Concept of
Performance Appraisal
संगठनको उद्देश्य हासिल गर्न मानव संसाधनहरुलाई निश्चित कार्य सुम्पिएको हुन्छ । कर्मचारीहरुले आ–आफनो योग्यता, क्षमता, दक्षता, अनुभव र सीपका आधारमा कार्यसम्पादन गर्दछन । कार्य सम्पादनको लागि संगठनले निश्चित मापदण्ड वा स्तर पनि निर्धारण गरेको हुन्छ । अतः कर्मचारीहरुलाई सुम्पिएको कार्य निश्चित मापदण्ड अनुसार भएको छ वा छैन भनेर स्तरीयता मापन गर्ने कार्यलाई कार्य सम्पादन मूल्यांकन भनिन्छ । अर्को अर्थमा कार्यसम्पादनको स्तरीयता मापन गर्ने विधिलाई नै कार्य सम्पादन मूल्यांकन भनिन्छ ।
कार्य सम्पादन मूल्याकनले कर्मचारीहरुको व्यक्तिगत गुण, सीप, दक्षता, योग्यता, अनुभव तथा भावी संभावनाका वारेमा मार्ग निर्देशन गर्दछ । यसको आधारमा कर्मचारीहरुले पदोन्नति, सरुवा, अतिरिक्त लाभ, सम्मान, प्रसंसा, पुरस्कार आदि उत्प्रेरणाहरु प्राप्त गर्दछन । कार्यसम्पादन मूल्याकनले कार्य मापदण्ड अनुसार काम भए नभएको वारेमा मूल्याकन गर्नुका साथै कार्य प्रक्रिया, पद्धति, कार्य अवस्था, कार्य जटिलता र कार्य जीवनको गुणस्तर समेतको मूल्याकन गर्दछ ।
According to Gary Dessler " Performance appraisal is evaluating an employee's current and past performance relative to his/her performance standard. –कार्यसम्पादन मूल्यांकन भनेको कर्मचारीको कार्यसम्पादन स्तर सम्वन्धमा वर्तमान तथा विगत कार्यसम्पादनको जाँच हो ।
निष्कर्षमा कार्यसम्पादन मूल्यांकन एक प्रक्रिया हो जसले कामको लागि आवश्यकताको आधारमा कर्मचारीहरुको कार्यसम्पादन जाँच गर्दछ । यसले कर्मचारीहरुले कसरी कार्य गरिरहेको छ भन्ने कुरा निर्धारण गर्ने तथा संचार गर्ने कार्य गर्दछ ।
Uses of Performance Appraisal
1)
Determination of remuneration: संगठनमा कार्यरत कर्मचारीहरुलाई निश्चित दरमा पारिश्रमिक तथा ज्याला भुक्तान गर्नुपर्ने हुन्छ । कार्यसम्पादन मूल्याकन कार्यले कर्मचारीहरुको क्षमता, दक्षता, सीप र सम्भाव्यतालाई पहिचान गर्दछ । यसबाट उचित कार्यका लागि उचित पारिश्रमिक निर्धारण गर्ने कार्यमा सहयोग पुग्दछ । कार्यसम्पादन मूल्याकन विना पारिश्रमिक निर्धारण गर्दा कम योगदानलाई वढी र वढी योगदानलाई कम पारिश्रमिक निर्धारण हुनसक्दछ ।
