संगठनात्मक व्यवहार विश्लेषणका तहहरु Levels of OB Analysis
संगठनमा काम गर्ने कर्मचारीहरुको व्यवहार बुझने, व्यवहारको पूर्वानुमान गर्ने र आवश्यकता अनुसार व्यवस्थापन गर्ने कार्य संग सम्वन्धित प्रणालीवद्ध अध्ययनलाई संगठनात्मक व्यवहार भनिन्छ । यसले मानविय व्यवहारले संगठनको कार्यसम्पादन, उत्पादकत्व, कार्य वातावरण र गुणस्तरमा कस्तो प्रभाव पर्दछ भन्ने वारेमा अध्ययन गर्दछ । मुख्यतया संगठनात्मक व्यवहारलाई निम्न तीन तहबाट विश्लेषण गर्न सकिन्छ ।
1) व्यक्तिगत तह (Individual Level): संगठनात्मक व्यवहार विश्लेषणको पहिलो चरणमा कर्मचारीहरुका व्यक्तिगत व्यवहारहरुको वारेमा विश्लेषण गरिन्छ । संगठनमा कर्मचारीहरु अलग अलग कार्यहरुमा संलग्न रहन्छन र उनीहरुको बुझने, सोच्ने, विचार गर्ने शैलीहरु प्पनि भिन्न भिन्न हुन्छन । त्यसैले यस तहमा मानिसहरुको व्यक्तित्व, अनुभूति, उत्प्रेरणा, मूल्य, मान्यता, सिकाई, प्रवृत्ति, धारणा, कार्य सम्पादन, समन्वय व्यवहार, नैतिकता आदि बारेमा अध्ययन गरिन्छ । यसका साथै संगठनको निति, नियम, विधि, प्रक्रिया, कार्यक्रम, रणनीति, आदिवारे व्यक्तिगत रुपमा कर्मचारीहरुको प्रतिक्रिया के छ ? उनीहरु क्स्तो व्यहार गर्दछन आदि सम्वन्धमा समेत जानकारीहरु प्राप्त गरिन्छन । यो अध्ययन व्यक्तिको व्यक्तिगत मनोविज्ञान (Individual Psychology) संग सम्वन्धित छ । विशेषतः व्यक्तिका विशेषता, सोचाई र प्रवृत्तिको स्तरका वारेमा यस तहमा विश्लेषण गरिन्छ ।
2) समूह तह (Group Level): विभिन्न व्यक्तिहरुको संयुक्त रुप नै समूह हो । त्यसैले संगठनमा व्यक्ति एक्लैले भन्दा पनि मिलेर कार्य गर्ने वातावरणको विकास गर्दछन । फलस्वरुप औपचारिक एवं अनौपचारिक रुपमा विभिन्न किसिमका समूहहरु वन्दछन । संगठनात्मक उद्देश्य हासिल गर्नको लागि व्यक्तिहरुका समूहहरुले कार्य टोली, समिति, कार्य शक्ति र कार्य समूहको रुपमा कार्य गर्दछन । मूलतः संगठनात्मक व्यवहारमा ती समूहहरुले कसरी अन्तरक्रिया गर्दछन ? नेतृत्वले समूहलाई कसरी डोरयाउँछ ? उनीहरुले कसरी सामाजिक सम्वन्ध स्थापित गर्दछन आदि वारेमा अध्ययन गरिन्छ । यसका साथै समूह तहले समूह गतिशीलता (group dynamics), समूह कार्य सम्पादन (group performance), नेतृत्व, (leadership) द्वन्द्व (conflict), संगठनात्मक राजनीति (organizational politics), अन्तरव्यक्ति संचार (interpersonal communication), समूह नेटवक { (group network) आदिका वारेमा समेत अध्ययन गरिन्छ । यस विश्लेषण कार्यमा मनोविज्ञान, समाजशास्त्र र सामाजिक विज्ञान विषयहरु उपयोगी हुन्छन ।
3) संगठनात्मक तह (Organizational Level): संगठनात्मक व्यवहार विश्लेषणको लागि व्यक्तिगत र समूहगत अध्ययनले मात्रै पूर्ण हुन नसक्ने भएकोले वर्तमान समयमा समग्र संगठनको अध्ययनलाई जोड दिइएको छ । संगठनात्मक तहमा संगठन र वातावरण वीच रहने सम्वन्ध, तथा संगठनको संरचना र यसको संस्कृतिले संगठनात्मक प्रभावकारीतामा पार्ने प्रभावका वारेमा अध्ययन गरिन्छ । यसका साथै organizational culture, organizational structure, job satisfaction, turnover, absenteeism, productivity, organizational citizenship, culture diversity; inter organizational cooperation, technology and external environment forces आदिको वारेमा बुझने गरिन्छ । यसका लागि मानवशास्त्र र राजनीतिशास्त्रको लिइन्छ ।
0 Comments