Human Resource Management Outcomes:
मनव संसाधन व्यवस्थापन एक खुला प्रणाली हो । जसलाई विभिन्न वाह्य एवं आन्तरिक तत्वहरुले प्रभाव पार्दछन । मानव संसाधन व्यवस्थापन प्रणालीमा क्ष्लउगत द्वारा विभिन्न तत्वहरुको प्रवेश गराइन्छ र प्रक्रियाद्वारा रुपान्तरण गरेर विभिन्न किसिमका इगतउगतक प्रतिफलहरु प्राप्त गरिन्छन । उक्त प्रतिफलहरुको वारेमा निम्नानुसार विश्लेषण गरिएको छ ।
1. Productivity: सामान्यतया उत्पादन लागतमा कटौति गरेर उत्पादन क्षमता अभिवृद्धि गर्नुलाई उत्पादकत्व भनिन्छ । अर्थात कार्य सम्पादन गर्दा प्राप्त परिणाम र लागेको लागत वीचको अनुपात ९एचयमगअतष्खष्तथ. ष्लउगतरयगतउगत० लाई उत्पादकत्व भनिन्छ । कम लागतमा वढी परिणाम प्राप्त भएमा उत्पादकत्वमा वृद्धि हुन्छ । उत्पादकत्व वृद्धि हुनु भनेको उपलब्ध साधनश्रोतहरुको अधिकतम सदुपयोग हुनु हो । यसर्थ अधिक उत्पादकत्व हासिल गर्न व्यवस्थापक सधै मानव संसाधनहरुको योग्यता, क्षमता, सीप, दक्षता अभिवृद्धि गर्न क्रियाशील रहनु पर्दछ । जुन संगठनको उत्पादकत्व उच्च हुन्छ तिनीहरुले कम समयमा नै आफना लक्ष्यहरु हसिल गर्न सक्दछन । तर पनि उत्पादकत्वलाई अनेक तत्वहरुले प्रभाव पार्दछन । उक्त प्रभाव पार्ने तत्वहरु निम्मानुसार विश्लेषण गरिएको छ ।
a) Capital Investment: उत्पादकत्वलाई लगानी गरेको पूँजीको मात्राले प्रभाव पार्दछ । यदि पुँजीको लगानी अधिकतम छ भने अत्याधुनिक मेसिन यन्त्र उपकरण र प्रविधिको प्रयोगमा वृद्धि गरेर गुणस्तरिय बस्तु उत्पादन गर्न सकिन्छ । साथै संगठनमा यान्त्रिकीकरण र आधुनिकीकरणमा समेत वृद्धि हुन गई उत्पादकत्वमा वृद्धि हुन्छ । त्यसैले लगानीको पूजीमा वृद्धि गर्नु पर्दछ ।
b. Innovation: अनुभवबाट नया विधि र ज्ञानको सिर्जना गर्ने प्रक्रियालाई आविस्कार भनिन्छ । नया विधि र ज्ञानले कार्य सम्पादनलाई सरल, छिटो छरितो बनाउछ । संगठनमा तया आविस्कार हुनको लागि नया विचारलाई समेटनु पर्दछ । नया विचारको विकासले नया बस्तुको विकास, लागत कटौति, कार्य सम्पादन मूल्यांकनमा सरलीकरण गुणस्तरमा वृद्धि हुन्छ ।
c. Learning: कुनै विषयमा नया ज्ञान लिनु वा बुझनुलाई सिकाई भनिन्छ । उत्पादकत्व वृद्धि गर्नको लागि कर्मचारीहरुलाई नया ज्ञान, सीप दिनु पर्दछ । नया सिकाई र सीप अभिवृद्धिको लागि तालिम तथा विकास कार्यक्रमहरु संचालन गर्नु पर्दछ ।
d. Motivation: कर्मचारीहरुको कार्य सम्पादन गर्ने इच्छा शक्ति वढाउनुलाई उत्प्रेरणा भनिन्छ । आर्थिक एवं गैर आर्थिक प्रोत्साहनहरु उत्प्रेरणाका तत्वहरु हुन । कर्मचारीहरुलाई तलव, भत्ता, अतिरिक्त पारिश्रमिक, पदोन्नति, पुरस्कार, सम्मान, उपयुक्त कार्य स्थल, गुणस्तरिय जीवन उपलब्ध गराएर उत्प्रेरणा जगाउन सकिन्छ । यसले पनि उत्पादकत्वमा वृद्धि गर्दछ ।
2. Quality of Work Life: संगठनमा कर्मचारीहरुको कार्य सम्पादन गर्ने वातावरण उपयुक्त, स्तरीय र प्रभावकारी हुनुलाई कार्यजीवनको गुण भनिन्छ । काम गर्ने स्थानको वातवरण सरसफाई, प्रकाश, प्रयाप्त सुविधा, मेसिन उपकरणहरुको व्यवस्था, काममा स्वायत्तता, मर्यादित सुपरिवेक्षण, कार्य स्थलको सुरक्षा, खाजा तथा आरामको व्यवस्था, पुरस्कार, सामिप्यता आदि अवस्थाले कार्यजीवनको गुणलाई जनाउँछ । कर्मचारीहरुको असल कार्य जीवन कायम गर्न सकेमा कार्य प्रति अझ वढी समर्पित हुन प्रेरित गर्दछ । कार्यजीवन गुणमा सुधार ल्याउने विधिहरु निम्नानुसार छन ।
