व्यवक्तिगत व्यवहार बुझने कार्य एक जटिल प्रक्रिया हो । व्यक्तिले कुन अवस्थामा कस्तो व्यवहार गर्दछ भन्ने वारेमा बुझन निकै कठिन छ । तर संगठनमा व्यक्तिगत व्यवहार नबुझेर कार्य प्रभावकारीता वढाउन कठिन छ । तसर्थ यहाँ व्यक्तिगत व्यवहारलाई प्रणालीको दृष्टिकोणबाट बुझने प्रयास गरिएको छ ।
1) Input: निवेश अन्तरगत व्यवहारका उत्तेजक (Stimuli) तत्वहरु समावेश गरिएका हुन्छ । मानिसको व्यवहार कस्तो बन्ने भन्ने वारेमा यिनीहरुले प्रत्यक्ष प्रभाव पार्दछन । यस अन्तरगत निम्न उत्तेजक (Stimuli) तत्वहरु पर्दछन ।
a) Internal Stimuli: यस अन्तरगत व्यक्तिगत विशेषताहरु, आवेश, विश्वास तथा प्रवृत्तिहरु, व्यक्तित्व, , मूल्य मान्यता, सक्षमता आदि पर्दछन जसले मानिसको व्यक्तिगत व्यवहारमा प्रभाव पार्दछन ।
b) External Stimuli: यस अन्तरगत हावापानी, कार्य वातावरण, सहकर्मिहरु, व्यवस्थापन शैली, परिवार र साथीहरु, हाकिम आदि पर्दछन जसले वाह्यरुपमा मानवीय व्यवहारमा प्रभाव पार्दछ ।
@_ Process: प्रक्रिया ः व्ययक्तिगत व्यवहार प्रक्रियाको यो इन्द्रीय पक्ष हो । यसल] input र output का वीचमा मध्यस्तकर्ताको भूमिका निर्वाह गर्दछ । यसले व्यक्तिको उत्तेजनालाई प्रक्रियामा रुपान्तरण गर्दछ । यस अन्तरगत निम्न तत्वहरु पर्दछन ।
a. Physiological Process: शारिरिक प्रक्रिया व्यक्तिगत व्यवहारको जैविक आधार हो । यो प्रक्रिया व्यक्तिको भाौतिक विकास संग सम्वन्धित छ । यस अन्तरगत वंशानुगत गुणहरु, स्नायू प्रणाली तथा इन्द्रियहरु पर्दछन । जसले वातावरणवाट प्राप्त सूचनाहरु ग्रहण गरेर प्रतिक्रिया व्यक्त गर्दछ ।
b. Mental Process: आवश्यकीय सही, पूर्ण तथा अद्यावधिक सूचनाहरु संकलन गर्ने , वर्गिकरण गर्ने विश्लेषण गर्ने र सही निर्णय पुग्ने प्रक्रियालाई मानसिक प्रक्रिया भनिन्छ । यो व्यक्तिगत व्यवहारको ज्ञानको भण्डार हो । यो प्रक्रिया शैक्षिक योग्यता, क्षमता, कुशलता तथा अनुभव संग सम्वन्धित छ । यस अन्तरगत व्यक्तिको धारणा, समस्या समाधन गर्ने सीप, श्रजनशीलता र सोच्ने तरिका आदि पर्दछन ।
c. Psychological Process: मानिसहरुको आन्तरिक भावना बुझने र त्यसको उचित व्यवस्थापन गर्ने कार्य संग सम्वन्धित प्रक्रियालाई मनोवैज्ञानिक प्रक्रिया भनिन्छ । यस अन्तरगत सिकाई र उत्प्रेरणा पर्दछन । सिकाइले मानविय व्यवहारमा स्थायी परिवर्तन ल्याउँछ भने उत्प्रेरणाले लक्ष्य प्राप्त गर्नका लागि प्रोत्साहित गर्दछ ।
3. Output: प्रतिफलः व्यक्तिगत व्यवहार प्रणालीको लागि Output भन्नाले व्यक्तिले आफनो व्यवहारबाट प्रदर्शन वा व्यक्त गरेको प्रतिक्रिया हो । प्रतिफल सकारात्मक तथा नकारात्मक हुन सक्दछ । प्रतिफल दृश्य Overt र अदृश्य Covert पनि हुन सक्दछ । दृश्य प्रतिफल भौतिक हुन्छ भने अदृश्य प्रतिफल मानसिक हुन्छ । यस अन्तरगत उत्पादकत्मा वृद्धि, कार्य सन्तुष्टिमा वृद्धि, संगठनात्मक नागरिकता, अनुपस्थित दरमा कमि, संगठन छोडेर जाने दरमा कमि आदि पर्दछन ।
4) Feedback: Feedback ल] input, process and output का वारेमा विचार वा प्रतिक्रिया व्यक्त गर्दछ । उक्त प्रतिक्रियाद्वारा आवश्यक सुधारहरु गर्न सकिन्छ ।
0 Comments