Personality

  Concept of Personality

सामान्यतया व्यक्तिको हाउभाउ, सुन्दरता, निपूर्णता, विद्वता, तिक्ष्ण दिमाग, प्रभावकारी वोली एवं व्यवहार आदिलाई व्यक्तित्व भन्ने गरिन्छ तर संगठनात्मक व्यवहारका सन्दर्भमा व्यक्तित्व गतिसिल अवधारणा हो । यसले व्यक्तिको सम्पूर्ण मनोवैज्ञानिक प्रणालीको वृद्धि तथा विकासलाई जनाउँछ । यस अर्थमा व्यक्तिको चरित्र, प्रवृत्ति र दृष्टिकोणको संगठित रुपलाई व्यक्तित्व भनिन्छ ।


व्यक्तित्व भनेको व्यक्तिको पूर्णता हो । यसले व्यक्तिको कुनै एउटा गुण वा विशेषताहरुलाई मात्र नहेरी समग्र व्यक्तिको मूल्याकन गर्दछ । व्यक्तित्व विकसित, गतिशील र लोचपूर्ण हुन्छ र यो वातावरणीय तत्वहरुबाट प्रभावित हुन्छ । यसर्थ व्यक्तिको व्यक्तित्व उसको वाह्य रुपरेखा, व्यवहार, आन्तरिक सचेतता, परिस्थिति संगको अन्तरक्रियासंग सम्वन्धित हुन्छ ।

According to Stephen P Robbins " Personality is the sum total of ways in which an individual reacts and interacts with others. व्यक्तित्थ्व एक व्यक्तिले अरुसंग प्रतिक्रिया तथा अन्तरक्रिया गर्ने तरिकाहरुको कुल योग हो ।

व्यक्तित्व एक प्रक्रिया हो जसमा व्यक्तिले आफनो मष्तिष्कमा पारेको छापलाई संगठित तथा व्याख्या गरेर वातावरणको अर्थ निकाल्छ । व्यक्तित्व वास्तवमा व्यक्ति भित्र रहेका गुणहरुको संयुक्त अभिव्यक्ति हो । यसले व्यक्तिको पूर्ण मानिसको अवधारणा प्रस्तुत गरेको हुन्छ । व्यक्तिको व्यक्तित्वको आधारमा उसको व्यवहारलाई बुझन वा पूर्वानुमान गर्न सकिन्छ ।

Personality Traits and Characteristics

मनिसहरुको व्यक्तित्वमा गरिएको अनुसन्धान अनुसार यसका विशेषताहरुका सम्वन्धमा एउटा नमुना विकास गरिएको छ । जसलाई Big Five Model भनिन्छ । उक्त नमुना भित्र निम्न पाँचवटा विशेषता वा गुणहरु समावेश हुन्छन ।

1. Extrovertion: -सक्रियता)ः व्यक्ति वढी वा कम सक्रिय हुनुले उसको व्यक्तित्व दर्शाउछ । वढी सक्रिय हुनसक्ने व्यक्तिले समूह संग सजिलै घुलमिल हुन सक्छ र सम्वन्ध कायम राख्दछ तर कम सक्रिय हुने व्यक्तिले सिजलै सम्वन्ध स्थापित गर्न सक्दैन । सक्रियताको आधारमा मानिस निम्न दुई प्रकारका हुन्न ।

a) Extroverts एक्स्ट्रभःट  (बहिर्मुखी_ व्यक्तिको अरुसंग अधिक सम्वन्ध राख्ने, चाडै घुलमिल हुने, सकरात्मक शोच राख्ने, र समूहमा वसेर काम गर्न मनपराउने आदि मानवीय गुणलाई वहिर्मुखी भनिन्छ । यस अन्तरगत मानिसहरुको मिलनसार, आत्मविश्वास, कुरौटेपन र सक्षम प्रस्तुति आदि गुणहरु पर्दछन ।

b) Introverts: अन्तरमुखि) व्यक्तिको अरुसंग सम्वन्ध स्थापित नगर्ने, एकान्त मनपराउने, कम वोल्ने, शालिन, लजालु आदि मानवीय गुणलाई अन्तरमुखि भनिन्छ । यस किसिमका मानिसहरु वाह्य वातावरण प्रति सचेत हुन्छन र समूहमा वसेर अन्तरक्रिया गर्न रुचाउँदैनन ।

2) Agreeableness अग्रीअव(अ)ल (सहमति  व्यक्तिको अर्को गुण वा विशेषता अरु संग एकरुपता, निकटता तथा सामजस्यता कायम गर्न सक्ने क्षमता हो । कुनै व्यक्ति वढी मिलनसार हुन्छन अरुलाई सहयोग गर्न तत्पर रहन्छन र अरुलाई तुरुन्त विश्वासमा लिने खुवी हुन्छ । यस्तो व्यक्तिमा सहमतिको गुण अधिक रहेको हुन्छन । तर कुनै व्यक्ति जिद्धि, विद्रोही, एकोहोरो, कडा स्वभाव, रिसाहा र कुरा नवुझने किसिमिका हुन्छन आफनै कुरा मात्र ठीक मान्ने र अरुको कुरा नसुन्ने गुण भएका हुन्छन । यस किसिमका व्यक्तिहरुमा सहमतिको गुण न्यून हुन्छन । 

3) Conscientious कनसिुएनशस (कर्तव्यनिष्ठता)ः व्यक्तिको जवाफदेहिता, विश्वसनियता र भरपर्दोपना संग सम्वन्धित गुणलाई कर्तव्यनिष्ठता भनिन्छ । यो व्यक्तिको होसियारीसंग सम्वन्धित विशेषता हो । वढी कर्तव्यनिष्ठ व्यक्तिहरु जिम्मेवार, संगठित  र दृढ हुन्छन । उनीहरु कसैको नियन्त्रण विना पनि इमान्दारीतापूर्वक आफनो उत्तरदायित्व वहन गर्दछन । तर  कम कर्तव्यनिष्ठ व्यक्तिहरु अविश्वसनीय, असंगठित र असहयोगी हुन्छन । यस किसिमका व्यक्तिहरु कडा नियन्त्रणबाट मात्र तह लगाउन सकिन्छ ।

