Concept of Organizational Behavior
संगठनात्मक व्यवहारको वारेमा अध्ययन गर्नुपूर्व यससंग सम्वन्धित दुईवटा शब्दहरु Organization र Behaviour बारेमा जान्नु आवश्यक हुन्छ । साझा उद्देश्य प्राप्त गर्नको लागि दुई वा सो भन्दा वढी व्यक्तिहरु मिलेर बनेको समुहलाई संगठन भनिन्छ भने मानिसहरुद्वारा गरिने क्रियाकलाप वा प्रतिक्रियालाई व्यवहार भनिन्छ । यसर्थमा संगठनका मानिसहरुको व्यवहार बुझ्ने, व्याख्या गर्ने, अनुमान लगाउने, र त्यसको व्यवस्थापन गर्ने कार्यलाई संगठनात्मक व्यवहार भनिन्छ ।
संगठनमा कार्यरत जनशक्तिहरु विभिन्न पृष्ठभूमि, परिवेश र प्रवृत्तिका हुन्छन । उनीहरुका आवश्यकता, रुची, चाहना र महत्वाकांक्षाहरु प्नि फरक फरक किसिमका हुन्छन र संगठनात्मक सक्रियतामा पनि भिन्नता पाइन्छ । यस किसिमको फरक फरक मानवीय आचरण र प्रवृत्तिलाई एउटै लक्ष्यमा समाहित गर्न संगठनले उनीहरुको अपेक्षा, दृष्टिकोण, अनुभूति, सन्तुष्टि, तदारुकता आदि जस्ता पक्षहरुलाई सहीरुपले वुझेर व्यवस्थापन गर्नुपर्दछ । मानवीय पक्षहरुका यिनै अवस्थाहरुको वारेमा अध्ययन गर्ने, विश्लेषण गर्ने, यथार्थता पत्ता लगाउने र सहि रुपमा व्यवस्थापन गर्ने कार्यलाई संगठनात्मक व्यवहार भनिन्छ ।
संगठनात्मक व्यवहार भनेको अध्ययनको त्यो क्षेत्र हो जसले संगठन भित्र व्यक्तिगत र समूहगत रुपमा मानव व्यवहार, आचरण शैली, प्रवृृत्ति आदिको अध्ययन गर्दछ । यसले खास गरेर कर्मचारीहरुको व्यवहारलाई के कुराले असर पार्दछ र उनीहरुको व्यवहारले कार्यसम्पादनमा कस्तो प्रभाव पार्दछ भन्ने वारेमा अध्ययन र विश्लेषण गर्दछ ।
संगठनमा मानव संसाधनहरुलाई प्रभावकारी रुपमा परिचालन गर्न सकेमा मात्र अन्य साधन श्रोतहरुको प्रभवाकारी सदुपयोग हुन सक्दछ । त्यसैले मानव संसाधनहरुका प्रतिक्रियाहरुको श्रृखंलागत अध्ययन गर्नु पहिचान गर्नु, नियन्त्रण गर्नु वा व्यवस्थित किसिमले उनीहरुको व्यवहार डोरयाउन प्रयत्न गर्नु नै संगठनात्मक व्यवहार हो ।
According to Fred Luthans "Organizational behavior is the understanding predication and management of human behavior in organizations (संगठनात्मक व्यवहार भनेको संगठनभित्र मानवीय व्यवहार बुझनु पूर्वानुमान गर्नु तथा व्यवस्थापन गर्नु हो )
निष्कर्षमा कुनै पनि संगठन संरचनामा आवद्ध व्यक्ति वा समूहले आफनो अधिकार र उत्तरदायित्व भित्र रहेर कस्तो क्रियाकलाप गरिरहेका छन । वाह्य वातावरणमा आउने परिवर्तन संगै देखा पर्ने चुनौति र अवसरमा कर्मचारीहरुको कस्तो प्रतिक्रिया छ उनीहरुको कत्तिको जिम्मेवार छन आदि पक्षको अध्ययन गर्ने, संगठनको उद्देश्य प्रति हरेक व्यक्ति र समूहलाई आवद्ध गर्ने र तिनको सही व्यवहारको छनौट गर्ने सो व्यवहार अनुरुप कार्य सम्पादन गर्न उत्प्रेरणा जगाउने वा तिनको व्यवहार व्यवस्थापन गर्ने कार्य नै संगठन व्यवहार हो । अतः कर्मचारीहरुको प्रवृत्ति र आचरणलाई बुझेर संगठनात्मक हित अनुकुल मैत्रिपूण व्यवहार बनाउनुलाई संगठनात्मक व्यवहार भनिन्छ.
0 Comments