संगठनात्मक व्यवहारका प्रमुख तत्वहरु Key Elements of Organizational Behaviour
संगठनात्मक व्यवहारका प्रमुख तत्वहरुलाई निम्नानुसार विश्लेषण गरिएको छ ।
- मानिस (People): संगठन मानिसद्वारा निर्मित साझा संस्था हो । मानिस विना संगठनको अस्तित्व हुदैन । मानिस शब्दले व्यक्ति तथा समूहलाई जनाउछ । समूह सानो वा ठूलो, औपचारिक वा अनौपचारिक, सरल वा जटिल प्रकृतिका हुन्छन । यी समूहहरुले संगठनलाई व्यवस्थित रुपमा संचालन गर्न टेवा पुर्याई रहेका हुन्छन ।
- संगठनात्मक संरचना (Organizational Structure): संगठनको कार्य विभाजन, पदिय श्रङखला, काम, कर्तव्य, अधिकार र उत्तरदायित्व निर्धारण, अख्तियारको प्रत्योजन गरिएको रेखीय पद्धतिलाई संरचना भनिन्छ । यस किसिमको संरचनाले कर्मचारीहरुको भूमिका र व्यवहार निर्धारण गर्दछ ।
- प्रविधि (Technology): Input लाई Output मा बदल्ने साधनलाई प्रविधि भनिन्छ । प्रविधिले संगठनका क्रियाकलापहरु र मानवीय व्यवहारमा परिवर्तन गरि कार्य सम्पादनमा प्रभावकारीता ल्याउछ । प्रविधिको परिवर्तनले कार्य संचालन, उत्पादन तथा वितरण पद्धति, उत्पादन र सेवामा समेत परिवर्तन ल्याउछ ।
- वाह्य वातावरण (External Environment): संगठनात्मक व्यवहार वाह्य वातावरणद्वारा प्रभावित हुन्छ । वातावरण अन्तरगतका आर्थिक, सामाजिक, राजनीतिक, प्राविधिक पक्षहरुमा देखा पर्ने परिवर्तनले संगठनतात्मक गतिविधि एवं मानिसका क्रियाकलापहरुमा पनि प्रभाव पार्दछ ।
0 Comments