4) Emotional Stability (आवेगात्मक स्थिरता)ः भावनात्मक तनाव सहन गर्न सक्ने व्यक्ति भित्रको गुणलाई आवेगात्मक स्थिरता भनिन्छ । कुनै व्यक्तिले तनावलाई सहज रुपमा लिने गर्दछन भने कसैले वोझरुपमा लिने गर्दछन । तनावलाई स्थिर राख्न सक्ने व्यक्तिहरु शान्त रहने, आवेग नियन्त्रण गर्ने, सामान्य महसुस गर्ने, आन्नद र सुरक्षित महसुस गर्ने किसिमका हुन्छन । तर यसको विपरित आवेगात्मक स्थिरता न्यून भएका व्यक्तिहरु अशान्त र चञ्चल रहने, समस्याबाट टाढा भाग्ने, तुरुन्त रिसाउने, उदासिन रहने, वितृष्णा र असुरक्षित महसुस गर्ने किसिमका हुन्छन ।

5) Openness to Experience (अनुभवमा खुलापन)ः व्यक्ति भित्र विद्यमान यस किसिको गुणले उनीहरुको नया कार्य प्रतिको रुची, विश्वास र आकर्षणलाई जनाउँछ । कुनै व्यक्तिमा खुलापनको मात्रा वढी हुन्छ । यस किसिमका मानिसहरु सिर्जनशील, संवेदनशील, लोचदार, कल्पनाशील र उत्सुक हुन्छन । यसको विपरित कम खुलापन भएका मानिसहरु अल्छी, नकारात्मक भावना भएका, परम्परावादी, परिवर्तनलाई स्वीकार नगर्ने किसिमका हुन्छन ।

  Determinants of Personality JolQmTj lgwf{/s tTjx?

एउटा व्यक्तिले गर्ने क्रियाकलाप र उसको प्रतिक्रियाको कुल योगलाई व्यक्तित्व भनिन्छ । व्यक्ति पिच्छे व्यक्तित्व फरक फरक हुन्छन । व्यक्तिको व्यक्तित्वलाई प्रभाव पार्ने केही तत्वहरु हुन्छन जसलाई व्यक्तित्वका निर्धारक तत्वहरु भनिन्छ । उक्त तत्वहरुलाई निम्नानुसार विश्लेषण गरिएको छ ।  

1. Heredity Factors: आमावावुका विशेषताहरु तथा गुणहरु छोराछोरीहरुमा स्थानान्तरण हुनुलाई वंशानुगत गुण भनिन्छ । हरेक व्यक्तिमा शारीरिक तथा मनोवैज्ञानिक स्वभावहरु वंशानुगत रुपमा देखा पर्न सक्दछन । जस्तै शारीरिक बनोट, वोलाई, हिडाई, हंसाई, आक्रमकता, तिक्ष्ण दिमाग आदि स्वभावहरु वंशानुगत रुपमा आउन सक्दछन । उक्त वंशानुगत तत्वहरुले मानिसको व्यक्तित्वमा महत्वपूर्ण भूमिका खेल्दछन । व्यक्तित्व जन्मजात रुपमा तयार हुदैन तर पनि यसको विकासमा वंशानुगत गुणहरुको भूमिका महत्वपूर्ण हुन्छ । करिव पचास प्रतिशत व्यक्तित्वका गुणहरु वंशाणुबाट प्राप्त भएको अनुसन्धानबाट प्राप्त भएको छ ।

2. Socio-cultural Factors: समाजमा विद्यमान सामाजिक तथा सांस्कृतिक तत्वहरुले पनि मानिसको व्यक्तित्व निर्धारण गर्दछन । सभ्य, सकारात्मक, सर्वमान्य सामाजिक सांस्कृतिक तत्वहरुले व्यक्तित्व विकासमा सकारात्मक भूमिका निर्वाह गर्दछन भने गलत प्रवृत्तिका रुढावादी, परम्परा, मूल्य, मान्यता एवं विचारहरुले व्यक्तितवको विकासमा नकारात्मक शोचको विकास गर्दछन । जस्तै एउट अमेरिकनले स्वतन्त्ररुपमा प्रतिस्पर्धात्मक शोचका साथ कार्य गर्ने रुची राख्दछ भने जापानीहरु समूहमा मिलेर कार्य गर्न अग्रसर हुन्छन । यो सवै सामाजिक सांस्कृतिक वातावरणको उपज हो ।

3) Situational Factorsमानवीय जीवनमा देखापर्ने विभिन्न्न किसिमका परिस्थितिहरुले पनि उनीहरुको व्यक्तित्व निर्धारणमा प्रभाव पार्दछन । उचित कार्यवातावरण, उपयुक्त आर्थिक सुविधाहरु, प्रयाप्त यन्त्र उपकरणहरु, असल सहकर्मी, वृत्ति विकासको अवसर, तालिम तथा विकासको अवसर, चुनौतिपूर्ण कार्यहरुमा सहभागिता, सुरक्षाको प्रत्याभुति, अधिकार तथा जिम्मेवारीमा थप आदि परिस्थितिहरुले व्यक्तिको व्यक्तित्व निर्धारणमा सकारात्मक भूमिका निर्वाह गर्दछन ।


 

 

Linking an Individual of Personality and Values to the Workplace  व्यक्तिको व्यक्तित्व तथा मूल्य कार्यस्थलसंग आवद्धता


हरेक व्यक्तिको जीवन र कार्यस्थलमा उसको व्यक्तित्व र मूल्यको महत्वपूर्ण भूमिका रहेको हुन्छ । असल व्यक्तित्व र मूल्यले कर्मचारीहरुको निपूर्णता र कटिवद्धतालाई वृद्धि गर्दछ । तसर्थ संगठनका कार्यहरु संग व्यक्तिको व्यक्तित्व र मूल्यका वीच उत्कृष्ट मिलान हुनु पर्दछ । त्यसैले यहाँ व्यक्तित्व कार्य मिलान र र व्यक्तित्व संगठन मिलानका वारेमा चर्चा गरिएको छ ।

