Challenges and Opportunities for Organizational Behavior in Nepali

 संगठनात्मक व्यवहारका चूनौतिहरु र अवसरहरु (Challenges and Opportunities for Organizational Behavior)

संगठनमा कार्यरत कर्मचारीहरुको समग्र व्यवहार बुझ्ने कार्य आफैमा चुनौति कार्य हो । किनकी व्यवहारको अध्ययनका लागि अन्य विभिन्न विज्ञानहरुको सहयोग लिनु पर्ने हुन्छ । अन्य विज्ञानहरुको अनुपस्थितमा यसको अध्ययन र बुझाई अपुरो तथा अधुरो रहने भएकोले व्यवहारात्मक अध्ययन निकै चुनौतिपूर्ण छ । तर व्यवहारको अध्ययनलाई प्रभावकारी बनाउन सकिएमा थुप्रै अवसरहरु पनि श्रजन ागर्न सकिन्छ । यसैको आधारमा यहाँ संगठनात्मक व्यवहारका चूनौतिहरु र अवसरहरुको वारेमा विश्लेषण गरिएको छ ।
  1. विश्वव्यापीकरण (Globalization) : कुनै एउटा देशका आर्थिक सामाजिकराजनीतिकसांस्कृतिक र प्राविधिक गतिविधिहरु अन्य मुलुकहरुमा प्रवेश गर्नुलाई विश्वव्यापीकरण भनिन्छ । विश्वव्यापीकरणले आजको संसार एउटा सानो व्यापारिक ग्राम (commercial village) को रुपमा रुपान्तरित छ । यस कार्यमा world Bank, WTO and International Monitory Fund आदिले समेत सहयोग पुरयाइरहेका छन । त्यसैले व्यवस्थापनलाई संगठनात्मक व्यवहारका लागि विश्वव्यापीरुपमा सोच्न वाध्य पारेको छ । कर्मचारीहरुमा भएको विविधताले उनीहरुको भावना कसरी समेटनेकसरी उत्प्रेरित गर्नेव्यवस्थापकीय क्षमतालाई कसरी प्रतिस्पर्धि बनाउनेकर्मचारीहरुको उत्पादकत्व कसरी वृद्धि गर्नेअन्तराष्ट्रिय गुणस्तर कसरी कायम गर्ने जस्ता चुनौतिहरु व्यवस्थापनलाई थपिएका छन । तर यसका साथै विना अवरोध अन्तराष्ट्रिय बजारमा प्रवेशवाह्य दक्ष जनशक्तिहरुको आपूर्तिe-commerce, e-marketing व्यवसायीक प्रणालीयोजना र रणनीतिक सम्वन्ध आदि कार्यहरुले अवसरहरु पनि श्रजना गरेको छ ।
  2. जनशक्ति विविधता (Workforce Diversity): संगठनमा कार्यरत कर्मचारीहरुका वीचमा रहेको विविधतालाई जनशक्ति विविधता भनिन्छ । खुला बजार नीति र उदार श्रम नियमले कुनै एक मुलुकमा कार्यरत कामदारहरु अन्य मुलुकहरुमा सहजरुपमा प्रवेश गर्न सकेका छन । उनिहरु भित्रको विविधताले कार्यसम्पादन प्रक्रियामा अवसर तथा चुनौतिहरु थपिएका छन । व्यवस्थापनले जनशक्ति विविधतालाई ध्यानमा राखेर कार्यको वाडफाडअख्तियारको प्रत्यायोजनतथा जिम्मवारी हस्तान्तरण गर्नु पर्दछ ।
  3. नैतिक व्यवहारामा सुधार ल्याउनु (Improving Ethical Behaviour): कुनै पनि विषयबस्तुका वारेमा के सहि र गलत हो भन्ने व्यक्तिको विश्वास नै नैतिकता हो । यसले व्यक्तिको व्यक्तिगत आचरण तथा चरित्रलाइ संकेत गर्दछ । आजको प्रतिस्पर्धात्मक युगमा कर्मचारीहरुको नैतिक व्यवहारमा पर्याप्त सुधार ल्याउनु आवश्यक छ । साथै संगठन भित्र के असल तथा के खराव व्यवहार भनि प्रष्ट रुपमा नियम कानुनको व्यवस्था गर्नु पर्दछ । विभिन्न किसिमका सेमिनारगोष्ठीअन्तरक्रियातालिम आदि कार्यक्रमहरु संचालन गरेर कर्मचारीहरुको नैतिक व्यवहारामा सुधार ल्याउनु पर्दछ । जुन कार्य व्यवहारात्मक अध्ययनले गर्दछ ।