2)
Reward Management: उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप प्रदान गरिने लाभलाई पुरस्कार भनिन्छ । कार्यसम्पादन मूल्यांकनबाट कुन कर्मचारीले कत्तिको प्रतिफल दिन सकेको छ र उत्पादकत्व वृद्धिमा कस्तो योगदान रहेको छ भन्ने वारेमा जानकारी प्राप्त हुन्छ । फलस्वरुप उत्कृष्ट कर्मचारीको छनौट गरि पुरस्कार प्रदान गरिन्छ ।
3)
Career Development: कुनै निश्चित स्थान र पदबाट आरम्भ भएको कर्मचारीहरुको कार्य जीवन माथिल्लो स्थान सम्म पुगोस भन्ने चाहन्छन । त्यसका लागि उनीहरुले योग्यता, क्षमता, दक्षता, सीप, अनुभव, कार्यशैली र कर्तत्वनिष्ठतामा वृद्धि गर्दे लैजानु पर्दछ । वास्तमा कर्मचारीहरु संग के कस्तो क्षमता छ भन्ने वारेमा कार्य समपादन मूल्यांकनले छर्लङ पार्दछ । यसबाट स्वयं कर्मचारीले नै आफनो जीवन वृत्तिको वारेमा निर्णय गर्न सक्दछ ।
4)
Training and Development: कार्य सम्पादन मूल्यांकनले कर्मचारीहरुका सवल पक्ष तथा दुर्वल पक्षका वारेमा पहिचान गर्दछ । उक्त पहिचानको आधारमा कुन कुन कर्मचारीहरुलाई तालिमको आवश्यकता छ भन्ने वारेमा सजिले पत्ता लगाउन सकिन्छ । तालिमे कर्मचारीहरुका दुर्वल पक्षहरु हटाएर सवल पक्षहरुमा वृद्धि गर्दछ ।
5)
Easy to Supervision: कार्यसम्पादन मूल्यांकनबाट कर्मचारीहरुको कार्यसम्पादन उत्कृष्ट, मध्ययम वा निम्न कुन स्तरको छ भन्ने वारेमा सजिलै थाहा पाउन सकिन्छ । अतः कुन कर्मचारीलाई कुन तहको सुपरिवेक्षण आवश्यक छ भन्ने वारेमा सजिलै निक्र्यौल गरिन्छ ।
6) Validation of Selection: कार्यसम्पादन मूल्यांकनबाट कर्मचारीहरुको कार्यसम्पादन उत्कृष्ट, मध्ययम वा निम्न कुन स्तरको छ भन्ने वारेमा सजिलै थाहा पाउन सकिन्छ । अतः कुन कर्मचारीलाई कुन तहको सुपरिवेक्षण आवश्यक छ भन्ने वारेमा सजिलै निक्र्यौल गरिन्छ ।
7)
Feedback: कार्यसम्पादन मूल्याकनबाट कर्मचारीहरुले आफनो हैसियत तथा क्षमता कति रहेछ भन्ने वारेमा सजिलै पत्ता लगाउन सक्दछन । प्रत्येक कर्मचारीलाई म कहाँ छु, मेरो गन्तव्य के हो, मैले के सुधार गर्नु पर्नेछ, मेरो क्षमताले कति अगाडि वढन सक्दछु भन्ने वारेमा कर्मचारीहरुले पत्ता लगाउन सक्दछन ।
7.3.