1.Personality – Job Fit (व्यक्तित्व–काम मिलान)ः कार्यस्थल संग व्यक्तिगत व्यक्तित्व र मूल्यको सम्वन्ध कायम राखने सन्दर्भमा कर्मचारीहरुको व्यक्तित्व र कार्यका वीच मिलान गर्नुपर्ने हुन्छ । संगठन भित्र धेरैप्रकारका व्यक्तित्वहरु ह्ुन्छन जस्तै वास्तविक, अनुसन्धान, सामाजिक, परम्परागत, उद्यमशीलता र कलात्मक आदि । सामान्यतया वास्तविक व्यक्तित्व भएका व्यक्तिहरु वढी स्थिर हुन्छन । त्यसैले उनीहरुलाई मेकानिक्सको काम दिनु उपयुक्त हुन्छ । अनुसन्धनात्मक व्यक्तित्व भएका व्यक्तिहरु विश्लेषणात्मक हुन्छन त्यसैले उनीहरुलाई अनुसन्धान तथा विकास सम्वन्धि कार्य दिनु पर्दछ । यसैगरी परम्परागत व्यक्तित्व भएका कर्मचारीहरु वढी कठोर प्रकृतिका हुने भएकाले उनीहरुलाई लेखापरिक्षणको कार्य दिनु पर्दछ । वास्तमा व्यक्तित्व अनुसारको कार्य दिन सक्नु नै व्यक्तित्व काम मिलान हो । व्यक्तित्व तथा काम मिलान गर्ने सन्दर्भमा John Holland को व्यक्तित्व कार्य योग्यता सिद्धान्त वढी प्रभावकारी मानिन्छ ।

2. Personality – Organization Fit कार्यस्थल संग व्यक्तिगत व्यक्तित्व र मूल्यको सम्वन्ध कायम राखने सन्दर्भमा व्यक्तिको रुपमा कर्मचारी र संगठनका वीच मिलान गर्ने कुरामा पनि विचार पुरयाउनु पर्दछ किनभने हरेक संगठनको आफनै किसिमको कार्य प्रकृति र विशेषताहरु हुन्छन । सोही प्रकृितसंग सहज मिलान हुने वा अभिरुची मिल्ने कर्मचारीको छनौट गर्नुपर्दछ । वातावरणीय परिवर्तन अनुसार कार्य व्यवहारमा परिवर्तन ल्याउन सक्ने समूहमा कार्य गर्न सक्ने व्यक्तिलाई वढी प्राथमिकता दिइन्छ ।

Major Personality Attributes Influencing OB

संगठनात्मक व्यवहारलाई प्रभाव पार्ने प्रमुख व्यक्तित्व सम्वन्धि विशेषताहरु


संगठनमा कार्यरत कर्मचारीहरुका आ–आफनै किसिमका व्यक्तिगत गुणहरु हुन्छन । उक्त गुणहरुको आधारमा नै उनीहरुको पहिचान तथा विशिष्टता वनेको हुन्छ । व्यक्तिका यिनै व्यक्तित्व सम्वन्धि गुणहरुले कार्य स्थलमा कार्य व्यवहारलाई प्रभाव पारिरहेका हुन्छन । संगठनात्मक व्यवहारलाई प्रभाव पार्ने त्यस्ता व्यक्तित्व सम्वन्धि विशेषताहरु निम्नानुसार विश्लेषण गरिएको छ ।

1.Locus of Control: (नियन्त्रण केन्द) ः नियन्त्रण केन्द्र मानिसमा विद्यमान त्यस्तो गुण हो जहाँ व्यक्तिले आफुलाई एक विश्वासको घेरा भित्र राखेर हेर्दछ । अर्थात कसैले भाग्यमा विश्वास राख्दछ भने कसैले कर्ममा विश्वास राख्दछ । यो गुणको आधारमा मानिसलाई आन्तरिक नियन्त्रण र वाह्य नियन्त्रण गरेर दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ । आन्तरिक नियन्त्रणमुखी मानिसहरु कार्य सम्पादनमा पूर्ण विश्वास गर्दछन अर्थात कर्म, योग्यता र प्रयत्नका आधारमा सफल हुन्छ भनि विश्वास गर्दछन तर वाह्य नियन्त्रणमुखी मानिसहरु कार्य सम्पादनमा भाग्यलाई आधार बनाउँछन अर्थात वाह्य पक्षले नियन्त्रण गर्दछ भन्ने विश्वास राख्दछन । 

2) Self Esteem (आत्म सम्मान÷स्व–सम्मान)ः कुनै पनि व्यक्तिले आफैलाई आदर गर्ने प्रवृत्तिलाई स्व–सम्मान भनिन्छ । व्यक्तिको यो गुण उसले आफुलाई मन पराउने वा मन नपराउने अर्थात आफनो महत्व एवं योग्यता प्रतिको विश्वासलाई जनाउँछ । सामान्यतया व्यक्तिहरु उच्च आत्म सम्मान र न्यून आत्म सम्मान भएका हुन्छन । उच्च आत्म सम्मान भएका व्यक्तिहरु वढी क्षमतावान, उत्साही, परिश्रमी, जोखिम वहन गर्न सक्ने, चुनौतिक कार्यमा सहभागि हुने गुणका हुन्छन । सफलता हासिल गर्नको लागि योग्यता, अनुभव, क्षमता  र कडा परिश्रममा विश्वास गर्दछन । तर न्यून आत्म सम्मान भएका व्यक्तिहरु चाकरी, चाप्लुसी गरेर अरुलाई खुशी पार्ने विशेषताका हुन्छन । उनीहरुमा आत्म विश्वासको कमी हुन्छ  चुनौतिपूर्ण कार्य तथा जिम्मेवारी वहन गर्न रुचाउँदैनन तर माथिल्लो पदमा जाने अभिलासा तीव्र रुपमा राख्दछन । उनीहरु अरुको निर्देशनको पालना गर्न मन पराउँछन ।

