राज्यमा शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्न विभिन्न कानूनहरु कार्यान्वयनमा रहेका हुन्छन । ति कानूनहरुको
अविभावक कानूनको रुपमा संविधान रहेको हुन्छ । संविधानले देशको शासन प्रणालीका आधारभूत नियमहरुको व्यवस्था
गरी देशको शासन व्यवस्थालाई संबृद्ध र समुन्नत बनाउन मूख्य आधारको काम गरेको हुन्छ । संविधानको महत्वलाई
देहाय बमोजिम बुदागत रुपमा उल्लेख गर्न सकिन्छः–
राज्यका प्रमुख अंगहरुबीच शक्ति र अधिकारको स्पष्ट रुपले बाँडफाँड गर्न,
शासकलाई निरंकुश हुनबाट जोगाउन,
सरकारलाई जनताप्रति उत्तरदायी बनाउन,
व्यक्तिको स्वतन्त्रता र मौलिक अधिकारको संरक्षण गनर्,
राज्यको प्रमुख दायित्व र नीतिको बारेमा सुसूचित गराउन,
स्वतन्त्र न्यायपालिकाको अवधारणालाई साकार पार्न,
लोककल्याणकारी व्यवस्थाको अभिबृद्धि गर्न,
सामाजिक न्याय र समानता कायम गर्न,
कानूनको शासन कायम गर्न,
राज्यलाई समृद्ध र सुसम्मत बनाउन ।
0 Comments