Methods of Performance Appraisal
1) Graphic Rating Scale Method: रेखाचित्र मूल्यांकन विधि) कार्य सम्पादन मूल्यांकन गर्ने सवै भन्दा पुरानो , लोकप्रिय, सरल र उपयोगी विधि रेखाचित्र मूल्यांकन विधि हो । यस विधिमा कर्मचारीहरुका व्यक्तिगत गुणहरु जस्तैः कार्य परिणाम, कार्यज्ञान, हाजिरी, इमान्दारीता, सहयोगीपन, निरन्तरता, निर्णय गर्ने क्षमता, कार्य अवस्था, दृष्टिकोण आदि समावेश गरेर एक मापदण्ड ९च्बतष्लन क्अबभि० तयार गरिन्छ । उक्त मापदण्ड अनुसार मूल्यांकनकर्ताले अति उत्तम, उत्तम, सामान्य, सन्तोषजनक र न्यून विकल्पहरु मध्येबाट कुनै एक विकल्प छनौट गरि कार्यसम्पादनको मूल्याकन गर्दछन । यस मूल्यांकन विधिको विवरण निम्ननुसार दिइएको छ ।
ABC
Company
Performance
Appraisal Form
Name of Employee …………………………….. Job
title
Department……………………………
Name of Rater ………………….. Date
Performance Factors |
Poor 1 |
Satisfactory
2 |
Good 3 |
Excellent
4 |
Outstanding
5 |
Quantity of Work |
|
|
|
|
|
Quality of Work |
|
|
|
|
|
Attendance |
|
|
|
|
|
Attitude |
|
|
|
|
|
Cooperation |
|
|
|
|
|
Honesty |
|
|
|
|
|
Job Knowledge |
|
|
|
|
|
Appearance |
|
|
|
|
|
Dependability |
|
|
|
|
|
Total Score |
|
|
|
|
|
Advantages
Simple 2) Facility of Comparison 3)
Possibility of Feedback 4) Compare more employees performance at a time
Disadvantges 1) Biasness 2) Concerned only
individual traits 3) Discrepancy in evaluation 4)
old method
2)
Alternative Ranking Method: -विकल्प श्रेणी विधि संगठनात्मक उद्देश्य हासिल गर्नको लागि हरेक संगठनले उत्कृष्ट, वौद्धिक, योग्य, सीपयुक्त र अनुभवी कर्मचारीहरु नियुक्त गर्दछन तर पनि कर्मचारीहरुको कार्यशैली, दृष्टिकोण, व्यवहार, शोच, अनुभुति र बुझाईमा भिन्नताहरु देखिन्छन । कुनै व्यक्ति अत्यन्त कर्तव्यनिष्ठ एवं असल हुन्छन भने कुनै व्यक्ति लापरवाही, अपारदर्शी प्रवृत्तिका हुन्छन । विकल्प श्रेणी विधि त्यस्तो कार्यसम्पादन विधि हो जसले सम्पूर्णृ कर्मचारीहरुको व्यक्तिगत व्यवहार तथा गुणहरुको मूल्यांकन गरेर योग्यता क्रम अनुसार सूचीकरण गर्दछ । यस अन्तरगत सवैभन्दा असल कर्मचारीलाई प्रथम क्रममा र अरुलाई क्रमश दोश्रो, तेश्रो गर्दै अन्तिम क्रममा सूचीकृत गरिन्छ । जस्तै
Highest-Ranking Employee
1 ……………………… 6 …………………………..
2 ……………………….. 7 …………………………….
3 …………………………. 8 ……………………………..
4 …………………………. 9 ……………………………..
5 ………………………….. 10 …………………………….
Lowest
Ranking Employee
Advantages 1) Detail Evaluation 2)
Reliable Evaluation 3) Simple 4) Economy
Disadvantage 1) Useable for limited
employees 2) Over all evaluaton 3) Biasness 4) Useable only small organization
3) Paired