3) Machiavellianism मायकिअभेलिअनिजअम (चातुर्यवाद) ः व्यक्तिले प्रयाप्त अधिकार वा शक्ति लिन सक्ने र अरुमाथि आधिपत्य वा नियन्त्रण गर्न सक्ने गुणलाई चातुर्यवाद भनिन्छ । यस किसिमका व्यक्तिहरुमा उच्च आत्मविश्वास र स्वसम्मान रहेको हुन्छ । चातुर्यवादको आधारमा मानिसहरु उच्च चार्तुय र न्यून चातुर्य गरी दुई किसिमका हुन्छन । उच्च चातुर्यता गुण भएका व्यक्तिहरु तर्कशास्त्री हुन्छन । तर्क तथा तथ्य संगत कुरा गरेर अरुलाई विश्वासमा लिन उनीहरु सिपालु हुन्छन । निजी स्वार्थका लागि अरुलाई प्रयोग गर्न यिनीहरु पछाडी पर्दैनन । यिनीहरु वढी विवेकी हुन्छन तर कम भावनात्मक हुन्छन । अर्को तर्फ न्यून चातुर्यता गुण भएका व्यक्तिहरु धुर्तत्याई गर्न सक्दैनन । उनीहरुमा अधिकार र शक्तिमोह हुदैन । निष्ठा र मित्रतालाई सही रुपमा लिन्छन । संगठनको सफलतालाई आफनै सफलता ठान्दछन ।

4) Self Monitoringस् (स्वय अनुगमन)ः व्यक्तिले आफना क्रियाकलापहरु, व्यवहारहरु, गतिविधिहरुको आफैले अनुगमन तथा मूल्यांकन गर्नुलाई स्वय अनुगमन भनिन्छ । व्यक्तिको यो गुण वाह्य वातावरणीय वा परिस्थितिमुलक तत्वहरु संग व्यवहार समायोजन गर्न सक्ने क्षमतासंग सम्वन्धित छ । त्यसैले स्वयं अनुगमन गरेर आफुलाई परिस्थित अनुसार परिवर्तन गर्न सक्नु पर्दछ । स्वय अनुगमनको आधारमा व्यक्तिको व्यक्तित्व उच्च स्व–अनुगमन र न्यून स्व–अनुगमन गरेर दुई किसिमका हुन्छन । उच्च स्वअनुगमन व्यक्तित्व भएका व्यक्तिहरु संगठन, सहकर्मी, व्यवस्थापक, सुपरिवेक्षक संग सजिलै घुलमिल हुनसक्दछ । उनीहरु जस्तोसुक्कै वातावरणमा पनि सजिलै समायोजन हुन सक्ने क्षमता राख्दछन । तर न्यून स्व अनुगमनको व्यक्तित्व भएका व्यक्तिहरु वढी अन्तरमुर्खी र परम्परावादी शोचका हुन्छन । उनीहरु परिवर्तनलाई सजिलै स्वीकार गर्दैनन र गतिशील वातावरणमा समायोजन हुन सक्दैनन । 

5) Self Confidence (आत्म विश्वास)ः व्यक्ति भित्र विद्यमान उच्च इच्छा शक्ति जसले नया कार्य गर्न र लक्ष्य प्राप्त गर्नमा उत्प्रेरित गर्दछ त्यसलाई आत्म विश्वास भनिन्छ । आत्मविश्वासको गुणले व्यक्तिलाई जटिल र चुनौतिपूर्ण कार्य गर्न आत्मवल श्रजना गर्दछ । आत्म विश्वास गुणको आधारमा व्यक्तिको व्यक्तित्व उच्च आत्मवल र न्यून आत्मवल गरी दुई किसिमका हुन्छन । उच्च आत्मवल भएका व्यक्तिहरुको कार्य क्षमता, योग्यता, सीप, सक्षमता र उत्प्रेरणा अधिक हुन्छ । उनीहरु लगनशील भई कार्यमा संलग्न रहने भएकाले उत्कृष्ट कार्य सम्पादन गर्दछन । तर न्यून आत्मवल भएका व्यक्तिहरुमा इच्छा शक्तिको अभाव हुन्छ । उनीहरुमा नकारात्मक शोच र उदाशीनताको भावना अधिक हुन्छ । कार्य गर्न सक्छु वा सक्दैन भन्ने उनीहरुमा दुविधा हुन्छ ।

6) Risk Propensity जोखिम प्रवृत्तिः व्यक्तिको जोखिम वहन गर्न सक्ने क्षमता वा व्यवहारलाई जोखिम प्रवृत्ति भनिन्छ । व्यक्ति अनुसार जोखिम वहन गर्न सक्ने क्षमता फरक फकर हुन्छ । कुनै व्यक्तिले जोखिम वहन गर्न अधिक रुची राख्दछन भने कुनै व्यक्ति जोखिम भन्ने वित्तिकै हतोत्साहित हुन्छन । जोखिम वहन गर्न सक्ने व्यक्तित्वको आधारमा उच्च जोखिम वहनकर्ता र न्यून जोखिम वहनकर्ता गरी दुई किसिमले वर्गीकरण गरिन्छ । उच्च जोखिम वहनकर्ता ज्ष्नज चष्कप जष्नज उचयाष्त भन्ने सिद्धान्तमा विश्वास राख्दछन । उनीहरु थारै सूचनाबाट शीघ्र निर्णय लिन्छन र चुनौतिको सामना गर्न रुची राख्दछन । तर न्यून जोखिम वहनकर्ताहरु सकेसम्म कार्यलाई पन्छाउन चाहन्छन । यिनी परिवर्तनलाई स्वीकार गर्दैनन र स्थिर वातावरणमा रहेर काम गर्दछन । संगठनलाई नया गति दिन रुची राख्दैनन ।

7) Personality Types: -व्यक्तित्व प्रकार)ः मानिसको व्यक्तित्वको प्रकारले संगठनात्मक व्यवहारमा प्रभाव पार्दछ । व्यक्तित्व प्रकारका आधारमा मानिसका समग्र गुणहरुलाई Type A र Type B गरी दुई किसिमले वर्गीकरण गरिन्छ । Type A व्यीक्तव भएका मानिसहरु छिटो हिँडने, खाने, चल्ने, एकै समयमा दुईभन्दा वढी कार्य गर्ने प्रयास गर्ने, मेहनतका साथ काम गर्ने, धैर्यशील, प्रतिस्पर्धी र क्षमतावान हुन्छन । अर्को तर्फ Type B व्यीक्तव भएका मानिसहरु स्वतन्त्र, फुर्सदप्रेमि हुन्छन । उनीहरु समयको पावन्दीमा बस्न रुचाउँदैनन र खुशी एवं आनन्दको चाहना राख्दछन । प्रतिस्पर्धा र जोखिमबाट बाच्न चाहन्छन र कम वोल्ने स्वभावका हुन्छन ।

