Human Resource Management System
कुनै पनि विषयका वारेमा प्रक्रियागत संरचना निर्माण गर्नुलाई प्रणाली भनिन्छ । संगठन भित्र विभिन्न किसिमका प्रणालीहरु तय गरिएका हुन्छन । तिनीहरु मध्य]] HRM System पनि एक हो । यस प्रणाली अन्तरगत विभिन्न सहायक प्रणालीहरु रहेका हुन्छन । उक्त प्रणालीलाई निम्नानुसार विश्लेष्ण गरिएको छ ।
Input Process Output
-HR skills and ability * Acquisition -Goal achievement
-HR Objectives -HR Planning -Readiness for change
-HR Inventory -HR recruiting -Profit
-Job analysis -HR selecting -productivity
-Labour market -HR socialization -Quality of work life
* Development
-Training and Development
-Career planning
* Utilization
-Performance evaluation
-Motivation
-Compensation
*Maintenance
-Labour relation
-Employees welfare
Feedback
Internal Environment
External Environment
1. Input: HRM System अन्तरगत Input प्रवेशको चरण हो । यस अन्तरगत निम्न तत्वहरु पर्दछन ।
a. HR skills and ability: HRM system को Input अन्तरगत सर्वप्रथम मानवीय सीप, अनुभव, योग्यता, क्षमता र दक्षताको उपयोग गरिन्छ । संगठनात्मक लक्ष्य हासिल गर्न आवश्यक पर्ने उचित किसिमको सीप र क्षमताको प्रवेश यस चरणमा गरिन्छ ।
b. HR Objectives: HRM System अन्रतग संगठनात्मक लक्ष्य, उद्देश्य, रणनीति, कार्यविधिहरु पर्दछन । संगठनका उद्देश्य र नीतिहरुबाट मानव जनसक्तिहरुको पहिचान गर्न सकिन्छ ।
c. HR Inventory: HR Inventory ले मौज्दात रहेका मानव संसाधनहरुको विवरण अवगत गर्दछन । यसबाट मानव संसाधनको वारेमा पूर्वानुमान गर्न सहज हुन्छ ।
d. Job Analysis: कार्य विश्लेषणले विभिन्न पदमा कार्यरत जनशक्तिहरुले सम्पादन गर्नुपर्ने कामको विवरण तयार पारेको हुन्छ । साथै त्यसका लागि आवश्यक पर्ने योग्यता, सीप, अनुभव र दक्षताको समेत किटान गर्दछ ।
e. Labour Market: संगठनलाई आवश्यक पर्ने मानव संसाधनहरुको आपुर्ति गर्ने श्रोतलाई श्रम वजार भनिन्छ । श्रमबजारको आधारमा मानव संसाधन आपुर्ति योजना बनाउने गरिन्छ ।
2. Process: HRM System को यो दोश्रो चरण हो । यस चरणमा Input बाट प्राप्त भएका साधनश्रोतहरुलाई संगठनको आवश्यकता अनुसार रुपान्तरण र विकास गरिन्छ । यस अन्तरगत निम्न तत्वहरु पर्दछन ।
a. Acquisition : यस कार्य अन्तरगत संगठनका लागि आवश्यक उत्कृष्ट जनशक्ति प्राप्त गरिन्छ । यसका लागि संगठनमा HR planning, recruitment, selection, socialization कार्यक्रमहरु संचालन गरिन्छन । यी सवै कार्यहरुको प्रभावकारी संचालनबाट उचित जनशक्तिको प्राप्ति हुन्छ ।
b. Development: यस अन्तरगत तालिम तथा विकास कार्यक्रमहरु संचालन गरेर कर्मचारीहरुको जीवन वृत्ति विकास, Career Development सक्षमता र सीपहरुको विकास गरिन्छ ।