Comparison Method –-जोडा तुलना विधि_M कार्य सम्पादन मूल्याकन गर्ने यो आधुनिक विधि हो । यस विधिमा सम्पूर्ण कर्मचारीहरुका लागि अलग अलग जोडा वनाइन्छ र उनीहरुका गुण, योग्यता, अनुभव, क्षमता, उपस्थिति, इमान्दारीता आदिको आधारमा सवै संग एकअर्कालाई तुलना गरेर मूल्यांकन गरिन्छ । यसरी हरेक जोडामा रहेका दुई कर्मचारीहरु मध्ये असल कर्मचारीलाई चिन्ह र खराव कर्मचारीलाई चिन्ह प्रदान गरिन्छ । यस विधि अन्तरगत सम्पूर्ण कर्मचारीहरुको जोडा बनाई मूल्यांकन गरिने भएकोले यसलाई जोडा तुलना विधि भनिएको हो । जस्तै पाँच जना कर्मचारीहरुको मूल्यांकन गर्नु छ भने यस विधि अनुसार एउटा चार्ट तयार गरिन्छ । उक्त चार्टमा कर्मचारीहरुको जोडी राखिन्छन र प्रत्येक कर्मचारीहरुको गुण, कार्य जीवन, आदिको आधारमा एक अर्काका वीचमा मूल्यांकन गरिन्छ । यसको लागि निम्नानुसारको तालिका पेश गरिएको छ ।
For the trait Quality of Work For the Trait Creativity
Employee Rated Employee
Rated
|
||||||||||||||||||||||||||||||||||||||||
|
यस चित्रमा + चिन्हले तुलनात्मक रुपमा असल तथा - चिन्हले तुलनामा रुपमा खराव भनि संकेत गर्दछ । यसर्थ कर्मचारी स्तर थाहा पाउनका लागि चिन्ह + चिन्हहरु जोडनु पर्दछ र - चिन्ह सवै घटाउनु पर्दछ । जस्तै कर्मचारीको गुण मूल्यांकन गरिएको पहिलो चित्रमा B ले चारवटा + v. To;}n] B सवैभन्दा असल कर्मचारीको रुपमा मूल्याकन गरिन्छ । त्यसपछि A
लाई राम्रो मानिन्छ किनकी उसले दुई वटा + चिन्हहरु प्राप्त गरेको छ तर D / E ले एक एक वटा + चिन्ह प्राप्त गरेको हुँदा उनीहरु खराव कर्मचारीको मूल्याकन गरिन्छन ।
Advantages 1) Less Errors
2) Scientific 3) Modern 4) Reliable
Disadvantage 1)
Unsuitable for all organizations 2) Costly 3) Experienced Rater 4) Conflict
4) Forced Distribution
Method: -अनिवार्य वितरण विधि_M कार्यसम्पादन मूल्याकनको यस विधि अन्तरगत कर्मचारीहरुको कार्यगत गुणको आधारमा विभिन्न श्रेणीहरुमा ग्रेडिङ गरेर मूल्यांकन गरिन्छ । अनिवार्य वितरणका लागि सामान्यतया पाँच श्रेणीहरु निर्धारण गरिन्छन । हरेक श्रेणीको लागि निश्चित प्रतिशत कर्मचारी संख्या निर्धारण गरिन्छ र उनीहरको स्तर अनुसार निश्चित श्रेणीमा समावेश गरिन्छन । अनिवार्य वितरण विधि अनुसारको कार्यसम्पादन मूल्यांकन निम्नानुसार देखाइएको छ ।
S.N. |
Performance
Level |
Percentage
|
Name
of the Employees |
Forced
Disribution |
1 |
High
Performers |
15% |
A,
C, F |
3 |
2 |
High
Average Performers |
20% |
D,
E, O, Q |
4 |
3 |
Average
Performers |
30% |
G,
F, M, N, P, T |
6 |
4 |
Low
Average Performers |
20% |
H,
K, L, R |
4 |
5 |
Low
Performers |
15% |
B,
J, S |
3 |
|
Total |
|
|
20 |
मथिको तालिका अनुसार जम्मा @) जना कर्मचारीहरु मध्ये उच्च स्तर !% प्रतिशत, औसत उच्च स्तर @)
प्रतिशत, औसत स्तर #) प्रतिशत, @) प्रतिशत औसत निम्न स्तर र !% प्रतिशत निम्न स्तर गरेर श्रेणीकरण गर्न सकिन्छ ।
Advantages 1) Easy 2)
Economy 3) less biasnes 4) usible for all organizations
Disadvantage 1) Problem
in distriubtion 2) Possiblity of conflict 3) It depend on commonsence 4)
problem of rating for excellent and qualified employees.