Chapter -4

Personality

4.1. Concept of Personality

सामान्यतया व्यक्तिको हाउभाउ, सुन्दरता, निपूर्णता, विद्वता, तिक्ष्ण दिमाग, प्रभावकारी वोली एवं व्यवहार आदिलाई व्यक्तित्व भन्ने गरिन्छ तर संगठनात्मक व्यवहारका सन्दर्भमा व्यक्तित्व गतिसिल अवधारणा हो । यसले व्यक्तिको सम्पूर्ण मनोवैज्ञानिक प्रणालीको वृद्धि तथा विकासलाई जनाउँछ । यस अर्थमा व्यक्तिको चरित्र, प्रवृत्ति र दृष्टिकोणको संगठित रुपलाई व्यक्तित्व भनिन्छ ।


व्यक्तित्व भनेको व्यक्तिको पूर्णता हो । यसले व्यक्तिको कुनै एउटा गुण वा विशेषताहरुलाई मात्र नहेरी समग्र व्यक्तिको मूल्याकन गर्दछ । व्यक्तित्व विकसित, गतिशील र लोचपूर्ण हुन्छ र यो वातावरणीय तत्वहरुबाट प्रभावित हुन्छ । यसर्थ व्यक्तिको व्यक्तित्व उसको वाह्य रुपरेखा, व्यवहार, आन्तरिक सचेतता, परिस्थिति संगको अन्तरक्रियासंग सम्वन्धित हुन्छ ।

According to Stephen P Robbins " Personality is the sum total of ways in which an individual reacts and interacts with others. व्यक्तित्थ्व एक व्यक्तिले अरुसंग प्रतिक्रिया तथा अन्तरक्रिया गर्ने तरिकाहरुको कुल योग हो ।


व्यक्तित्व एक प्रक्रिया हो जसमा व्यक्तिले आफनो मष्तिष्कमा पारेको छापलाई संगठित तथा व्याख्या गरेर वातावरणको अर्थ निकाल्छ । व्यक्तित्व वास्तवमा व्यक्ति भित्र रहेका गुणहरुको संयुक्त अभिव्यक्ति हो । यसले व्यक्तिको पूर्ण मानिसको अवधारणा प्रस्तुत गरेको हुन्छ । व्यक्तिको व्यक्तित्वको आधारमा उसको व्यवहारलाई बुझन वा पूर्वानुमान गर्न सकिन्छ ।

4.2. Personality Traits and Characteristics

मनिसहरुको व्यक्तित्वमा गरिएको अनुसन्धान अनुसार यसका विशेषताहरुका सम्वन्धमा एउटा नमुना विकास गरिएको छ । जसलाई Big Five Model भनिन्छ । उक्त नमुना भित्र निम्न पाँचवटा विशेषता वा गुणहरु समावेश हुन्छन ।

1. Extrovertion: (सक्रियता)ः व्यक्ति वढी वा कम सक्रिय हुनुले उसको व्यक्तित्व दर्शाउछ । वढी सक्रिय हुनसक्ने व्यक्तिले समूह संग सजिलै घुलमिल हुन सक्छ र सम्वन्ध कायम राख्दछ तर कम सक्रिय हुने व्यक्तिले सिजलै सम्वन्ध स्थापित गर्न सक्दैन । सक्रियताको आधारमा मानिस निम्न दुई प्रकारका हुन्न ।

a) Extroverts एक्स्ट्रभःट (बहिर्मुखी) ः व्यक्तिको अरुसंग अधिक सम्वन्ध राख्ने, चाडै घुलमिल हुने, सकरात्मक शोच राख्ने, र समूहमा वसेर काम गर्न मनपराउने आदि मानवीय गुणलाई वहिर्मुखी भनिन्छ । यस अन्तरगत मानिसहरुको मिलनसार, आत्मविश्वास, कुरौटेपन र सक्षम प्रस्तुति आदि गुणहरु पर्दछन ।

b) Introverts: अन्तरमुखि)ः व्यक्तिको अरुसंग सम्वन्ध स्थापित नगर्ने, एकान्त मनपराउने, कम वोल्ने, शालिन, लजालु आदि मानवीय गुणलाई अन्तरमुखि भनिन्छ । यस किसिमका मानिसहरु वाह्य वातावरण प्रति सचेत हुन्छन र समूहमा वसेर अन्तरक्रिया गर्न रुचाउँदैनन ।

2) Agreeableness अग्रीअव(अ)ल (सहमति)ः व्यक्तिको अर्को गुण वा विशेषता अरु संग एकरुपता, निकटता तथा सामजस्यता कायम गर्न सक्ने क्षमता हो । कुनै व्यक्ति वढी मिलनसार हुन्छन अरुलाई सहयोग गर्न तत्पर रहन्छन र अरुलाई तुरुन्त विश्वासमा लिने खुवी हुन्छ । यस्तो व्यक्तिमा सहमतिको गुण अधिक रहेको हुन्छन । तर कुनै व्यक्ति जिद्धि, विद्रोही, एकोहोरो, कडा स्वभाव, रिसाहा र कुरा नवुझने किसिमिका हुन्छन आफनै कुरा मात्र ठीक मान्ने र अरुको कुरा नसुन्ने गुण भएका हुन्छन । यस किसिमका व्यक्तिहरुमा सहमतिको गुण न्यून हुन्छन । 

3) Conscientious कनसिुएनशस (कर्तव्यनिष्ठता)ः व्यक्तिको जवाफदेहिता, विश्वसनियता र भरपर्दोपना संग सम्वन्धित गुणलाई कर्तव्यनिष्ठता भनिन्छ । यो व्यक्तिको होसियारीसंग सम्वन्धित विशेषता हो । वढी कर्तव्यनिष्ठ व्यक्तिहरु जिम्मेवार, संगठित  र दृढ हुन्छन । उनीहरु कसैको नियन्त्रण विना पनि इमान्दारीतापूर्वक आफनो उत्तरदायित्व वहन गर्दछन । तर  कम कर्तव्यनिष्ठ व्यक्तिहरु अविश्वसनीय, असंगठित र असहयोगी हुन्छन । यस किसिमका व्यक्तिहरु कडा नियन्त्रणबाट मात्र तह लगाउन सकिन्छ ।

