लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार (कार्यक्षेत्र) ( धारा २४३)

  1. निजामती सेवाका कर्मचारी नियुक्तिका लागि परिक्षा संचालन गर्ने

2. नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेना, अन्य संघीय सरकारी सेवा तथा संगठित संस्थाका कर्मचारी नियुक्तिका लागि लिखित परिक्षा संचालन गर्ने

3. परामर्श दिने

* नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका कर्मचारीहरुको बढुवा गर्दाअपनाउनुपर्ने सामान्य सिद्धान्तका विषयमा

* संगठित संस्थाका कर्मचारीहरुको सेवाका सर्त सम्बन्धी कानून, बढुवा र विभागिय कारवाही

गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्तका विषयमा

* संघीय निजामती सेवाको शर्त सम्बन्धी कानूनको विषयमा

* संघीय निजामती सेवा वा पदमा नियुक्ति, बढुवा र विभागीय कारबाही गर्दा अपनाउनु पर्ने

सिद्धान्तको विषयमा,

* संघीय निजामती सेवाको पदमा छ महीनाभन्दा बढी समयका लागि नियुक्ति गर्दा उम्मेदवारको

उपयुक्तताको विषयमा,

*संघीय निजामती सेवामा सरुवा वा बढुवा गर्दा उम्मेदवारको उपयुक्तताको विषयमा

*कुनै प्रदेशको निजामती सेवाको पदबाट संघीय निजामती सेवाको पदमा वा संघीय निजामती

सेवाको पदबाट प्रदेश निजामती सेवाको पदमा सेवा परिवर्तन वा स्थानान्तरण गर्दा

उम्मेदवारको उपयुक्तताको विषयमा,

* संघीय निजामती सेवाको कर्मचारीलाई दिइने विभागीय सजायको विषयमा ।

4आयोगले अध्यक्ष, कुनै सदस्य वा नेपाल सरकारको अधिकृत कर्मचारीलाई अधिकार प्रत्यायोजन गर्न

सक्ने ।


Post a Comment

0 Comments