देशको शासन संचालन गर्ने मार्गदर्शक सिद्धान्तहरुको संग्रहलाई संविधान भनिन्छ । संविधान देशको मूल
कानून, सर्वोच्च कानून वा मातृ कानून हो, संविधानसंग बाझिएको कानून अमान्य र बदर घोषित हुन्छ । संविधानले
राज्यका प्रमुख अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको संरचना, शक्ति र अधिकारको बाँडफाँड गर्दछ ।
मुलुकको राजनैतिक प्रणालीलाई दिशानिर्देश गर्ने कानूनी दस्तावेज संविधान हो । संविधानले राज्यको
कार्यप्रणाली र दायित्व तथा जनताका अधिकारहरुलाई लिपिबद्ध गर्ने हुनाले यसलाई सरकार र जनताबीच सम्बन्ध
स्थापित गर्ने आधारको रुपमा लिने गरिन्छ ।
संविधान (Constitution) शब्दको उत्पत्ति ल्याटिन भाषाको ू"Constitutio” शब्दबाट भएको हो, जसको
अर्थ व्यवस्था वा संस्था भन्ने हुन्छ ।
नेपालमा राणा प्रधानमन्त्री पदम शमशेरले घोषणा गरेको नेपाल सरकार बैधानिक कानून, २००४ बाट
संवैधानिक विकासको शुरुवात भएको पाइन्छ । हाल सातौँ संविधानको रुपमा नेपालको संविधान कार्यान्वयनमा रहेकको
छ ।
0 Comments