4) Emotional Stability (आवेगात्मक स्थिरता)ः भावनात्मक तनाव सहन गर्न सक्ने व्यक्ति भित्रको गुणलाई आवेगात्मक स्थिरता भनिन्छ । कुनै व्यक्तिले तनावलाई सहज रुपमा लिने गर्दछन भने कसैले वोझरुपमा लिने गर्दछन । तनावलाई स्थिर राख्न सक्ने व्यक्तिहरु शान्त रहने, आवेग नियन्त्रण गर्ने, सामान्य महसुस गर्ने, आन्नद र सुरक्षित महसुस गर्ने किसिमका हुन्छन । तर यसको विपरित आवेगात्मक स्थिरता न्यून भएका व्यक्तिहरु अशान्त र चञ्चल रहने, समस्याबाट टाढा भाग्ने, तुरुन्त रिसाउने, उदासिन रहने, वितृष्णा र असुरक्षित महसुस गर्ने किसिमका हुन्छन ।

5) Openness to Experience (अनुभवमा खुलापन)ः व्यक्ति भित्र विद्यमान यस किसिको गुणले उनीहरुको नया कार्य प्रतिको रुची, विश्वास र आकर्षणलाई जनाउँछ । कुनै व्यक्तिमा खुलापनको मात्रा वढी हुन्छ । यस किसिमका मानिसहरु सिर्जनशील, संवेदनशील, लोचदार, कल्पनाशील र उत्सुक हुन्छन । यसको विपरित कम खुलापन भएका मानिसहरु अल्छी, नकारात्मक भावना भएका, परम्परावादी, परिवर्तनलाई स्वीकार नगर्ने किसिमका हुन्छन ।

 4.3. Determinants of Personality व्यक्तित्व निर्धारक तत्वहरु


एउटा व्यक्तिले गर्ने क्रियाकलाप र उसको प्रतिक्रियाको कुल योगलाई व्यक्तित्व भनिन्छ । व्यक्ति पिच्छे व्यक्तित्व फरक फरक हुन्छन । व्यक्तिको व्यक्तित्वलाई प्रभाव पार्ने केही तत्वहरु हुन्छन जसलाई व्यक्तित्वका निर्धारक तत्वहरु भनिन्छ । उक्त तत्वहरुलाई निम्नानुसार विश्लेषण गरिएको छ ।  

1. Heredity Factors: आमावावुका विशेषताहरु तथा गुणहरु छोराछोरीहरुमा स्थानान्तरण हुनुलाई वंशानुगत गुण भनिन्छ । हरेक व्यक्तिमा शारीरिक तथा मनोवैज्ञानिक स्वभावहरु वंशानुगत रुपमा देखा पर्न सक्दछन । जस्तै शारीरिक बनोट, वोलाई, हिडाई, हंसाई, आक्रमकता, तिक्ष्ण दिमाग आदि स्वभावहरु वंशानुगत रुपमा आउन सक्दछन । उक्त वंशानुगत तत्वहरुले मानिसको व्यक्तित्वमा महत्वपूर्ण भूमिका खेल्दछन । व्यक्तित्व जन्मजात रुपमा तयार हुदैन तर पनि यसको विकासमा वंशानुगत गुणहरुको भूमिका महत्वपूर्ण हुन्छ । करिव पचास प्रतिशत व्यक्तित्वका गुणहरु वंशाणुबाट प्राप्त भएको अनुसन्धानबाट प्राप्त भएको छ ।

2. Socio-cultural Factors: समाजमा विद्यमान सामाजिक तथा सांस्कृतिक तत्वहरुले पनि मानिसको व्यक्तित्व निर्धारण गर्दछन । सभ्य, सकारात्मक, सर्वमान्य सामाजिक सांस्कृतिक तत्वहरुले व्यक्तित्व विकासमा सकारात्मक भूमिका निर्वाह गर्दछन भने गलत प्रवृत्तिका रुढावादी, परम्परा, मूल्य, मान्यता एवं विचारहरुले व्यक्तितवको विकासमा नकारात्मक शोचको विकास गर्दछन । जस्तै एउट अमेरिकनले स्वतन्त्ररुपमा प्रतिस्पर्धात्मक शोचका साथ कार्य गर्ने रुची राख्दछ भने जापानीहरु समूहमा मिलेर कार्य गर्न अग्रसर हुन्छन । यो सवै सामाजिक सांस्कृतिक वातावरणको उपज हो ।

3) Situational Factorsमानवीय जीवनमा देखापर्ने विभिन्न्न किसिमका परिस्थितिहरुले पनि उनीहरुको व्यक्तित्व निर्धारणमा प्रभाव पार्दछन । उचित कार्यवातावरण, उपयुक्त आर्थिक सुविधाहरु, प्रयाप्त यन्त्र उपकरणहरु, असल सहकर्मी, वृत्ति विकासको अवसर, तालिम तथा विकासको अवसर, चुनौतिपूर्ण कार्यहरुमा सहभागिता, सुरक्षाको प्रत्याभुति, अधिकार तथा जिम्मेवारीमा थप आदि परिस्थितिहरुले व्यक्तिको व्यक्तित्व निर्धारणमा सकारात्मक भूमिका निर्वाह गर्दछन ।


 


 

4.3. Linking an Individual of Personality and Values to the Workplace  व्यक्तिको व्यक्तित्व तथा मूल्य कार्यस्थलसंग आवद्धता

हरेक व्यक्तिको जीवन र कार्यस्थलमा उसको व्यक्तित्व र मूल्यको महत्वपूर्ण भूमिका रहेको हुन्छ । असल व्यक्तित्व र मूल्यले कर्मचारीहरुको निपूर्णता र कटिवद्धतालाई वृद्धि गर्दछ । तसर्थ संगठनका कार्यहरु संग व्यक्तिको व्यक्तित्व र मूल्यका वीच उत्कृष्ट मिलान हुनु पर्दछ । त्यसैले यहाँ व्यक्तित्व कार्य मिलान र र व्यक्तित्व संगठन मिलानका वारेमा चर्चा गरिएको छ ।