a. Autonomy: कर्मचारीहरुले करकाप तथा हस्तक्षेप विना आफनो स्वविवेकद्वारा स्वतन्त्रतापूर्वक काम गर्न पाउने अवस्थालाई स्वायत्तता भनिन्छ । यदि कर्मचारीहरुले ऐन, नियम, कानून अनुसार स्वतन्त्रपूर्वक निर्णय गर्ने अवसर पाउने हो भने उनिहरुले निर्धक्क साथ आफनो जिम्मेवारी पुरा गर्न सक्दछन ।
b. Recognition: मानिस स्वभावैले आफनो कदर तथा सम्मान चाहन्छ । संगठनमा कामको मूल्यांकन होस र आफुलाई मान्यता प्राप्त होस भन्ने चाहना कर्मचारीहरुले राखेका हुन्छन । त्यसैले कर्मचारीहरुको कार्य सम्पादनको आधारमा प्रसंसा, सम्मान, कदरपत्र, पुरस्कार, स्यावासी प्रदान गर्नु पर्दछ । यसका साथै उनीहरुको श्रम, सीप, मिहेनत, इमान्दारीता, धैर्यतालाई पनि महत्व दिनु पर्दछ ।
c. Beloging: संगठन र कर्मचारीहरु वीचको निकटतालाई सामिप्यता भनिन्छ । कर्मचारीहरुले यो संगठन मेरो हो , यसले मलाई कर्म गर्ने अवसर दिएको छ त्यसैले मैले कर्तव्यनिष्ट भएर कार्य गर्नु पर्दछ भन्ने बुझाई राख्नु पर्दछ भने संगठनले पनि कर्मचारी मेरा महत्वपूर्ण सम्पत्ति हुन यिनको संरक्षण गर्नु , सुरक्षा प्रदान गर्नु र स्वतन्त्रता दिनु मेरो कर्तव्य हो भन्ने वुझनु पर्दछ । यस किसिमको सोचाईले एक आपसमा सामिप्यता कायम गर्दछ र कार्यजीवन गुणस्तर हुन्छ ।
d. Progress and Development: कार्यजीवन गुणस्तर बनाउनका लागि कर्मचारीहरुको प्रगति र विकासमा पनि ध्यान दिनु पर्दछ । कर्मचारीहरुले आफनो व्यक्तित्व, ज्ञान, सीप, क्षमता, मानसम्मानमा वृद्धि होस भन्ने चाहन्छन । त्यसैले उनीहरुको पदोन्नति, सरुवा, चुनौतिपूर्ण कार्यमा सहभागिता, निर्णय कार्यमा सहभागिता, कार्य सम्पादनमा स्वतन्त्रता आदि अवसरहरु प्रदान गर्नु पर्दछ ।
e. Rewards: कर्मचारीहरुलाई उचित आर्थिक पुरस्कार जस्तै तलव, भत्ता, अतिरिक्त पारिश्रमिक, पेन्सन, उपदान, संचयकोष, विदाको रकम, ग्रेड आदिको व्यवस्था गरेर पनि कार्यजीवनलाई गुणस्तर बनाउन सकिन्छ । आर्थिक पुरस्कारले कर्मचारीहरुका आवश्यकताहरुलाई पुरा गर्दछन ।
3. Readiness for Change: परिवर्तन गतिशील प्रक्रिया हो । परिवर्तनले कुनै पनि चिजलाई भिन्न बनाइदिन्छ । त्यसैले परिवर्तन आवश्यकता पनि हो । वाह्य वातावरणका तत्वहरु आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, कानूनी आदिमा आएरहने परिवर्तनले संगठनमा पनि परिवर्तन देखा पर्दछ । त्यसैले व्यावसायीक सफलता र प्रभावकारीताको लागि कर्मचारीहरु सधैव परिवर्तनका लागि तयार हुुनु पर्दछ । त्यसका लागि उनिहरुले नया ज्ञान, सीप, दक्षता र प्रविधिको प्रयोगका वारेमा सिक्नु पर्दछ । साथै संगठनले आवश्यकता अनुसार कार्य जिम्मेवारी, संगठनात्मक संरचना, कार्य वातावरण आदिमा समेत परिवर्तन गर्नु पर्दछ ।
सामान्यतया कर्मचारीहरु परिवर्तनका लागि तयार हुदैनन । कहिलेकाही परिवर्तन गर्ने कुरामा विरोध समेत गर्दछन । त्यसका लागि संगठनले परिवर्तन ल्याउनु भन्दा पूर्व जानकारी गराउनु पर्दछ । साथै परिवर्तन सम्वन्धि तालिम, गोष्ठि तथा सेमिनारहरु संचालन गर्नु पर्दछ । कर्मचारीहरुलाई योजना बनाउने, निर्णय गर्ने, त्यसको कार्याव्यनका लागि व्यवस्थापन संगै सहभागि गराएर पनि परिवर्तनका लागि तत्पर बनाउन सकिन्छ ।
0 Comments