Components of HRM
Acquisition
Maintenance HRM Development
Function
Utilization
1) Acquisition: संगठनको लक्ष्य हासिल गर्नको निमित्त उपयुक्त किसिमले आवश्यक संख्यामा दक्ष कर्मचारीहरु प्राप्त गर्ने कार्य यस अन्तरगत पर्दछ । मानव संसाधन व्यवस्थापनको शुरुवात मानव संसाधन प्राप्तिबाट हुन्छ । वास्तवमा मानव संसाधनका लागि योजना बनाउनु, संगठन गर्नु, उत्प्रेरित गर्नु नियन्त्रण गर्नु , भर्ना तथा छनौट गर्नु, पदस्थापन गर्नु, र सामाजिकीकरण गर्नु नै HRM को प्राप्ति कार्य हो । यस अन्तरगत निम्न कार्यहरु पर्दछन ।
a) Human Resource Planning: यस अन्तरगत ज्च्ः ले संगठनलाई भविश्यमा आवश्यक पर्नेृ मानव संसाधनको पूर्वानुमान गर्ने कार्य पर्दछ । यसले संगठनमा कहिले र कस्तो प्रकारको जनशक्ति कति आवश्यक पर्दछ भनि अनुमान वा लेखाजोखा गरिन्छ ।
b) Job Analysis: संगठनमा सम्पन्न गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने योग्यता, क्षमता, दक्षता, सीप, अनुभव र कर्मचारीहरुको काम, कर्तव्य अधिकार र जिम्मेवारीको वारेमा विश्लेषण गर्नुलाई कार्य विश्लेषण भनिन्छ । यस अन्तरगत Job Description and Job specification कार्यहरु पर्दछन ।
c) Recruitment: संगठनमा आवश्यक कर्मचारीहरुको पदपूर्तिका लागि सम्भावित उम्मेदवारहरुबाट निवेदन माग गर्ने कार्यलाई भर्ना भनिन्छ । भर्ना कार्य योग्य तथा दक्ष उम्मेदवारहरुको खोजि गरेर र रिक्त स्थानका लागि निवेदन दिन लगाउने कार्य संग सम्वन्धित छ ।
d) Selection: भर्ना प्रक्रियाद्वारा निवेदन दिएका उम्मेदवारहरु मध्येबाट विभिन्न विधिहरुको प्रयोग गरी योग्य तथा दक्ष व्यक्तिको चयन गर्ने कार्यलाई छनौट भनिन्छ ।
e) Placement: छनौट प्रक्रियाद्वारा चयन भएका उम्मेदवारहरुलाई उनिहरुको रुची, चाहना र इच्छा अनुसार उचित स्थानमा हाजिर गराउनुलाई पदस्थापन भनिन्छ । पदस्थापन भइसकेपछि उम्मेदवारहरुले कर्मचारीको रुपमा कार्य गर्दछन ।
f) Socialization: पदस्थापन गरिएका कर्मचारीहरुलाई संगठनको मूल्य, मान्यता, संस्कृति र कार्य वातावरण संग घुलमिल गराउने कार्यलाई सामाजिकीकरण भनिन्छ ।
2) Development: संगठनमा प्रवेश गरेका कर्मचारीहरुलाई संगठनको उद्देश्य अनुकुल कार्य गर्न सक्ने गरि योग्यता, क्षमता, दक्षता, आदिको स्तर वृद्धि गर्नुलाई विकास भनिन्छ । विभिन्न किसिमका तालिम, सेमिनार, गोष्ठी, अन्तरक्रियाहरुको आयोजना गरेर कर्मचारीहरुको कुशलता एवं दक्षतामा वृद्धि गरिन्छ । यस अन्तरगत निम्न कार्यहरु पर्दछन ।
a) Identify Training and Development: HRM ले विकास कार्य अन्तरगतग सर्वप्रथम संगठनको कुन कुन तहमा कार्यरत मानव संसाधनहरुलाई कस्तो किसिमको तालिम तथा विकासको आवश्यकता भन्ने वारेमा पहिचान गर्दछ । आवश्कता पहिचानको लागि विज्ञहरुको सहयोग लिन सकिन्छ ।
b) Employees Training:
कार्यान्वयन तहमा रहेका कर्मचारीहरुलाई तत्काल कार्य सम्पादन गर्न आवश्यक पर्ने सीप तथा दक्षता वढाउनका लागि मानव संसाधन व्यवस्थापनले तालिमको आयोजना गर्दछ । तालिमको आयोजना On the job and Off the job गरी दुई किसिमले गर्न सकिन्छ ।
c) Management Development Planning: व्यवस्थापीकय पदहरुमा कार्यरत व्यवस्थापकहरुको ज्ञान, सीप, अनुभव, दक्षता अभिवृद्धि गर्नका लागि संचालन गरिने कार्यक्रमलाई व्यवस्थापन विकास भनिन्छ । मानव संसाधन व्यवस्थापनले कार्यस्थलमा र कार्यस्थल वाहिर विधिद्वारा व्यवस्थापकहरुको वृद्धि विकास गर्ने कार्यक्रम मिलाउँछ ।