1.Personality – Job Fit (व्यक्तित्व–काम मिलान)ः कार्यस्थल संग व्यक्तिगत व्यक्तित्व र मूल्यको सम्वन्ध कायम राखने सन्दर्भमा कर्मचारीहरुको व्यक्तित्व र कार्यका वीच मिलान गर्नुपर्ने हुन्छ । संगठन भित्र धेरैप्रकारका व्यक्तित्वहरु ह्ुन्छन जस्तै वास्तविक, अनुसन्धान, सामाजिक, परम्परागत, उद्यमशीलता र कलात्मक आदि । सामान्यतया वास्तविक व्यक्तित्व भएका व्यक्तिहरु वढी स्थिर हुन्छन । त्यसैले उनीहरुलाई मेकानिक्सको काम दिनु उपयुक्त हुन्छ । अनुसन्धनात्मक व्यक्तित्व भएका व्यक्तिहरु विश्लेषणात्मक हुन्छन त्यसैले उनीहरुलाई अनुसन्धान तथा विकास सम्वन्धि कार्य दिनु पर्दछ । यसैगरी परम्परागत व्यक्तित्व भएका कर्मचारीहरु वढी कठोर प्रकृतिका हुने भएकाले उनीहरुलाई लेखापरिक्षणको कार्य दिनु पर्दछ । वास्तमा व्यक्तित्व अनुसारको कार्य दिन सक्नु नै व्यक्तित्व काम मिलान हो । व्यक्तित्व तथा काम मिलान गर्ने सन्दर्भमा John Holland को व्यक्तित्व कार्य योग्यता सिद्धान्त वढी प्रभावकारी मानिन्छ ।

2. Personality – Organization Fit कार्यस्थल संग व्यक्तिगत व्यक्तित्व र मूल्यको सम्वन्ध कायम राखने सन्दर्भमा व्यक्तिको रुपमा कर्मचारी र संगठनका वीच मिलान गर्ने कुरामा पनि विचार पुरयाउनु पर्दछ किनभने हरेक संगठनको आफनै किसिमको कार्य प्रकृति र विशेषताहरु हुन्छन । सोही प्रकृितसंग सहज मिलान हुने वा अभिरुची मिल्ने कर्मचारीको छनौट गर्नुपर्दछ । वातावरणीय परिवर्तन अनुसार कार्य व्यवहारमा परिवर्तन ल्याउन सक्ने समूहमा कार्य गर्न सक्ने व्यक्तिलाई वढी प्राथमिकता दिइन्छ ।

4.4. Major Personality Attributes Influencing OB

संगठनात्मक व्यवहारलाई प्रभाव पार्ने प्रमुख व्यक्तित्व सम्वन्धि विशेषताहरु


संगठनमा कार्यरत कर्मचारीहरुका आ–आफनै किसिमका व्यक्तिगत गुणहरु हुन्छन । उक्त गुणहरुको आधारमा नै उनीहरुको पहिचान तथा विशिष्टता वनेको हुन्छ । व्यक्तिका यिनै व्यक्तित्व सम्वन्धि गुणहरुले कार्य स्थलमा कार्य व्यवहारलाई प्रभाव पारिरहेका हुन्छन । संगठनात्मक व्यवहारलाई प्रभाव पार्ने त्यस्ता व्यक्तित्व सम्वन्धि विशेषताहरु निम्नानुसार विश्लेषण गरिएको छ ।

1.Locus of Control: (नियन्त्रण केन्द) ः नियन्त्रण केन्द्र मानिसमा विद्यमान त्यस्तो गुण हो जहाँ व्यक्तिले आफुलाई एक विश्वासको घेरा भित्र राखेर हेर्दछ । अर्थात कसैले भाग्यमा विश्वास राख्दछ भने कसैले कर्ममा विश्वास राख्दछ । यो गुणको आधारमा मानिसलाई आन्तरिक नियन्त्रण र वाह्य नियन्त्रण गरेर दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ । आन्तरिक नियन्त्रणमुखी मानिसहरु कार्य सम्पादनमा पूर्ण विश्वास गर्दछन अर्थात कर्म, योग्यता र प्रयत्नका आधारमा सफल हुन्छ भनि विश्वास गर्दछन तर वाह्य नियन्त्रणमुखी मानिसहरु कार्य सम्पादनमा भाग्यलाई आधार बनाउँछन अर्थात वाह्य पक्षले नियन्त्रण गर्दछ भन्ने विश्वास राख्दछन । 

2) Self Esteem (आत्म सम्मान÷स्व–सम्मान)ः कुनै पनि व्यक्तिले आफैलाई आदर गर्ने प्रवृत्तिलाई स्व–सम्मान भनिन्छ । व्यक्तिको यो गुण उसले आफुलाई मन पराउने वा मन नपराउने अर्थात आफनो महत्व एवं योग्यता प्रतिको विश्वासलाई जनाउँछ । सामान्यतया व्यक्तिहरु उच्च आत्म सम्मान र न्यून आत्म सम्मान भएका हुन्छन । उच्च आत्म सम्मान भएका व्यक्तिहरु वढी क्षमतावान, उत्साही, परिश्रमी, जोखिम वहन गर्न सक्ने, चुनौतिक कार्यमा सहभागि हुने गुणका हुन्छन । सफलता हासिल गर्नको लागि योग्यता, अनुभव, क्षमता  र कडा परिश्रममा विश्वास गर्दछन । तर न्यून आत्म सम्मान भएका व्यक्तिहरु चाकरी, चाप्लुसी गरेर अरुलाई खुशी पार्ने विशेषताका हुन्छन । उनीहरुमा आत्म विश्वासको कमी हुन्छ  चुनौतिपूर्ण कार्य तथा जिम्मेवारी वहन गर्न रुचाउँदैनन तर माथिल्लो पदमा जाने अभिलासा तीव्र रुपमा राख्दछन । उनीहरु अरुको निर्देशनको पालना गर्न मन पराउँछन ।