5) Critical Incident
Method: -संवेदनशील घटना विधि_M कार्य सम्पादन मूल्यांकन गर्ने यस विधि अन्तरगत कर्मचारीहरुको गुण एवं विशेषताहरुको मूल्याकन नगरी गम्भिर परिस्थितिमा व्यक्तिको व्यवहार, आचरण कस्तो रहयो त्यसको निरक्षण गरेर मूल्यांकन गरिन्छ । संगठनमा कुनै किसिमको घटना घटदा कर्मचारीको भूमिका कस्तो रहयो, जिम्मेवारी वहन गरयो वा गरेन भनेर उनीहरुले सफलता वा असफलता के प्राप्त गरयो आदि वारेमा मूल्याकंन गरिन्छ ।
6) Check List Method: -परिक्षण सूची_M यस विधि अन्तरगत कर्मचारीहरुका खास गुण र योग्यताहरुको आधारमा Yes र No विकल्प सहितको प्रश्नवाली तयार गरिन्छ जसलाई परीक्षण सूची भनिन्छ । उक्त सूचीमा रहेका प्रश्नहरुको लागि मूल्यांकनकर्ताले Yes वा No विकल्प मध्ये एउटा छनौट गर्दछन र कार्य सम्पादन मूल्याकन सम्पन्न गरिन्छ । जस्तै
S.N. |
Particulars |
Yes |
No |
1 |
Is
the employee punctual in attending the office |
|
|
2 |
Does
the employee maintain sound realtion with customers |
|
|
3 |
Is
is the employee sincere in doing his/her job |
|
|
7)
Essay Method: कार्यसम्पादन मूल्यांकनको यस विधि अन्तरतग मूल्यांकनकर्ताले कर्मचारीहरुको सवल र दुर्वल पक्षहरुलाई समावेश गरेर व्याख्या गर्दछन । यस विधिको प्रयोग गर्दा मूल्यांकनकर्ताले अन्य विधिहरुको पनि सहयोग लिन सक्दछन । सामान्यतया यस विधिबाट कर्मचारीहरुको मूल्यांकन गर्दा कर्मचारीको नाम, थर, ठेगाना, नियुक्ति मिति, पदोन्नति, कार्य जिम्मेवारी, कार्यगत ज्ञान, अनुभव, सीप, योग्यता, सहकर्मिहरु संगको सम्वन्ध, निर्णय शैली, इमान्दार, नैतिकवान, तालिम तथा विकास आदि विषयहरु समावेश गरेर विस्ृतत विवरण तयार गरिन्छ ।
8) Management by Objectives: c
Advantages
of MBO 1) Commitment 2) Participation 3) Regular 4) Motivaiton
Disadvantages
1) Autocratic 2) Critical 3) Conflict 4) comparison
7.4. Concept of Reward Management: संगठनमा कार्यसम्पादन गरेवापत मानव संसाधनहरुलाई प्रदान गरिने प्रतिफल वा पारिश्रमिकलाई पुरस्कार भनिन्छ । पुरस्कार अन्तरगत आर्थिक तथा गैर आर्थिक लाभहरु पर्दछन । कर्मचारीहरुले संगठनमा समय खर्च गरेवापत पुरस्कारको अपेक्षा गर्दछ त्यसैले संगठनले पनि कर्मचारीहरुको आवश्यकता, जिम्मेवारी र कार्यस्तरलाई ध्यानमा राखेर उचित पारिश्रमिक उपलब्ध गराउनु पर्दछ जसलाई पुरस्कार भनिन्छ ।
