बैंक जमानत भन्नाले बैंक तथा वित्तीय संस्था द्वारा जारी गरिएको एक प्रकारको प्रतिबद्धता पत्र हो जस्मा वित्तीय संस्थाले आफ्ना ग्राहकको तर्फबाट विश्वासनियता भंग गरेमा बैंक जमानत स्वीकार कर्ता Beneficiary लाई भुक्तानी गर्ने प्रतिबद्धता जनाइएको हुन्छ ।
बैंक वित्तीय संस्थाले गर्ने बैंक जमानत कारोवार वासलात वाहिरको कारोवार हो । जमानतमा दावी नपरे सम्म बैंकको नगद बाहिर नजाने हुदा कोषमा आधारित कर्जाको तुलनामा यो कम जोखिमयुक्त हुन्छ ।
बैंक जमानतका प्रकार (Types of Bank Gurantee )
1. बोलपत्र जमानत -Bid Bond or Tender Bond or Earnest Money Guarantee_
बोलकबोल प्रतिस्पर्धामा भाग लिन बोलपत्रसाथ पेश गर्न आवश्यक पर्ने जमानतलाई बोलपत्र जमानत भनिन्छ ।
2. कार्य सम्पादन जमानत -Performance Bond or Guarantee_
ठेक्काको बोलपत्र स्वीकृत भएपछि ठेकेदार द्धारा तोकिएको कार्य सम्पादन गर्नु अगाडि पेश गर्नुपर्ने जमानतलाई कार्य सम्पादन जमानत भनिन्छ । ठेक्का सम्झौता गरेर कार्य सम्पादन नगरेमा वा काम बीचैमा छोडेमा बेनिफिसियरीबाट क्षतिपूर्ति दाबी गर्नको लागि यस्तो जमानतको माग गरिन्छ ।
3. अग्रिम भुक्तानी वा पेश्की जमानत -Advance Payment Guarantee or Mobilization Guarantee_
ठेकेदार वा कामको जिम्मा लिने पक्षलाई कार्य सम्पादन गर्ने समयमा आवश्यक पर्ने नगद व्यवस्था गर्नका लागि वा पेश्की रकम उपलब्ध गराउनका लागि वा भविष्यमा कार्य सम्पादन गरी पछि पाउने रकम कार्य सम्पादन अगाडि नै उपलब्ध गराउनका लागि जारी गरिने जमानतलाई अग्रिम भुक्तानी वा पेश्की जमानत भनिन्छ ।
4. धरौटी जमानत -Deposit Guarantee_
कुनै कार्य गर्न वा कार्य गर्ने स्वीकृति लिनको लागि जम्मा गर्नुपर्ने नगद रकम वा बुझाउनुपर्ने धरौटी रकमको सट्टामा पेश गरिने जमानत नै धरौटी जमानत हो ।
5. वित्तीय जमानत -Financial Guarantee_
कुनै पनि बैंक वा वित्तीय संस्थाबाट कर्जा तथा अन्य बैंकिङ्ग सुविधा उपलब्ध गराउन अर्को बैंक वा वित्तीय
संस्थाले जारी गरेको जमानतलाई वित्तीय जमानत भनिन्छ ।
6. काउण्टर जमानत -Counter Guarantee_
Global Tender मा विदेशी ठेकेदारहरु वा आपूर्तिकर्ताहरु (सप्लायर्स) ले पनि बोलकबोल प्रतिस्पर्धामा भाग लिन जमानत आवश्यक पर्ने तर विदेशमा रहेको बैंकसम्म त्यस्ता ठेकेदारहरु वा सप्लायर्सको पहुँच नहुने र विदेशमा रहेको बैंकलाई उनीहरुको आर्थिक, सामाजिक तथा प्राविधिक हैसियत समेत थाहा नहुने हुनाले यस्तो जमानतको आवश्यकता पर्दछ ।
7. वण्डेड वेयर हाउस जमानत -Bonded Warehouse Guarantee_
कच्चा पदार्थ आयात गर्दा लाग्ने भन्सार दस्तुर वा अन्य शुल्क बापतको रकम बराबरको भन्सार कार्यालयको नाममा जारी गरिने जमानतलाई वण्डेड वेयर हाउस जमानत वा भन्सार जमानत -Custom Guarantee_ भनिन्छ ।
जमानत कारोवारमा संलग्न हुने पक्षहरु
१. अनुरोधकर्ता÷ग्राहक÷ठेकेदार कम्पनी÷सप्लायर÷ढुवानीकर्ता÷बोलपत्रदाता ।
२. जमानत जारी गर्ने बैंक ।
३. बेनिफिसियरी÷जमानतपत्र धनी÷रोजगारदाता÷खरिदकर्ता÷बोलपत्र आह्वानकर्ता । पक्षहरु
0 Comments