Contributing Disciplines to the Field of Organizational Behaivour in Nepali(संगठनात्मक व्यवहारको अध्ययनमा योगदान दिने विधाहरु):
संगठनात्मक व्यवहार एक प्रयोगात्मक तथा व्यवहारात्मक (Practical and behaivoural) विज्ञान हो । यो विज्ञान मानिसहरुका विभिन्न व्यवहारहरुको अध्ययन संग सम्वन्धित छ । यसको विकास र उत्पत्तिमा अन्य विभिन्न सिद्धान्तहरु, विचारहरु तथा विज्ञानहरुले योगदान पुर्याएको छन । अतः संगठनात्मक व्यवहारको अध्ययनमा योगदान दिने विधाहरुको निम्नानुसार विश्लेषण गरिएको छ ।
- मनोविज्ञान (Psychology):
सामान्यतया व्यक्तिको उमेर अनुसारको सम्पुर्ण क्रियाकलाप बताउन सक्ने विधालाई मनोविज्ञान भनिन्छ । यसले मानिसको मनको भावनालाई बुझ्ने कोसिस गर्ने भएकोले व्यक्तिको मनोदशा (Mental states) को रुपमा पनि लिन सकिन्छ । मनोविज्ञानले मानिस र अन्य प्राण्ीहरुको व्यवहारको अध्ययन गर्दछ । कुनै काम वा कुरा गर्दा व्यक्तिले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने वारेमा यसले विश्लेषण गर्दछ । संगठनात्मक व्यवहार पनि मानिसको व्यवहार बुझ्ने तथा व्यवस्थापन गर्ने विषय भएकोले यसमा मनोविज्ञानको उल्लेखनीय योगदान रहेको हुन्छ ।
संगठनमा रहंदा आफना आवश्यकता पुरा गर्न मासिले आर्थिक, राजनैतिक, सांस्कृतिक, धार्मिक, भौतिक, सामाजिक आदि क्रियाकलापहरु गर्दछन । यस किसिमका क्रियाकलापहरुले मानिसहरुमा विभिन्न किसिमका अनुभव र व्यवहारहरुको निर्माण गर्दछन । यीनै अनुभव र व्यवहारहरुको अध्ययन गर्ने विषय मनोविज्ञान हो । उक्त व्यवहार र अनुभवहरु बुझने पूर्वानुमान र व्यवस्थापन गर्ने विषय संगठनात्मक व्यहार हो । त्यसैले संगठनात्मक व्यवहारको अध्ययनमा मनोविज्ञानको महत्वपूर्ण भूमिका रहेको छ । मुख्यतयाः मनोविज्ञानका सिकाई सिद्धान्त , व्यक्तित्व सिद्धान्त, औद्योगिक तथा संगठनात्मक मनोविज्ञान जस्ता मनोविज्ञानका क्षेत्रहरु संगठनात्मक व्यवहारमा अधिक उपयोगी सिद्ध भएका छन ।
पहिले पहिले कर्मचारीहरुको थकाई र निराशापनको वारेमा अध्ययन गर्न मनोविज्ञानको प्रयोग गरिन्थ्यो भने आजभोली यसले संगठनात्मक व्यवहारका विभिन्न पक्षहरु जस्त } Learning, motivation, personality, training, leadership effectiveness, job satisfaction, individual decision making, emotion, performance evaluation, attitude measurement, employee selection, job design and work stress आदि क्षेत्रको अध्ययन गर्ने कार्यमा योगदान पुरयाएको छ
- सामाजिक मनोविज्ञान (Social Psychology):
सामाजिक मनोविज्ञान एक नया विधा हो । मनोविज्ञान र समाजशास्त्रको समिश्रणबाट सामाजिक मनोविज्ञानको विकास भएको हो । सामाजिक मनोविज्ञानले समाजका मानिसको व्यवहार तथा प्रवृत्ति मापन गर्ने, व्याख्या गर्ने तथा परिवर्तन गर्ने कार्य गर्दछ । कुनै पनि व्यक्ति कुनै समूहमा किन आवद्ध छ, एउटा व्यक्तिले समूहमा के गर्न सक्दछ ? उसलाई के गराउँदा व्यक्तिगत तथा समूहगत प्रभावकारिता वृद्धि गर्न सकिन्छ आदि सम्वन्धि व्यवहारको अध्ययन सामाजिक मनोविज्ञान गर्दछ । संगठनात्मक व्यवहारमा पनि समूह व्यवहारको अध्ययन तथा विश्लेषण गर्नु पर्दछ । यसका लागि सामाजिक मनोविज्ञानका धारणाहरु व्यवहारमा ल्याइन्छन । सामाजिक मनोविज्ञानले संगठनात्मक व्यवहारका विभिन्न पक्षहरु जस्तै M Behavioural change, attitude change, group communication, Group processes, Group decision making, group problem solving leadership आदि क्षेत्रको अध्ययन कार्यमा योगदान पुरयाउँदछ ।
