Objectives of HRM
!_ Organizational Objectives: Jयवसायीक संगठनहरु अनेक लक्ष्य एवं उद्देश्यका साथ स्थापित हुन्छन । जस्तै मुनाफा आर्जन गर्ने, सेवा प्रदान गर्ने, बजार विस्तार गर्ने, उत्पादकत्व वढाउने आदि । उक्त लक्ष्यहरु हसिल गर्नका लागि विभिन्न किसिमका साधन श्रोतहरुको सहि रुपमा परिचालन गर्नुपर्दछ । मानव संसाधन व्यवस्थापनले मानव जनशक्तिहरुको प्राप्ति, विकास, सदुपयोग र सम्भार कार्यद्वारा प्राप्त गर्ने उद्देश्य राखेको हुन्छ ।
@_ social Objectives: समाजमा स्थापित संगठनहरुको उद्देश्य नाफा आर्जन गर्नु मात्र नभई सामाजिक सेवा पुरयाउनु पनि रहेको हुन्छ । त्यसैले उपभोक्ता, लगानीकर्ता, विक्रेता, र सरकार प्रति संगठनहरु प्रतिवद्ध हुन्छन । उक्त प्रतिवद्धता पुरा गर्ने कार्यमा मानव संसाधनहरुको उल्लेखनीय योगदान रहेको हुन्छ । मानव संसाधन व्यवस्थापन मार्फत जनशक्तिहरुलाई सामाजिक हित, कल्याण, विकास र सम्मान कार्य प्रति प्रेरित गरि सामामाजिक उद्देश्य पुरा गरिन्छ ।
#_ Functional Objectives: ;ंगठनात्मक उद्देश्य हासिल गर्न व्यवस्थापकले विभिन्न किसिमका कार्यहरु जस्तै योजना बनाउने, संगठन गर्ने, निर्णय गर्ने, नियन्त्रण गर्ने समन्वय गर्ने र संचार गर्ने आदि कार्यात्मक कार्यहरु सम्पन्न गर्नुपर्ने हुन्छ । मानव संसाधन व्यवस्थापन कार्यले मानव संसाधन सम्वन्धि प्राप्ति, विकास, सदुपयोग र सम्भार कार्यहरु सम्पन्न गरेर यी उद्देश्यहरु पुरा गर्दछन ।
$_ Individual Objective: संगठनमा कार्यरत कर्मचारीहरुका आ आफनै इच्छा, चाहना, रुची र आवश्यकताहरु ह्ुन्छन । उक्त आवश्यकताहरु परिपुर्ति गर्न मानव संसाधन व्यवस्थापन कार्यले उचित ज्याला, पारिश्रमिक, सुरक्षा, वृत्ति विकासको व्यवस्था गर्दछ । यसका साथै कार्य सन्तुष्टि प्रदान गर्ने, उचित कार्य वातावरण तयार गर्ने र पुरस्कार तथा दण्डसजायको व्यवस्था मिलाउने उद्देश्य HRM को रहेको हुन्छ ।
%_ Increasing Productivity: मानव संसाधन व्यवस्थापनले सही समयमा सही स्थानमा सही मानव संसाधनको व्यवस्था गरेर उनीहरुलाई विभिन्न किसिमका तालिम तथा विकासका कार्यक्रमहरुद्वारा उत्प्रेरित गर्दै उत्पादकत्व र नाफादायकतामा वृद्धि गर्दछ ।
^_ Providing job satisfaction: मानव संसाधन व्यवस्थापन कार्यले कर्मचारीहरुका लागि लामो समय सम्म टिकिरहने वातावरण तय गर्दछ । कर्मचारीहरुका सेवा सुविधाहरुमा वृद्धि, पदोन्नति, अतिरिक्त पारिश्रमिक, उचित कार्य वातावरण , जागिरको सुरक्षा, कार्य स्थलमा आराम, आधुनिक प्रविधिको सुविधा आदि उपलब्ध गराई कार्य सन्तुष्टिमा वृद्धि गराउने कार्य मानव संसाधन व्यवस्थापनले गर्दछ
0 Comments