Groups and Teams in Organization

 Concept of Group: 

सामान्यतया विभिन्न मानिसहरुको संयुक्त रुपलाई समूह भनिन्छ । संगठनको साझा उद्देश्य प्राप्त गर्नको लागि दुई वा सो भन्दा वढी व्यक्तिहरु मिलेर बनेको जमातलाई समूह भनिन्छ । अर्थात निर्दिष्ट लक्ष्य हासिल गर्नको लागि एउटै विशेषता, गुण र योग्यता भएका कर्मचारीहरु एकीकृत हुनुलाई समूह भनिन्छ । संगठन भित्र औपचारिक र अनौपचारिक रुपमा विभिन्न किसिका समूहहरु निर्माण भएका हुन्छन । जस्तै उत्पादन समूह, विक्रीवितरण समूह, खरिद समूह, मूल्यांकन समूह, हित समूह, आदि । यस किसिमका समूहहरुले आपसमा समन्वय र सहकार्य मिलाउछन फलस्वरुप कार्य सम्पादनमा योगदान पुग्दछ । 

समूह व्यक्तिहरुको संकलन हो । समूहको साझा उद्देश्य र लक्ष्य हुन्छ । यसका सदस्यहरुको भूमिका अन्तरसम्वन्धित हुन्छ । समूहका सवै सदस्यहरुको समान हित हुन्छ । यसका सदस्यहरुमा विभिन्न प्रकारका सीपयुक्त हुन्छन । समूहलाई प्रभावकारी नेतृत्व दिन समूह नेता हुन्छ । समूहका सदस्यहरु सामुहिक तथा व्यक्तिगत रुपमा उत्तरदायी हुन्छन ।

According to According to Ricky W. Griffin " A group as two or more persons who interact regularly to accomplish a common purpose or goal" साझा उद्देश्य अथवा लक्ष्य प्राप्त गर्नका लागि दुई वा धेरै व्यक्तिहरु नियमित रुपमा अन्तरक्रिया गर्दछन भने समूह भनिन्छ ।

निष्कर्षमा खास उद्देश्य हासिल गर्न दुई वा दुई भन्दा वढी व्यक्तिको संलग्नता, अन्तरक्रिया तथा एक अर्काप्रति निर्भरताको स्थितिलाई समूह भनिन्छ ।

7.2. Group Dynamics

संगठनमा दुई वा दुई भन्दा वढी व्यक्तिहरु एक अर्काप्रति आश्रीत हुँदै औपचारिक वा अनौपचारिक रुपमा उद्देश्य प्राप्तिको लागि एकत्रित हुनुलाई समूह भनिन्छ । समूहमा एक व्यक्तिको अर्को व्यक्तिका वीच मनोवैज्ञानिक सम्वन्ध रहन्छ । त्यसैलै समूह निर्माण कार्यमा परिमार्जन, परिवर्तन र लचकता हुनुपर्दछ जसलाई समूह गतिशीलता भनिन्छ । समूहको गतिशीलताले समयको माग र परिस्थिति अनुसारको समूहको व्यवहार निर्माण गर्दछ ।

हरेक संगठन भित्र साना, ठुला गरेर विभिन्न किसिमका थुप्रै समूहहरु ह्ुन्छन । ती समूहहरु कुनै न कुनै रुपमा सक्रिय रहेका हुन्छन । उनीहरु सक्रियता एवं गतिविधिहरु परिवर्तनिय हुनु पर्दछ । संगठनात्मक लक्ष्य हासिल गर्नको लागि समूहहरु निरन्तर कार्यरत रहने र परिवर्तनिय वातावरण अनुसार आफुलाई निरन्तर समायोजन गर्दै अगाडी वढने व्यवहारलाई समूह गतिशीलता भनिन्छ । यसले कुनै समूहमा गतिशीलताको प्रकृति एवं सीमा जस्तै नया विचारहरुलाई समायोजन गर्न सक्ने तथा समय परिस्थितिसंग स्वयं परिवर्तन हुनसक्ने समूहको क्षमतालाई जनाउँछ ।

According to Keith Davis "The process by which people interact face to face in small groups is called group dynamics. समूह गतिशीलता भनेको त्यस्तो सामाजिक प्रक्रिया हो जसद्वारा स साना समूहहरुमा मानिसको सिधा अन्तरक्रिया हुन्छ ।

निष्कर्षमा समूहको प्रकृति, ढाँचा , कार्य समूहका सदस्यहरुको मूल्य, मान्यता, विचार, सोचाई, र व्यवहारमा आउने निरन्तर परिवर्तनलाई समूह गतिशीलता भनिन्छ ।


