Challenges of Human Resource Management in Nepali

  Challenges of Human Resource Management

1. Globalization:  आर्थिक क्रान्ति र प्रविधिको विकासले व्यवसायीक क्रियाकलापहरु विश्वव्यापी फैलिएका छन । विशेष गरेर वहुराष्ट्रिय कम्पनिहरु सिमा पारिका देशहरुमा शाखा र उप शाखाहरु खोलेर आफना् कारोवारहरुलाई वढाइरहेका छन । कारोवाहरुको विस्तारीकरणका लागि जनशक्तिहरुको आपुर्तिमा पनि त्यतिकै ध्यान दिइरहेका छन र संसारमा रहेका योग्य, दक्ष, सीप युक्त कर्मचारीहरुलाई आफु तिर आकर्षित गर्न सफल भएका छन । ठूला संगठनहरुका लागि यो अवसर भएता पनि विकाशोन्मुख मुलकहरुका लागि भने यो चुनौतिको विषय भइरहेको छ । स्वंय ठूला संगठनहरुमा कार्यरत जनशक्तिहरुमा विविधता रहेकाले मानव जनशक्तिहरुको व्यवस्थापन निकै चुनौतिपूर्ण देखिएको छ ।

2) Technology Changeसंगठनहरुका लागि प्रविधि महत्वूर्ण साधन हो । प्रविधिको सहयोगले आज संसारमा कहा के कस्तो भइरहेको छ भन्ने वारेमा तुरुन्तै थाहा पाउन सकिन्छ । उत्पादक तथा उपभोक्ताहरु सवैलाई प्रविधिले जागरुक गरेको छ । तर नया प्रविधिको आविस्कार र  तिव्र परिवर्तनले चुनौति पनि थपेको छ ।संगठनहरु प्रविधिमा निर्भर भइसकेकाले नया प्रविधिको आयात गर्नु अनिवार्य हुन्छ । अर्को तर्फ कार्य प्रक्रियामा भएको यान्त्रिकरणले वेरोजगारी पनि वढेको छ ।

3) Diversity in Work Forceविश्वव्यापीकरणले गर्दा आज संगठनमा विभिन्न संस्कृति, जात, धर्म, वर्ग, मूल्य मान्यता, धारणा, दृष्टिकोण र रुचि भएका मानिसहरुको सहभागिता रहेको छ । श्रम वजारमा विदेशी, महिला, जनजाति, पिछडिएका वर्गहरुले पनि स्थान बनाउन सफल भएका छन । यस प्रकार सवैलाई न्यायपूर्वक व्यवस्थापन गर्नु चुनौतिपूर्ण हुन्छ ।

4) Change Managementव्यवसायीक वातावरण परिवर्तनशील छ । परिवर्तित वातावरण अनुसार संगठनमा आवश्यक सुधार, परिमार्जन र नया परिस्थिति कायम गर्नु पर्दछ । परिवर्तनले मात्रै संगठनको भविश्य सुनिश्चत गर्न सक्दछ । तसर्थ परिवर्तनलाई आत्मसाथ गर्न आधुनिक योग्य, दक्ष र सीप युक्त मानव संसाधनहरुको आवश्यकता पर्दछ । संगठनका कार्यरत कर्मचारीहरुलाई परिवर्तनका लागि तयार बनाउनु आफैमा चुनौति हो ।

 5) Contingent Work Forceवढदो पुनसंरचना र संचार प्रविधिको विकासले कर्मचारीहरुलाई अस्थायी, करार, ज्यालादारी रुपमा नियुक्त गर्ने प्रचलन वढदै गएको छ । ठुला प्रकृतिका संगठनहरुले यस किसिमका कर्मचारीहरु प्राय सल्लाहकार र परामर्शदाताको रुपमा नियुक्त गर्दछन । तर यिनीहरु आफनो कार्यक्षेत्र भन्दा वाहि उत्तरदायि देखिदैनन । यसर्थ सांयोगिक कर्मचारीहरु संगठनका लागि चुनौतिको रुपमा देखापर्दै छन ।

6) Change in Legal Environment: कर्मचारीहरुको ज्ञान, सीप, दक्षता र अनुभवका कारणले उनीहरु विभिन्न किसिमका ऐन–कानूनहरु, नियमहरुप्रति सचेत भएका छन । जस्तै श्रम ऐन, वालवालिका सम्वन्धि ऐन, मानव अधिकार ऐन, महिला ऐन, आदि । यिनै कानूनहरुको सहयोगले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा मानव संसाधनहरुले हकहितका लागि दवाव श्रजना गरिरहेका हुन्छन जुन संगठनका लागि चुनौति हो ।

7) Complexityविश्वव्यापीकरणको प्रभावले गर्दा संगठनहरुको कार्य क्षेत्र, कार्य शैली, कार्य विधि र नियम कानूनहरुमा नया नया परिवर्तनहरु देखिरहेका छन । मानव संसाधनहरुका इच्छा, चाहना र आवश्यकताहरुमा पनि थुप्रै भिन्नताहरु छन । लगानीकर्ताहरुले पूँजीको लगानीमा वृद्धि गर्नुपर्ने आवश्यकता छ । फलस्वरुप मानव संसाधन व्यवस्थापलनका लागि यो विषय पनि चूनौति वन्दै गएको छ । संगठनका क्रियाकलापहरुको दायरा वढदै जानुले कर्मचारीहरुको संख्या, गुणस्तर, प्रतिवद्धता, गुणस्तरीय कार्य जीवन, प्रभावकारी वातावरण तयार गर्न कठिन भइरहेको छ ।

8) Flexibilityपरिवर्तनशीलताको गुणलाई लचकता भनिन्छ । संगठनलाई वदलिदो वातावरणमा समायोजन गर्नका निम्ति विभिन्न क्षेत्रहरुमा लचकता अपनाउनु पर्ने देखिन्छ । कार्यसमय, कामदारहरुको प्राप्ति, संगठन संरचना, बाह्य  श्रोतको प्रयोग आदि कार्यहरुमा लचकता आवश्यक हुन्छ । जुन कार्य मानव संसाधन व्यवस्थापनका लागि कठिन र चुनौतिपूर्ण छ ।

Post a Comment

0 Comments