कर्मचारीहरुले संगठनमा कार्य गरेवापत कस्तो जिम्मेवारीमा कुनस्तरको कार्यसम्पादन गर्दा कति पुरस्कार प्रदान गर्ने भन्ने वारेमा मार्गदर्शन तयार गर्नुलाई पुरस्कार व्यवस्थापन भनिन्छ । अर्थात कर्मचारीहरुलाई कार्यसम्पादनको उचित मूल्य पाउने गरी लाभहरुको व्यवस्थापन गर्नुलाई पुरस्कार व्यवस्थापन भनिन्छ । हरेक संगठनले पुरस्कार व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि पुरस्कारको वनौट र संरचना तयार पारेका हुन्छन । आकर्षक र पारदर्शी पुरस्कार व्यवस्थापनको कार्यले योग्य, दक्ष, अनुभवी कर्मचारीहरुलाई आकर्षित गर्दछ ।
According to Michael Armstrong " Reward management is essentially about desiging, implementating, and maintaining pay systems, which help to improve organizational programmes. Kपुरस्कार व्यवस्थापन भनेका पारिश्रमिक प्रणालीको ढाँचा तयार गर्ने, कार्यान्वयन गर्ने तथा अभिलेख राख्ने सम्वन्धि व्यवस्थापन हो ।
संगठनले कर्मचारीहरुको पदीय स्तर, योग्यता तथा सक्षमतालाई विचार गरेर लाभ व्यवस्थापन गर्नुलाई पुरस्कार व्वस्थापन भनिन्छ । कर्मचारीहरुको आवश्यकता विश्लेषण गरेर वित्तिय तथा गैर वित्तिय लाभहरु प्रदान गर्नको लागि व्यवस्थापकीर्य गर्नुलाई पुरस्कार व्यवस्थापन भनिन्छ ।
7.5. Types of Rewards
1.
Intrinsic Reward: कर्मचारीहरुले उत्कृष्ट कार्यसम्पादन गरेवापत अन्तर आत्माबाट प्राप्त हुने सुखद अनुभुतिलाई आन्तरिक पुरस्कार भनिन्छ । जस्तै कार्यस्वतन्त्रता, निर्णय कार्यमा सहभागिता, लचक कार्यसमय, कार्यपरिक्रमा, चुनौतिपुर्ण कार्यमा सहभागिता, ववृत्ति विकासको अवसर, अभिरुची अनुसारके कार्य आदि यसका उदाहरणहरु हुन । यो पुरस्कार भौतिक रुपमा प्राप्त नभई कर्मचारीहरुले आफैले पाउने खुशी हो ।
2)
Extrinsic Reward: कर्मचारीहरुलाई वाहिरबाट भौतिकरुपमा प्रदान गरिने प्रतिफललाई वाह्य पुरस्कार भनिन्छ । जस्तैः तलव, भत्ता, ज्याला, बोनस, कमिसन, पदवी, प्रसंसा तथा सम्मानपत्र, आदि यसका उदाहरणहरु हुन । वाह्य पुरस्कार पारदर्शी, निष्पक्ष र कार्यसम्पादनमा आधारित हुनु पर्दछ । यसले धेरै व्यक्तिहरुलाई एकै पटक प्रभाव पार्दछ ।
3) Financial Reward: कर्मचारीहरुलाई नगद वा आर्थिक लाभको रुपमा प्रदान गरिने प्रतिफललाई वित्तिय पुरस्कार भनिन्छ । जस्तैः तलव, ज्याला, वोनस, ग्रेड, मुनाफा, पेन्सन, विदाको रकम, आवास खर्च, यातायात खर्च, संचार खर्च आदि यसका उदाहरणहरु हुन । वित्तिय पुरस्कारले कर्मचारीहरुका आधारभुत आवश्यकताहरुको परिपुर्ति गर्दछ ।
4)
Non-Financial Reward: कर्मचारीहरुले कार्यसम्पादन गरेवापत प्रदान गरिने नगद वाहेक अन्य प्रकृतिका प्रतिफलहरुलाई गैर आर्थिक पुरस्कार भनिन्छ । जस्तैः कार्य स्वतन्त्रता, स्तरीय कार्यस्थल, रुची अनुसारको जिम्मेवारी, कार्य सुरक्षा, सुविधा सम्पन्न फर्निचर, अतिरिक्त क्रियाकलाप, स्यावासी, प्रसंसा, विदा, गाडी सुविधा, निजी सहायक आदि यसका उदाहरणहरु हुन ।
