुणलाई वहिर्मुखी भनिन्छ । यस अन्तरगत मानिसहरुको मिलनसार, आत्मविश्वास, कुरौटेपन र सक्षम प्रस्तुति आदि गुणहरु पर्दछन ।
b) Introverts: (अन्तरमुखि) व्यक्तिको अरुसंग सम्वन्ध स्थापित नगर्ने, एकान्त मनपराउने, कम वोल्ने, शालिन, लजालु आदि मानवीय गुणलाई अन्तरमुखि भनिन्छ । यस किसिमका मानिसहरु वाह्य वातावरण प्रति सचेत हुन्छन र समूहमा वसेर अन्तरक्रिया गर्न रुचाउँदैनन ।
2) Agreeableness (सहमति)
व्यक्तिको अर्को गुण वा विशेषता अरु संग एकरुपता, निकटता तथा सामजस्यता कायम गर्न सक्ने क्षमता हो । कुनै व्यक्ति वढी मिलनसार हुन्छन अरुलाई सहयोग गर्न तत्पर रहन्छन र अरुलाई तुरुन्त विश्वासमा लिने खुवी हुन्छ । यस्तो व्यक्तिमा सहमतिको गुण अधिक रहेको हुन्छन । तर कुनै व्यक्ति जिद्धि, विद्रोही, एकोहोरो, कडा स्वभाव, रिसाहा र कुरा नवुझने किसिमिका हुन्छन आफनै कुरा मात्र ठीक मान्ने र अरुको कुरा नसुन्ने गुण भएका हुन्छन । यस किसिमका व्यक्तिहरुमा सहमतिको गुण न्यून हुन्छन ।
3) Conscientious (कर्तव्यनिष्ठता)
व्यक्तिको जवाफदेहिता, विश्वसनियता र भरपर्दोपना संग सम्वन्धित गुणलाई कर्तव्यनिष्ठता भनिन्छ । यो व्यक्तिको होसियारीसंग सम्वन्धित विशेषता हो । वढी कर्तव्यनिष्ठ व्यक्तिहरु जिम्मेवार, संगठित र दृढ हुन्छन । उनीहरु कसैको नियन्त्रण विना पनि इमान्दारीतापूर्वक आफनो उत्तरदायित्व वहन गर्दछन । तर कम कर्तव्यनिष्ठ व्यक्तिहरु अविश्वसनीय, असंगठित र असहयोगी हुन्छन । यस किसिमका व्यक्तिहरु कडा नियन्त्रणबाट मात्र तह लगाउन सकिन्छ ।
4) Emotional Stability (आवेगात्मक स्थिरता)
भावनात्मक तनाव सहन गर्न सक्ने व्यक्ति भित्रको गुणलाई आवेगात्मक स्थिरता भनिन्छ । कुनै व्यक्तिले तनावलाई सहज रुपमा लिने गर्दछन भने कसैले वोझरुपमा लिने गर्दछन । तनावलाई स्थिर राख्न सक्ने व्यक्तिहरु शान्त रहने, आवेग नियन्त्रण गर्ने, सामान्य महसुस गर्ने, आन्नद र सुरक्षित महसुस गर्ने किसिमका हुन्छन । तर यसको विपरित आवेगात्मक स्थिरता न्यून भएका व्यक्तिहरु अशान्त र चञ्चल रहने, समस्याबाट टाढा भाग्ने, तुरुन्त रिसाउने, उदासिन रहने, वितृष्णा र असुरक्षित महसुस गर्ने किसिमका हुन्छन ।
5) Openness to Experience (अनुभवमा खुलापन)
व्यक्ति भित्र विद्यमान यस किसिको गुणले उनीहरुको नया कार्य प्रतिको रुची, विश्वास र आकर्षणलाई जनाउँछ । कुनै व्यक्तिमा खुलापनको मात्रा वढी हुन्छ । यस किसिमका मानिसहरु सिर्जनशील, संवेदनशील, लोचदार, कल्पनाशील र उत्सुक हुन्छन । यसको विपरित कम खुलापन भएका मानिसहरु अल्छी, नकारात्मक भावना भएका, परम्परावादी, परिवर्तनलाई स्वीकार नगर्ने किसिमका हुन्छन ।
0 Comments