Characteristics of HRM
1) Human Centered: मानव संसाधन व्यवस्थापन मानव जनशक्तिहरुको भर्ना, छनौट, पदस्थापन, सेवा सुविधाहरु उत्प्रेरणा, तालिम तथा विकास, क्षमता, दक्षता, सीप तथा योग्यताको वृद्धि लगायतका कार्यहरुमा केन्द्रित रहेको हुन्छ । यसले मानव संसाधनलाई केन्द्रविन्दुमा राखेर वैज्ञानिक व्यवस्थापनलाई जोड दिएको हुन्छ ।
२) Continuous Process: संगठन जिवित रहेसम्म मानव संसाधन व्यवस्थापन कार्य निरन्तर चलिरहने प्रक्रिया हो । मानसिहरु थोरै प्रयासबाट अधिक लाभको आशा गर्दछन । यसका लागि मानव संसाधन व्यवस्थापनले कर्मचारीहरुलाई निरन्तर उत्प्रेरणा प्रदान गर्दछ ।
३) System: मानव संसाधन व्यवस्थापनलाई एक समग्र प्रणालीको रुपमा व्याख्या गर्न सकिन्छ । यस अन्तरगत Input, process, output and Feedback चरणहरु पर्र्दछन । यो प्रणालीले वातावरणीय प्रभावसंग निरन्तर अन्तरक्रिया गर्दछ ।
४) Dynamic process: मानव संसाधन व्यवस्थापनले वातावरणीय प्रभावसंग अनुकुल हुने गरी योजना तथा निर्णय लिएर कार्यान्वयन गर्नुपर्दछ । एक पटक बनाएका योजना सधैका लागि उपयोगी हुन नसस्कने भएकाले परिस्थिति अनुसार परिवर्तन र परिमार्जन गर्दै जानु पर्दछ । त्यसैले] HRM एक गतिशील प्रक्रिया हो ।
५) Universal: मानव संसाधन व्यवस्थापन साना, ठूला, सरकारी, गैर सरकारी नाफामुलक तथा सेवामुलक आदि सवै किसिमका संगठनहरुमा विभिन्न किसिमका जनशक्तिहरुको आवश्यकता पर्ने भएकोले मानव संसाधन व्यवस्थापन कार्यले उक्त कार्य पुरा गर्दछ ।
6) Management Function: मानव संसाधन व्यवस्थापन एक व्यवस्थापन कार्य हो । किनकी यसले मानव संसाधन सम्वन्धि Planning, Organizing, decision making, controlling, supervising , motivating आदि कार्यहरु सम्पन्न गर्दछ ।
7) Strategic Function: मानव संसाधन व्यवस्थापनले रणनीतिक कार्य पनि गर्दछ । परिवर्तित वातावरणमा समाहित हुनको लागि मानव संसाधनको विकास, प्राप्ति, सदुपयोग र सम्भार जस्ता कार्यहरुको लागि यस व्यवस्थापनले रणनीतिक लक्ष्य लिने गर्दछ ।
८) Organizational Structure: संगठनको कार्य सम्पादन सरल, सहज र पारदर्शी बनाउन विभिन्न पदहरुको श्रखला तयार गरेर कार्य प्रकृतिको आधारमा संगठनात्मक संरचना तयार गर्ने कार्य मानव संसाधन व्यवस्थापनले गर्दछ ।
९) Complex Function: मानव संसाधन व्यवस्थापन कार्य एक जटिल प्रक्रिया हो । किनकी यो कार्य मानवीय मनोविज्ञान र व्यवहार संग सम्वन्धित छ । त्यसैले मानवीय व्यवहार, र मनोविज्ञानलाई बुझेर मात्र व्यवस्थापन कार्यलाई अगाडी बढाउनु पर्ने भएकोले यसलाई जटिल कार्यको रुपमा परिभााषित गरिएको हो ।
१०) Focus on Goal
0 Comments