5)
Performance based Reward: कर्मचारीहरुले सम्पादन गरेको कार्यपरिणाम वा इकाईको आधारमा प्रतिफल प्रदान गरिन्छ भने त्यसलाई कार्यसम्पादनमा आधारित पुरस्कार भनिन्छ । कार्यको प्रकृति अनुसार गुण वा परिणामका आधारमा पुरस्कार प्रदान गरिन्छ । यसमा कार्यसम्पादन प्रभावकारी भएमा वढी पुरस्कार र कार्यसम्पादन नराम्रो भएमा कम पुरस्कार प्रदान गरिन्छ । कार्यसम्पादनमा आधारित पुरस्कारहरु निम्नानुसार छन
a)
Piece work system: -इकाई कार्यदर प्रणाली)ः कर्मचारीहरुले सम्पादन गरेको कार्य एकाईका आधारमा प्रदान गरिने पुरस्कारलाई इकाई कार्यदर प्रणाली भनिन्छ । जस्तैः एक युनिट काम गर्दा ५०० प्राप्त हुन्छ भने १० युनिट काम गर्दा ५,००० प्राप्त हुनु इकाई कार्यदर प्रणाली हो ।
b)
Commission: कर्मचारीले सम्पादन गरेको कार्य अनुसार निश्चित प्रतिशत रकम अतिरिक्त प्रदान गरिन्छ भने त्यसलाई कमिशन भनिन्छ । जस्तै रामले एक दिनमा १०,००० को विक्री गर्दछ भने १ प्रतिशत अतिरिक्त लाभ प्राप्त गर्नेछ भन्ने सुविधा कमिशन हो ।
c)
Bonus: कर्मचारीहरुको कार्यसम्पादनबाट संगठनले मुनाफा आर्जन गर्दछ र उक्त मुनाफाको केही प्रतिशत रकम सम्पूर्ण कर्मचारीहरुलाई लाभांसको रुपमा वितरण गरिन्छ भने त्यसलाई बोनस भनिन्छ । जस्तै संगठनले यसबर्ष १० प्रतिशत मुनाफा आर्जन गरेको छ भने १ प्रतिशत रकम कर्मचारीहरुलाई वितरण गर्नु नै वोनस हो ।
d)
Additional Wages -yk
Hofnf_M कर्मचारीहरुलाई कार्यसम्पादनको लागि निर्धारण गरिएको समय र इकाई वाहेक अरु थप समय काम गरेर थप इकाई उत्पादन गर्दछन भने त्यस वाफत प्रदान गरिने प्रतिफलाई थप ज्याला भनिन्छ । जस्तै एक दिनमा आठ घण्टा काम गर्नुपर्नेमा १० घण्टा काम गर्दछन भने थप २ घण्टाको लागि अतिरिक्त ज्याला प्रदान गरिन्छ ।
6)
Membership based Reward: कर्मचारीहरु संगठनको सदस्य वा लगानीकर्ता वा अंशियार भएवापत प्रदान गरिने प्रतिफललाई सदस्यतामा आधारित पुरस्कार भनिन्छ । कर्मचारीहरु संगठनमा कामदार, व्यवस्थापक, संचालक, सल्लाहकार आदि भएर कार्य सम्पादन गर्दा सवैले समान रुपमा प्राप्त गर्ने लाभ नै सदस्यतामा आधारित पुरस्कार हो । यो पुरस्कार संगनठको नीति, नियम तथा योजना अनुसार प्रदान गरिन्छ ।
7.6. Qualities of Effective Reward
System
1)
Important 2) Needs 3) Equitable 4) Visibility 5) Low cost 6) Flexibility 7)
Competitive
8)
Cost benefit 9) Performance based
7.6. Performance Appraisal Practices
in Nepalese Organizations
1)
Lack of Transparency 2) Lack of Feedback 3) Low Priority 4) Promotion oriented
Evaluation 5) Informal and Subjective 6) Lack of Uniformity
0 Comments