- समाजशास्त्र (Sociology):
संगठनात्मक व्यवहारको क्षेत्रमा समाजशास्त्रको पनि महत्वपूर्ण योगदान रहेको हुन्छ । मानिसहरु समाजमा कसरी बस्छन ? उनीहरुको व्यवहारले एक अर्कोलाई कस्तो प्रभाव पार्दछ ? एक आपसमा सहयोग कसरी हुन्छ ? मनमुटाव तथा द्वन्द्व किन हुन्छ ? मानिस समूहमा रहेर कसरी कार्य गर्दछन ? भन्ने कुराको अध्ययन गर्ने विधालाई समाजशास्त्र भनिन्छ । समाजशास्त्रले सामाजिक व्यवस्था, घटना, मानव प्रकृति, सामाजिक अन्तरक्रिया, सामाजिक संगठन, सामाजिक मान्यताहरुको विश्लेषण गर्दछ । त्यसैले समाजशास्त्रले समूहगत र संगठनात्मक व्यवहारको अध्ययन गर्न संगठनात्मक व्यवहारलाई योगदान पुरयाएको हुन्छ । समूहगत अध्ययन अन्तरगत group dynamics, work team, group communication, power, conflict, intergroup behavriou र संगठनात्मक अध्ययन अन्तरगत formal organizational theory, organizational technology, organizational change, organizational culture आदि क्षेत्रमा सहयोग प्रदान गरेको हुन्छ ।
- मानवशास्त्र (Anthropology):
मानव र उनीहरुका क्रियाकलापहरुको अध्ययन गर्ने विधालाई मानवशास्त्र भनिन्छ । मानव मष्तिष्कको विशिष्टतम संरचना तथा विशेषताहरुलाई व्याख्या गर्दै मानव व्यवहारको अन्तरक्रियात्मक स्वभावलाई प्रष्ट पार्ने काम मानवशास्त्रले गर्दछ । यस अन्तरगत मानव जातिको प्रारम्भिक विकास, संस्कृति, व्यवहार, सामाजिक रहनसहन , भौगोलिक वितरण आदिको अध्ययन पनि पर्दछ । साथै यसको सहायताबाट मानिसका क्रियाकलाप उसको पारिवारिक पृष्ठभूमि, संस्कृति तथा वातावरणबाट प्रभावित हुन्छ र सोही अनुसार हरेक व्यक्तिको मान्यता, दृष्टिकोण र व्यवहार फरक फरक हुन्छ र सोही अनुरुप व्यवहार गर्नु पर्दछ भन्ने ज्ञान हासिल गर्दछ । जुन कुरा संगठनात्मक व्यवहार अन्तरगत समेत पर्दछन । मानवशास्त्रले समूहगत र संगठनात्मक गरी दुई तहमा संगठनात्मक व्यवहारलाई योगदान पुरयाएको हुन्छ । समूह तह अन्तरगत Comparative value, comparative attitude, cross cultural analysis र संगठन तह अन्तरगत organizational culture, organizational environment. आदि .
- राजनीतिशास्त्र (Political Science):
राजनैतिक वातावरण संग सम्वन्धित व्यक्ति र समूहहरुको व्यवहाराको अध्ययन गर्ने विषयलाई राजनीतिशास्त्र भनिन्छ । वास्तवमा राजनीति भनेको के हो ? राजनीतिक परिवेशमा कस्ले कस्तो व्यवहार देखाउँछ ? राजनीतिक दल र दलका सदस्यहरुले कस्तो व्यवहार गर्दछन भन्ने वारेमा राजनीतिकशास्त्रले विश्लेषण गर्दछ । राजनीति सर्वव्यापि विषय भएकोले संगठन र मानिस दुवैलाई राजनीतिले प्रभाव पारेको हुन्छ । राजनीतिको प्रयोगले मानवीय व्यवहारमा परिवर्तन ल्याउँछ त्यसैले संगठनात्मक व्यवहारको अध्ययन गर्दा राजनीतिलाई समेटिएको हो । राजनीतिकले संगठनभित्र हुने विवाद, असहमति, कर्मचारी सहुलियत, कार्यविभाजन, साधन र शक्तिको वाँडफाडमा देखिने हानथापको अवस्थालाई नियन्त्रण गर्दछ । कतिपय राजनीतिका सिद्धान्तहरु, अवधारणा र मान्यताहरुले संगठनात्मक व्यवहारको कार्यान्वयनलाई आवश्यक सहयोग गर्दछन । राजनीतिशास्त्रले संगठनका] conflict management, allocation of power, collective bargaining, intra organizational politics, coalitions, strategic planning and control etc. आदि कार्यहरुमा योगदान पुरयाउँछ .
0 Comments