3) Machiavellianism मायकिअभेलिअनिजअम (चातुर्यवाद) ः व्यक्तिले प्रयाप्त अधिकार वा शक्ति लिन सक्ने र अरुमाथि आधिपत्य वा नियन्त्रण गर्न सक्ने गुणलाई चातुर्यवाद भनिन्छ । यस किसिमका व्यक्तिहरुमा उच्च आत्मविश्वास र स्वसम्मान रहेको हुन्छ । चातुर्यवादको आधारमा मानिसहरु उच्च चार्तुय र न्यून चातुर्य गरी दुई किसिमका हुन्छन । उच्च चातुर्यता गुण भएका व्यक्तिहरु तर्कशास्त्री हुन्छन । तर्क तथा तथ्य संगत कुरा गरेर अरुलाई विश्वासमा लिन उनीहरु सिपालु हुन्छन । निजी स्वार्थका लागि अरुलाई प्रयोग गर्न यिनीहरु पछाडी पर्दैनन । यिनीहरु वढी विवेकी हुन्छन तर कम भावनात्मक हुन्छन । अर्को तर्फ न्यून चातुर्यता गुण भएका व्यक्तिहरु धुर्तत्याई गर्न सक्दैनन । उनीहरुमा अधिकार र शक्तिमोह हुदैन । निष्ठा र मित्रतालाई सही रुपमा लिन्छन । संगठनको सफलतालाई आफनै सफलता ठान्दछन ।

4) Self Monitoring: (स्वय अनुगमन)ः व्यक्तिले आफना क्रियाकलापहरु, व्यवहारहरु, गतिविधिहरुको आफैले अनुगमन तथा मूल्यांकन गर्नुलाई स्वय अनुगमन भनिन्छ । व्यक्तिको यो गुण वाह्य वातावरणीय वा परिस्थितिमुलक तत्वहरु संग व्यवहार समायोजन गर्न सक्ने क्षमतासंग सम्वन्धित छ । त्यसैले स्वयं अनुगमन गरेर आफुलाई परिस्थित अनुसार परिवर्तन गर्न सक्नु पर्दछ । स्वय अनुगमनको आधारमा व्यक्तिको व्यक्तित्व उच्च स्व–अनुगमन र न्यून स्व–अनुगमन गरेर दुई किसिमका हुन्छन । उच्च स्वअनुगमन व्यक्तित्व भएका व्यक्तिहरु संगठन, सहकर्मी, व्यवस्थापक, सुपरिवेक्षक संग सजिलै घुलमिल हुनसक्दछ । उनीहरु जस्तोसुक्कै वातावरणमा पनि सजिलै समायोजन हुन सक्ने क्षमता राख्दछन । तर न्यून स्व अनुगमनको व्यक्तित्व भएका व्यक्तिहरु वढी अन्तरमुर्खी र परम्परावादी शोचका हुन्छन । उनीहरु परिवर्तनलाई सजिलै स्वीकार गर्दैनन र गतिशील वातावरणमा समायोजन हुन सक्दैनन । 

5) Self Confidence (आत्म विश्वास)ः व्यक्ति भित्र विद्यमान उच्च इच्छा शक्ति जसले नया कार्य गर्न र लक्ष्य प्राप्त गर्नमा उत्प्रेरित गर्दछ त्यसलाई आत्म विश्वास भनिन्छ । आत्मविश्वासको गुणले व्यक्तिलाई जटिल र चुनौतिपूर्ण कार्य गर्न आत्मवल श्रजना गर्दछ । आत्म विश्वास गुणको आधारमा व्यक्तिको व्यक्तित्व उच्च आत्मवल र न्यून आत्मवल गरी दुई किसिमका हुन्छन । उच्च आत्मवल भएका व्यक्तिहरुको कार्य क्षमता, योग्यता, सीप, सक्षमता र उत्प्रेरणा अधिक हुन्छ । उनीहरु लगनशील भई कार्यमा संलग्न रहने भएकाले उत्कृष्ट कार्य सम्पादन गर्दछन । तर न्यून आत्मवल भएका व्यक्तिहरुमा इच्छा शक्तिको अभाव हुन्छ । उनीहरुमा नकारात्मक शोच र उदाशीनताको भावना अधिक हुन्छ । कार्य गर्न सक्छु वा सक्दैन भन्ने उनीहरुमा दुविधा हुन्छ ।

6) Risk Propensity जोखिम प्रवृत्तिः व्यक्तिको जोखिम वहन गर्न सक्ने क्षमता वा व्यवहारलाई जोखिम प्रवृत्ति भनिन्छ । व्यक्ति अनुसार जोखिम वहन गर्न सक्ने क्षमता फरक फकर हुन्छ । कुनै व्यक्तिले जोखिम वहन गर्न अधिक रुची राख्दछन भने कुनै व्यक्ति जोखिम भन्ने वित्तिकै हतोत्साहित हुन्छन । जोखिम वहन गर्न सक्ने व्यक्तित्वको आधारमा उच्च जोखिम वहनकर्ता र न्यून जोखिम वहनकर्ता गरी दुई किसिमले वर्गीकरण गरिन्छ । उच्च जोखिम वहनकर्ता High risk high profit भन्ने सिद्धान्तमा विश्वास राख्दछन । उनीहरु थारै सूचनाबाट शीघ्र निर्णय लिन्छन र चुनौतिको सामना गर्न रुची राख्दछन । तर न्यून जोखिम वहनकर्ताहरु सकेसम्म कार्यलाई पन्छाउन चाहन्छन । यिनी परिवर्तनलाई स्वीकार गर्दैनन र स्थिर वातावरणमा रहेर काम गर्दछन । संगठनलाई नया गति दिन रुची राख्दैनन ।

7) Personality Types: (व्यक्तित्व प्रकार)ः मानिसको व्यक्तित्वको प्रकारले संगठनात्मक व्यवहारमा प्रभाव पार्दछ । व्यक्तित्व प्रकारका आधारमा मानिसका समग्र गुणहरुलाई Type AType B गरी दुई किसिमले वर्गीकरण गरिन्छ । Type A व्यीक्तव भएका मानिसहरु छिटो हिँडने, खाने, चल्ने, एकै समयमा दुईभन्दा वढी कार्य गर्ने प्रयास गर्ने, मेहनतका साथ काम गर्ने, धैर्यशील, प्रतिस्पर्धी र क्षमतावान हुन्छन । अर्को तर्फ Type B व्यीक्तव भएका मानिसहरु स्वतन्त्र, फुर्सदप्रेमि हुन्छन । उनीहरु समयको पावन्दीमा बस्न रुचाउँदैनन र खुशी एवं आनन्दको चाहना राख्दछन । प्रतिस्पर्धा र जोखिमबाट बाच्न चाहन्छन र कम वोल्ने स्वभावका हुन्छन ।

 

Post a Comment

0 Comments