  4. जनशक्तिहरुको सीपमा सुधार ल्याउन (Improving People Skills: संगठनात्मक उद्देश्य हासिल गर्नको लागि कार्यरत कर्मचारीहरुको सीपदक्षता र क्षमतामा सुधार गर्नु आवश्यक हुन्छ । त्यसका लागि व्यवस्थापकले तालिम तथा विकास कार्यक्रमहरु संचालन गर्नु पर्दछ । यसका साथै कामदारहरुका वीचमा उपयुक्त संचार व्यवस्थापनउत्प्रेरणा सिद्धान्तको उपयोगप्रभावकारी कार्य समूहको गठनव्यवहारिक कार्य अभ्यास र सिक्ने चासो देखाएमा जनशक्तिहरुको सीपमा सुधार ल्याउन सकिन्छ ।
  5. ग्राहक सहायतामा सुधार (Improving Customers Service): ग्राहकहरुको सन्तुष्टी पनि आजको मुख्य चुनौतिको विषय बनेको छ । सेवा क्षेत्रको विस्तारले ग्राहकहरुको व्यवहारशैलीआचरणक्षमताज्ञानप्रवृत्ति आदिमा दिनप्रतिदिन परिवर्तन आइरहेको छ । तसर्थ व्यवस्थापनले बस्तुहरुको विक्री वितरण अघि र पछिका सेवाहरु प्रदान गर्ने संस्कृतिको विकास गर्नु पर्दछ । अतः संगठनात्मक व्यवहारको अध्ययनले  ग्राहकहरु प्रति संवेदनशील  हुने जिम्मवेरा हुनेमित्रवत व्यवहार गर्नेआवश्यक ज्ञानसीप उपलब्ध गराउने र यथासक्य सेवा प्रदान गर्ने कुराहरुमा  जोड दिन्छ ।
  6. गुणस्तर तथा उत्पादकत्व वृद्धि गर्नु (Improving Quality and Productivity): संगठनात्मक गुणस्तर तथा उत्पादकत्व वृद्धि गर्नु आजको आवश्यकता हो । विश्व प्रतिस्पर्धाको समाना गर्न उत्पादनको गुणस्तर र परिमाणमा वृद्धि गर्न सक्नु पर्दछ । यसका लागि Quality Management र reengineering कार्यक्रमहरु संचालन गर्नु पर्दछ । यसका लागि कर्मचारीहरुको सक्रिय सहभागिता आवश्यक हुन्छ । तसर्थ कर्मचारीहरुलाई उत्प्रेरणाकार्य सन्तुष्टिअसल कार्य वातावरण र तालिम उपलब्ध गराएर उनिहरुको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु पर्दछ । 
  7. नवप्रर्वतन तथा परिवर्तन (Stimulating Innovations and Change): आधुनिक संगठनहरुका लागि नवप्रर्वतन तथा परिवर्तन आवश्यकता हो । यो आवश्यकताले अवसर र चुनौति दुवै श्रजना गरेको छ । नवप्रर्वतन भनेको श्रजनाशीलता हो भने परिवर्तन वदलिएको अवस्था हो । त्यसैले बस्तु तथा सेवाहरुमा निरन्तर श्रजनाशीलतापरिवर्तनआधुनिकता र विकास आवश्यक हुन्छ । यसबाट उत्पादक र उपभोक्ता सवै लाभान्भित हुन्छन । तसर्थ समयको आवश्यकता अनुसार विभिन्न क्षेत्रहरुमा नवप्रर्वतन र परिवर्तन गर्नको लागि मानवीय व्यवहारमा परिवर्तन ल्याउनु पर्दछ ।
  8. सकारात्मक वातावरण श्रजना गर्नु (Creating Positive Work Environment): समग्र संगठनात्मक वृद्धिविकास र विस्तारको लागि सकारात्मक वातावरण अपरिहार्य हुन्छ । त्यसका लागि कार्य क्षेत्रमा सकारात्मक वातावरण श्रजना गर्नुपर्दछ र कर्मचारीहरु सक्षमसवललचक तथा शीर्जनशील हुनुपर्दछ । यसबाट कर्मचारीहरुको मनोविज्ञानआचरणकार्यशैली आदिमा सकारात्मक प्रभाव पार्दछ र उनीहरुले उच्च कार्य सम्पादन गर्दछन । संगठनात्मक व्यवहारको अध्ययनले कर्मचारीहरुको असल गुण र व्यवहार विकास गरी सकारात्मक वातावरणको विकास गर्न सकिन्छ ।

Post a Comment

0 Comments