Depreciation

  नेपालको प्रचलित कानून बमोजिम व्यहारिक रुपले मूल्य ह्रास कट्टी गर्नका लागि Straight line method  र  Diminishing Balance Method  प्रयोग गरिन्छ जसको बारेमा विस्तृत रुपले व्याख्या गरिएको छ ।

!= सिधा रेखा विधि ( Straight line method )
सम्पत्तिको लागत मूल्यको आधारमा त्यसको जीवनकाल भर प्रत्यक वर्ष समान रकम मूल्यह्रासको रुपमा कट्टा गर्ने विधिलाई ( Straight line method ) सिधा रेखा विधि भनिन्छ । यसलाई ( Fixed installment method, original cost method ) पनि भनिन्छ । यदि प्रश्नमा निश्चित मूल्य ह्रास दर दिएमा सोही RATE को आधारमा र दर Rate नदिएमा निम्न सुत्र प्रयोग गरेर सुत्र प्रयोग गरेर depreciation  रकम निर्धारण गरिन्छ ।
      
Annual depreciation = Cost - scrape value
                                        भ्कतष्mबतभम षिभ
सिधारेखा विधिका फाइदाहरु
यो विधि बुझ्न र प्रयोग गर्न सरल छ ।
यसले जीवनकालको अन्त्यमा किताबी मूल्यलाई शुन्य पार्दछ ।
मूल्य ह्रासको रकम प्रत्यक वर्ष समान हुने भएकाले वित्तीय अवस्था पत्ता लगाउन सहज हुन्छ ।
मूल्य ह्रासको कुल रकम जानकारी हुन्छ ।
नाफा नोक्सान खातामा मूल्य ह्रास रकमको समान भार पर्दछ ।
सिधारेखा विधिका बेफाइदाहरु ः
. बीचमा थपिएको सम्पत्तिको मूल्य ह्रास रकम निर्धारण गर्न कठीन हुन्छ ।
. ह्रास रकम वास्तविक नहुने
. मर्मत सम्भार खर्चस“ग सामजस्य नभएको
. लगानीको व्याजलाई वेवास्ता गर्दछ
. धेरै मूल्य भएका र पटक पटक मर्मत सम्भार गरिरहनु पर्ने सम्पत्तिहरु भएको अवस्थामा यो विधि उपयुक्त हदैन ।
२. घट्दो शेष विधि ( Diminishing Balance Method          
सम्पत्तिको प्रत्यक वर्ष घट्दै गएको मूल्य ( Book Value )  को आधारमा मूल्यह्रास निर्धारण गर्न प्रयोग गरिने विधिलाई ( Diminishing Balance Method )  भनिन्छ ।  उदाहरणको लागि मानौ“ कुनै सम्पत्तिको मूल्य रु.१,००,००० छ । प्रतिवर्ष ह्रासदर १०५ छ भने पहिलो वर्ष रु १०,००० र दोस्रो वर्ष बा“की ९०,००० को  १०५ रु. ९००० ह्रासकट्टी गरिन्छ । यसमा लागत मूल्य र दिएको मूल्य ह्रास दरको आधारमा मूल्य ह्रास रकम निर्धारण गरिन्छ ।
 
फाइदाहरु
नाफा नोक्सान खातामा समान व्ययभार पर्दछ
वास्तविक मूल्य ह्रासको रकम निर्धारण
थपिएको सम्पत्तिको समेत मूल्यह्रास निकाल्न सजिलो
मूल्य ह्रास रकम गणना गर्ने सहज
आयकर अधिकारीद्वारा मान्यता दिएको
वास्तविक र व्यवहारिक मूल्याङ्कन विधि
 
बेफाइदा ः
सम्पत्तिका मूल्य शुन्य पार्न सकिदैन
मुल्यह्रास दर निर्धारण गर्न कठीनाई
लगानीको व्याजलाई बेवास्ता गर्दछ
मर्मत खर्च समान नहुनु आदि

 

 

Post a Comment

0 Comments