(दृष्टिकोण)Attitudes:
कुनै व्यक्ति, घटना, परिस्थित, कार्य र विषयवस्तु प्रति प्रकट गरेको व्यक्तिगत धारणालाई दृष्टिकोण भनिन्छ । दृष्टिकोण व्यक्तिको निजि विचारधारा हो जुन उसले सुनेर, देखेर वा महसुस गरेर व्यक्त गर्दछ । यसर्लाई मनोभावना वा मनोवृत्ति पनि भनिन्छ । दृष्टिकोणले व्यक्तिगत अनुभव र भावनाको प्रतिनिधित्व गर्दछ । उदाहरणको लागि मन्दिरमा गई पूजा गर्नाले धर्म हुन्छ भन्ने वुझाई हिन्दुधर्मालम्वीहरुका लागि दृष्टिकोण हो । यसै गरी व्यवस्थापकले गरेको अमानवीय व्यवहारले संगठन प्रतिको शोच नकारात्मक राख्नुले दृष्टिकोणलाई बुझाउछ ।
दृष्टिकोण जटिल मानसिक प्रक्रिया हो । भिन्न भिन्न समयमा एकै व्यक्तिको दृष्टकोण पनि फरक फरक हुने भएकाले यो बुझन धेरै कठिन छ । परिवार, शिक्षक, साथीभााई, व्यवस्थापक आदिबाट व्यक्तिको दृष्टिकोण बनेको हुन्छ ।
According to Stephen P Robbins " Attitudes are evaluative statements either favourable or unfavourable concerning objects or persons in one's environment."
अतः दृष्टिकोण भनेको कुनै वस्तु व्यक्ति वा घटनाका सम्वन्धमा सकारात्मक वा नकारात्मक विचारधारा हो । यसले कुनै बिषयबस्तुका सम्वन्धमा व्यक्तिको धारणा प्रतिविम्वित गर्दछ । जस्तै कार्य सन्तुष्टि, क्षतिपूर्ति, नेतृत्व, आदि सम्वन्धमा तयार भएको सकारात्मक एवं नकारात्मक विचारलाई दृष्टिकोण भनिन्छ ।
Components of Attutudes:
- संज्ञात्मक तत्व (Cognitive component)
व्यक्ति, घटना, र बस्तुको वारेमा ज्ञानेन्द्रियहरु मार्फत सूचनाहरु मस्तिष्कमा पुग्दछन र मस्तिष्कले सूचनाहरुको विश्लेषण गरेर एउटा दृष्टिकोण निर्माण गर्दछ । जस्तैः कुनै कर्मचारीले एक दिनमा ८ घण्टा काम गर्दथ्यो तर तालिम कार्यक्रम पछि १२ घण्टा कार्य गर्दछ तर सुपरिवेक्षकले कार्य सम्पादनको समय ८ घण्टाको रुपमा बुझदछ भने त्यहाँ दिमागी तत्वले दृष्टिकोण तय गरेको छ ।
- भावनात्म तत्व(Emotional Component):
व्यक्तिको भावनामा आधारित तत्वहरु जस्तै रुवाई, हसाई, खेलाई, आदिले मानिसको भावनामा प्रभाव पार्दछ र एउटा दृष्टिकोणको निर्माण हुन्छ । मानिसको भावना सकारात्मक, नकारात्मक तथा तटस्थ पनि हुन सक्दछ ।
- व्यवहारात्मक तत्व (Behavioural Component):
0 Comments