 

 

7.3. Development/ Dynamics of Group Formation समूह विकास÷समूह निर्माण गतिशीलता


संगठनमा निश्चत उद्देश्य हासिल गर्न विभिन्न समूहहरुको निर्माण हुन्छ । निर्माण भएका सबै समूहरु उत्तिकै प्रभावकारी हुन्छन भन्ने छैन । तसर्थ केही व्यक्तिहरु जमघट हुदैमा त्यो समूह हुन सक्दैन । समूह हुनको लागि त्यसले प्रक्रियाहरु पुरा गरेको हुनु पर्दछन । वास्तविक समूह निर्माणका केही चरणहरु छन । जुन निम्नानुसार व्याख्या गरिएको छ ।

1. Froming Stage ( गठन गर्ने चरण _M समूह निर्धारणको यो पहिलो चरण हो । यस चरणमा समूहको आकृति निर्धारण हुन्छ । अर्थात यत्रतत्र छरिएर रहेका व्यक्तिहरु एक अर्काको वारेमा बुझदै  एकत्रित हुने प्रयास गर्दछन । समूहका लागि नियम विधि र ढाँचा बनाउने कार्यको थालनी हुन्छ तर निर्णय भने व्यवस्थापकले गर्दछन ।  यस चरणमा समूहको उद्देश्य, कार्य क्षेत्र, अधिकारको सीमितता, भूमिका, उत्तरदारयित्व, आचचारसंहिता आदि बारेमा निर्णय हुने गर्दछन । समूहका सदस्यले आफु समूहको एक अंश हो भन्ने अनुभुति गरिसकेक पछि यो चरण समाप्त हुन्छ ।

2) Storming Stage  गठन गर्ने चरण  _M समूह निर्धारणको यो पहिलो चरण हो । यस चरणमा समूहको आकृति निर्धारण हुन्छ । अर्थात यत्रतत्र छरिएर रहेका व्यक्तिहरु एक अर्काको वारेमा बुझदै  एकत्रित हुने प्रयास गर्दछन । समूहका लागि नियम विधि र ढाँचा बनाउने कार्यको थालनी हुन्छ तर निर्णय भने व्यवस्थापकले गर्दछन ।  यस चरणमा समूहको उद्देश्य, कार्य क्षेत्र, अधिकारको सीमितता, भूमिका, उत्तरदारयित्व, आचचारसंहिता आदि बारेमा निर्णय हुने गर्दछन । समूहका सदस्यले आफु समूहको एक अंश हो भन्ने अनुभुति गरिसकेक पछि यो चरण समाप्त हुन्छ ।

3) Norming Stage (मान्यता कायम गर्ने चरण) समूह निर्माणको यो तेश्रो चरण हो । यस चरणमा समूहका सदस्यहरुका वीच चिनजान गरी आपसमा समन्वय र समझदारी कायम गर्दछन । आपसी द्वन्द्व समाप्त हुन्छ र सामिप्यता एवं सम्वन्धमा वृद्धि हुन्छ । सवैले सवैको अस्तित्व स्वीकार गर्दछन र अरुको मूल्य मान्यताको कदर गर्दछन । अतः समूहको मूल्य मान्यताको स्वीकार, समूह कार्य स्वीकार तथा सर्वस्वीकार्य व्यवहारको विकास भएपछि तेश्रो चरण समाप्त हुन्छ ।

4) Performing Stage कार्य सम्पादन)ः समुह निर्माणको चौथो चरणमा आएर सवै सदस्यहरुले आ–आफनो काम र कर्तव्य, एवं लक्ष्य प्रति केन्द्रित हुन्छन । पूर्वनिर्धारत लक्ष्य प्राप्तिका लागि कसरी र कुन तरिकाबाट संगसंगै जानसकिन्छ भन्ने वारेमा स्पष्ट हुन्छन र सवै सदस्यहरु प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्न आपसी सम्वन्ध परिपक्व बनाउँछन । अतः समूह पूर्ण रुपमा स्थापित भइसकेपछि यो चरण समाप्त हुन्छ ।

5) Adjouring stage ( स्थगन चरण _M समूह समाप्तीको अवस्थालाई स्थगन चरण भनिन्छ । यस अवस्थामा कार्य सम्पादनबाट समूहका सदस्यहरु थकित महसुस गर्दछन । उनीहरुको उत्तेजना, आवेश हराउँछ र आशा निराशामा वदलिन्छ । यसपछि समूहका सदस्यहरु अलग हुन थाल्छन र अन्तमा समूह नै समाप्त हुन्छ ।

