मनव संसाधन व्यवस्थापनका कार्यहरु निम्नानुसार विश्लेषण गरिएका छन ।
!_ Managerial Function: मानव संसाधनहरुको कुशलतापूर्वक व्यवस्थापन संग सम्वन्धित कार्यहरुलाई व्यवस्थापकीय कार्यहरु भनिन्छन । यस अन्तरगत निम्न कार्यहरु पर्दछन ।
a) Planning: मानव संसाधनहरुको आवश्यकता पहिचान गर्ने, आवश्यक जनशक्ति निर्धारण गर्ने, भर्ना छनौट, तालिम, पदोन्नति, वृत्ति विकास, अवकास सेवा सुविधाहरुका सम्वन्धमा मार्गचित्र तयार गर्ने कार्य नै योजना हो । योजना तयार गर्दा कर्मचारीहरुको मौज्दातलाई पनि ध्यान दिनु पर्दछ ।
b) Organizing: संगठनभित्र विभिन्न स्थानहरुमा कार्यरत कर्मचारीहरुका वीचमा अन्तरसम्वन्ध कायम गर्ने कार्यलाई संगठन गर्ने भनिन्छ । संगठनमा संगठनात्मक संरचना तयार गर्ने, पदीय श्रङखला निर्धारण गर्ने, कर्मचारीहरुको काम कर्तव्य, अधिकार र उत्तरदायित्व स्पष्ट गर्ने, समन्वय कायम गर्ने, आदि कार्यहरु इचनबलष्शष्लन अन्तरगत पर्दछन ।
c) Directing: संगठनमा कसले कसलाई आदेश तथा निर्देशन गर्ने भन्ने बारेमा स्पष्ट गर्ने कार्यलाई Directing भनिन्छ । विशेष गरेर माथिल्लो तहले तल्लो तहलाई आदेश दिने, संचार संजालको विकास गर्ने, विभिन्न किसिमका संगठनात्मक कानूनहरुको वारेमा जानकारी दिने तथा कामदारहरुलाई एकीकर गर्ने कार्यहरु Directing मा समावेश हुन्छन ।
d) Controlling: मानव संसाधन व्यवस्थापनको ऋयलतचयििष्लन कार्यले कार्य स्तर निर्धारण गर्ने, कार्य विश्लेषण गर्ने र कार्य सम्पादन मूल्यांकन गर्ने आदि कार्यहरु गर्दछ । जसबाट कामदारहरुको गुणस्तर, समय तथा प्रयासहरुलाई प्रभावकारीरुपले नियन्त्रण गर्न मद्दत पुग्दछ ।
2) Operative Function: मानव संसाधन व्यवस्थापनको संचालन कार्य अन्तरगत निम्न कार्यहरु पर्दछन ।
a) Acquisition: संगठनका उद्देश्यहरु हासिल गर्नको लागि प्रयाप्त मात्रामा उचित स्थानका लागि उचित मानव संसाधनहरुको निश्चित गर्ने कार्यलाई प्राप्ति भनिन्छ । यस अन्तरगत HRP तयार गर्ने, Job analysis गर्ने, Job specification and Job evaluation तयार गर्ने, Recruitment, selection, placement and socialization गर्ने आदि कार्यहरु पर्दछ । यसप्रकार संगठनमा सक्षम र योग्य मानव संसाधन भित्राउनु नै प्राप्ति कार्य हो ।
b) Training and Development: संगठनमा प्राप्त भएका मानव संसाधनहरुलाई उचित स्थानका लागि अभिमुखीकरण Orientation गर्ने र Career Development का कार्यक्रमहरु संचालन गर्ने कार्यहरु यस अन्तरगत पर्दछन । यसबाट मानव संसाधनहरुले आफनो योग्यता, सीप र दक्षताको अभिवृद्धि गर्ने अवसर प्राप्त गर्दछ ।
c) compensation and Benefits: कार्यरत मानव संसाधनहरुलाई प्रदान गरिने आर्थिक सहुलियत तथा सुविधाहरुलाई क्षतिपूर्ति तथा लाभ भनिन्छ । क्षतिपूर्तिको उचित व्यस्थापनले कर्मचारीहरुलाई कार्य प्रति उत्प्रेरित गर्दछ । यस अन्तरगत तलव, भत्ता, अतिरिक्त पारिश्रमिक, पदोनन्ति, पुरस्कार, वोनस, ग्रेड आदि पर्दछन ।
d) Maintenance: मानव संसाधन व्यवस्थापनको सम्भार कार्य जनशक्तिहरुलाई सुरक्षा, स्वायत्तता, स्वतन्त्रता र समान व्यवहार कायम गर्ने कार्य संग सम्वनिधत छ । साथै राम्रो श्रम सम्वन्ध, मनोरञ्जन, खेलकुद, खाजा सुविधाहरु ऋादि प्रदान गरेर कर्मचारीहरुको सम्भार गर्न सकिन्छ ।
e) Record Keeping: मानव संसाधन व्यवस्थापनले संचालन कार्य अन्तरगत मानव संसाधनहरुको सम्पूर्ण विवरण अद्यावधिक गर्दछ । कर्मचारीहरुको छनौट समय, कार्य स्थान, योग्यता, सीप, अनुभव, अतिरिक्त ज्ञान, पदोन्नति, सरुवा, पुरस्कार, दण्ड, सजाय, तलव भत्ता, अतिरिक्त पारिश्रमिक आदि सम्वन्धि अभिलेख राख्ने कार्य मानव संसाधन व्यवस्थापनले गर्दछ ।
e) Evaluation: मानव संसाधन व्यवस्थापनले जनशक्तिहरुका क्रियाकलापहरुको मूल्यांकन गर्ने कार्य पनि गर्दछ । यस अन्तरगत कर्मचारीहरुको कार्य शैली, कार्य अवधि, कार्य प्रभावकारीता, सुद्धता, नैतिकता, अनुशासन, गाम्भिरयता, कर्मचारी नीति र अभ्यास आदि को मूल्यांकन गर्दछ ।
f) Research: मानव संसाधन व्यवस्थापनले कर्मचारीहरुका सम्वन्धमा विभिन्न किसिमका अनुसन्धान र विकास सम्वन्धि कार्यहरु पनि गर्दछ । कर्मचारीहरुलाई कार्य प्रति उत्पे्ररित गर्ने तरिकाहरु, कार्य स्थलको सजावट, कर्मचारीहरुका वीचको अन्तर सम्वन्ध, आदिका सम्वन्धमा नया शैली, दृष्टिकोण, अवधारणा र विधिहरुको खो िजगर्ने कार्य पनि मानव संसाधन व्यवस्थापनले गर्दछ ।
0 Comments