d) Employee Career Development: कर्मचारीहरुका व्यक्तिगत आवश्यकताहरु जो योग्यता, सीप, पद, अधिकार र जिम्मवारीको दीर्घकालिन अभिवृद्धि संग सम्वन्धित छन त्यसका वारेमा विकास कार्यक्रमहरु संचालन गर्ने, अवसरहरु प्रदान गर्ने, उचित वातावरणको निर्माण गर्ने र कर्मचारीहरुलाई त्यसका लागि तयार गर्ने कार्यहरु कर्मचारीहरुको जीवन वृत्ति विकास अन्तरगत पर्दछन । उक्त कार्य मानव संसाधन व्यवस्थापनले गर्दछ ।
e) Organization Development: मानव संसाधन व्यवस्थापनको यस कार्य अन्तरगत मानव संसाधनहरुको व्यवहार र दृष्टिकोण परिवर्तन गरिन्छ । यसबाट सवै कर्मचारीहरु संगठन प्रति समर्पित हुन्छन ।
3) Utilization: संगठनमा प्राप्त भएका मानव संसाधनहरुको ज्ञान, सीप, अनुभव, दक्षता तथा क्षमतालाई संगठनको हितका निम्ति प्रयोग गर्नुलाई उपयोग भनिन्छ । मानव संसाधन व्यवस्थापनको यो चुनौतिपूर्ण कार्य हो । यसले मानव संसाधनहरुको उपयोगितालाई संकेत गर्दछ । उपयोगिता विशेष गरेर मानव जनशक्तिहरुको उत्पादकत्व वृद्धि गर्ने कार्य संग सम्वन्धित छ । यस अन्तरगत निम्न कार्यहरु पर्दछन ।
a) Motivation: कर्मचारीहरुलाई कार्य प्रति अधिकतम इच्छुक बनाउन र प्रेरित गर्न इच्छा शक्ति जगाउने कार्यलाई उत्प्रेरणा भनिन्छ । मानव संसाधन व्यवस्थापनले कर्मचारीहरुलाई उत्प्रेरित गर्न विभिन्न किसिमका मौद्रिक एवं अमौद्रिक पुरस्कारहरुको व्यवस्था गर्दछ । यसबाट कर्मचारीहरुलाई अधिकतम उपयोग गर्न सकिन्छ ।
b) Performance Evaluation: कर्मचारीहरुले गरेका कार्यहरुको प्रभावकारीता, मूल्य, र कार्यकुशलता मापन गर्ने कार्यलाई कार्य सम्पादन मूल्यांकन भनिन्छ । यस कार्यले विशेष गरी कार्य सम्पादन स्तरको लेखाजोखा गर्दछ । मानव संसाधन व्यवस्थापनले कार्य सम्पादनको मूल्यांकनबाट पुरस्कार, दण्डसजाय, पदोनति, आदि कार्यहरु सम्पन्न गर्दछ ।
c) Reward Management: कर्मचारीहरुको संगठन प्रतिको समर्पित भाव र योगदानको कदर गर्दै उनीहरुलाई कार्य प्रति अझ आकर्षित गराउन, र सेवामा निरन्तरता रहीरहोस भनेर विभिन्न किसिमका आर्थिक लाभहरुको व्यवस्था गर्नुलाई पुरस्कार व्यवस्थापन भनिन्छ । कर्मचारीहरुको काम प्रतिको झुकाव , लगनशीलता र मिहिनेतको कदर व्यवस्थापन पक्षले पुरस्कार बाट गर्दछन ।
4) Maintenance: सीपयुक्त निपूर्ण अनुभवी तथा संगठन प्रति कटिवद्ध भई वफादार रुपमा कार्य गर्नै कर्मचारीहरुलाई कार्य सम्पादनका लागि स्वतन्त्रता, स्वायतता, र आत्म निर्णयको अधिकार प्रदान गर्नुलाई सम्भार भनिन्छ । सम्भार कार्यले कर्मचारीहरुलाई सधै भरि संगठनमा रहिरहने वातावरण तय गर्दछ । यस अन्तरगत निम्न कार्यहरु पर्दंछन ।
a) Harmonious Relation: मानव संसाधन व्यवस्थापनले व्यवस्थापन समूह र कर्मचारीहरका वीचमा सुमधुर सम्वन्ध कायम गराउदछ । र्दुई समूहवीचको समवन्धले कार्य सन्तुष्टि वढाउदछ र कर्मचारीहरुलाई स्थायित्व प्रदान गर्दछ । त्यसैले कर्मचारीहरुका लागि अनुशासन सम्वन्धि उचित व्यवस्था गरेर , समस्या एवं गुनासो समाधानको उचित व्यवस्था गरेर गहिरो श्रम सम्वन्ध कायम गरिन्छ ।
b) Employees Welfare: मानव संसाधन व्यवस्थापनको कर्मचारी कल्याण कार्य निवृत जीवनको सुरक्षा एवं कल्याण संग सम्वन्धित छ । लामो समयसम्म संगठनमा कार्य सम्पादन गरेर अवकास प्राप्त कर्मचारीहरुका लागि पेन्सन, उपदान, संचयकोष, विदाको रकम, सन्तानहरुको शिक्षा, स्वास्थ्य, मनोरञ्जन जस्ता विषयहरुको व्यवस्थापन HRM ले गर्दछ ।
c) Effective Communication: प्रभावकारी संचारले कर्मचारीहरुको कार्य सन्तुष्टिमा वृद्धि गर्दछ । तसर्थ मानव संसाधन व्यवस्थापनले संगठनमा दोहोरा संचार प्रणालीको विकास गरेर संचार कार्यलाई प्रभावकारी बनाउँछ ।
0 Comments