NRB Act, 2058

 

नेपाल राष्ट्र बैक

नेपालको आर्थिक क्षेत्रको व्यवस्थापन नियमन र नियन्त्रण गर्ने उद्धेश्यका साथ स्थापित सर्वोच्च  मौद्रिक निकाय नेपाल राष्ट्र बैंक हो l यो नेपालको केन्द्रीय बैंक हो जसले नोट निस्कासन गर्ने एकाधिकार प्राप्त गरेको छ

नेपाल रास्ट्र बैंकका उद्धेश्यहरु

(क)  आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र

शोधनान्तर स्थिरता कायम गर्नको लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने,

(ख) वित्तीय सेवाको पहुँच अभिवृद्धि र बैड्ढि· तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी बैड्ढि· तथा वित्तीय प्रणाली प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने,

(ग) सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने,

नेपाल रास्ट्र बैंकका काम, कर्तव्य र अधिकार

(क) बैड्ढ नोट तथा सिक्का निष्कासन गर्ने,

(ख) मूल्य स्थिरता कायम गर्न आवश्यक मौद्रिक नीति तर्जुमा गर्ने र सो नीति कार्यान्वयन गर्ने, गराउने,

(ग) विदेशी विनिमय नीति निर्माण गर्ने तथा सो नीति कार्यान्वयन गर्ने, गराउने,

(घ) विनिमय दर पद्धति निर्धारण गर्ने,

(ङ) विदेशी विनिमय सञ्चितिको व्यवस्थापन र सञ्चालन गर्ने,

(च) वाणिज्य बैड्ढ तथा वित्तीय संस्थालाई बैकि· तथा वित्तीय कारोबार गर्न इजाजतपत्र जारी गर्ने, त्यस्तो कारोबारको सम्बन्धमा आवश्यक नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने,

(छ) नेपाल सरकारको बैड्ढर, सल्लाहकार तथा वित्तीय एजेन्टको रुपमा कार्य गर्ने,

(ज) वाणिज्य बैड्ढ तथा वित्तीय संस्थाको बैड्ढ तथा अन्तिम ऋणदाताको रुपमा कार्य गर्ने,

(झ) भुक्तानी, फछ्र्याैट (क्लियरि·) तथा हिसाब मिलान (सेटलमेन्ट) पद्धतिको स्थापना तथा प्रवद्र्धन गरी सो कार्यलाई नियमित गर्ने, र

(ञ) तरलता व्यवस्थापनको निमित्त आवश्यक उपकरणको माध्यमद्वारा खुला बजार कारोबार सञ्चालन गर्ने ।

(ट) यस ऐन बमोजिम बैड्ढको उद्देश्य हासिल गर्नको निमित्त बैड्ढले गर्नु पर्ने अन्य आवश्यक कार्यहरु कार्यान्वयन गर्ने, गराउने ।

(२) बैड्ढलाई यस ऐन वा अन्य प्रचलित कानूनद्वारा प्रदान गरिएको अधिकारको प्रयोग गर्दा आवश्यक पर्ने अन्य काम, कारबाही समेत गर्ने अधिकार हुनेछ ।

(३) बैड्ढले यस ऐन अन्तर्गत प्राप्त गरेको अधिकारको अतिक्रमण कसैबाट हुने छैन । 

Post a Comment

0 Comments