c. Utilization: कर्मचारीहरुको प्राप्ति र विकास कार्यमा सहभागि गराइसके पछि कार्यभार दिनु पर्दछ । यसका लागि क्षतिपुर्ति, कार्य सम्पादन मूल्यांकनद्वारा उत्प्रेरित गरी अधिकतम प्रयोग गर्ने व्यवस्था मिलाइन्छ ।
d. Maintenance: योग्य, दक्ष र सीपयुक्त कर्मचारीहरुलाई संगठनमा रहिरहने वातावरण तयार गर्ने कार्यलाई सम्भार भनिन्छ । कर्मचारीहरुलाई उचित वातावरण, श्रम सम्वन्ध, र कर्मचारी कल्याणकारी गतिविधिहरु संचालन गरेर सुरक्षा प्रदान गर्न सकिन्छ ।
3. Output: मानव संसाधन व्यवस्थापनले संगठनमा विभिन्न किसिमका Inputs लाई रुपान्तरण गरेर प्रतिफल प्राप्त गर्दछ । जसलाई Output भनिन्छ । Output अन्तरगत निम्न प्रतिफलहरु प्राप्त हुन्छ ।
A Goal Achievement: प्रभावकारी मानवसंसाधन व्यवस्थापन प्रणालीबाट संगठनले निर्धाराण गरेका अल्पकालिन, मध्यकालिन र दीर्घकालिन लक्ष्यहरु प्राप्त हुन्छ ।
b. Readiness for Change: परिर्वतन गतिशील प्रक्रिया हो र संगठनका लागि परिवर्तन आवश्यक हुन्छ । तसर्थ संगठनात्मक सफलताको लागि सकारात्मक परिवर्तन आवश्यक हुन्छ भन्ने शोच कर्मचारीहरुले राख्नु पर्दछ । र परिवर्तनका लागि तयार हुनु पर्दछ ।
c. Profit: हरेक संगठनको मुख्य लक्ष्य नाफा आर्जन गर्नु रहेका हुन्छ । मानव संसाधन व्यवस्थापन प्रणालीको अध्ययनबाट प्रतिफलको रुपमा नाफा पनि प्राप्त हुन्छ ।
d. Productivity: कर्मचारीहरुको उचित व्यवस्थापन, विकास र सदुपयोगबाट संगठनको उत्पादकत्वमा वृद्धि हुन्छ । उत्पादकत्वले संगठनलाई लागत लाभ प्रदान गर्दछ
e. Quality of work life: कर्मचारीहरुको संगठनमा काम गर्ने जीवनलाई कार्य जीवन भनिन्छ । उच्चस्तरीय कार्य जीवनले कर्मचारीहरुको गुणस्तरमा वृद्धि गर्दछ । कार्यस्थल सफा, स्वच्छ, खुला, उज्यालो, कोलाहल नियन्त्रित , हुनुन नै गुणस्तरीय कार्य जीवन हो
4. Feedback: पृष्ठपोषण वाहय पक्षबाट प्राप्त हुने प्रतिक्रिया हो । उचित प्रतिक्रियाहरुबाट आवश्यकीय सूचनाहरु संकलन गरिन्छन र Input process and Output का क्षेत्रमा सुधार गरिन्छ ।
Internal Environment आन्तरिक वातावणीय तत्वहरुको विश्लेषणबाट संगठनका सवलताहरु, एवं दुर्वलताहरुको वारेमा जानकारीहरु प्राप्त हुन्छन । यी तत्वहरु संगठनको नियन्त्रण भित्र हुन्छन त्यसैले सवलताहरुको सदुपयोगर दुर्वलताहरुको न्यूनिकरण गर्न HRM प्रणालीले सहयोग गर्दछ ।
External Environemtn: वाह्य वातावरणीय तत्वहरुको विश्लेषणबाट अवसर तथा चुनौतिहरुको वारेमा जानकारी प्राप्त गरिन्छ ।राजनीतिक, आर्थिक, सामािजक, प्राविधिक वातावरणहू वाह्य वातवरणका तत्वहरु हुन । यी तत्वहरुलाई संगठनले नियन्त्रण गर्न सक्दैन । त्यसैले अवसरहरु को सदुपयोग गरेर चुनौतिहरुको सामना गर्न सक्नु पर्दछ ।
0 Comments