7.4. Types of Group

1) Formal Group: संगठनात्मक संरचनामा स्पष्टरुपले व्याख्या गरिएको समूहलाई औपचारिक समूह भनिन्छ । औपचारिक समूहको काम, कर्तव्य, र अधिकार औपचारिक रुपमा निर्धारण गरिएको हुन्छ । यसको सदस्यता, कार्य प्रणाली र कार्य क्षेत्र आदि संगठनको हितमा निर्धारित हुन्छ । यस किसिमको समूहलाई काम गर्ने औपचारिक अख्तियार प्राप्त हुन्छ । औपचारिक समूहहरु पनि निम्न दुई प्रकारका हुन्छन ।

a) Command Group: अधिनस्त कर्मचारीहरुद्वारा निर्धारण गरिने औपचारिक समूहलाई आदेश समूह भनिन्छ । यो समूह स्थायी प्रकृतिको हुन्छ । यस समूहलाई संगठनमा निर्धारित दैनिक क्रियाकलापहरु संचालन गर्ने अख्तियारी हुन्छ । यसमा अधिनस्त कर्मचारीहरुले उच्च तहको व्यवस्थापकको निर्देशन अनुसार कार्य गर्दछन । जस्तै गुणस्तर नियन्त्रण व्यवस्थापक, प्राविधिक, ल्याव असिस्टेन्ट र कार्यालय सहायक मिलेर आदेश समूह निर्माण हुन्छ ।

b) Task Group: कुनै निश्चित कार्य सम्पादन गर्नको लागि निर्माण गरिएको समूहलाई कार्य समूह भनिन्छ । अर्थात निश्चित समय भित्र निश्चत उद्देश्य हासिल गर्न निर्धारण गरिएको समूहलाई कार्य समूह भनिन्छ । संगठनले कुनै निश्चत कार्य गर्न बनाउने समित, आयोग वा टोली पनि कार्य समूह अन्तरगत पर्दछन । गुणस्तर नियन्त्रण समूह यसको उदाहरण हो । यो समूह तुलनात्मक रुपमा अस्थायी प्रकृतिको हुन्छ ।

2) Informal Group: संगठनमा स्वस्र्फुतरुपमा निर्माण हुने समूहलाई अनौपचारिक समूह भनिन्छ । यस किसिको समुह कार्यस्थल वा कार्यस्थल वाहिर कर्मचारीहरु परस्पर सम्पर्क गरेर निर्माण गरिन्छ । यस किसिमको समूहमा औपचारिक संरचना हुदैन र आपसी कुराकानी तथा सम्पर्कको आधारमा समूहहरु गठन गरिन्छन । यस्ता समूहरुको औपचारिक लक्ष्य र उद्देश्यहरु हुदैनन । अनौपचारिक समूहहरु निम्न दुई प्रकारका हुन्छन ।

a) Interest Group: एउटै किसिमको रुची, चाहना र आवश्यकता भएका मानिसहरु मिलेर निर्धारण गरिएको समूहलाई अभिरुची समूह भनिन्छ । यस किसिमको समूहमा जो कोही सदस्य वन्न सक्दछन । हित समूहका सदस्यहरुले समूहलाई समर्थन गर्दछन र समूहलाई वलियो बनाउँछन । संगनठको विकास हुनुपर्दछ र हामीले पनि केही पाउनु पर्दछ भन्ने भावनाले अभिरुची समूह निर्माण हुन्छन । तलव, भत्ता, सेवा सुविधाहरु वृद्धि गर्नको लागि यस किसिमका समूहहरु तयार गरिन्छन ।

b) Friendship Group: व्यक्ति व्यक्ति विचको सामिप्यताले निर्माण गरिएको समूहलाई मित्रत्व समूह भनिन्छ । अर्थात एउटै जाति, धर्म, उमेर, पेशा, भाषा, संस्कृति, परिवार, समाज, राजनैतिक आस्था, पेशा आदिको आधारमा निर्धारण हुने समूहलाई मित्रत्व समूह भनिन्छ ।

 7.5.  Dynamic of Informal Group:

व्यक्ति व्यक्ति विचको सामिप्यताले निर्माण गरिएको समूहलाई मित्रत्व समूह भनिन्छ । अर्थात एउटै जाति, धर्म, उमेर, पेशा, भाषा, संस्कृति, परिवार, समाज, राजनैतिक आस्था, पेशा आदिको आधारमा निर्धारण हुने समूहलाई मित्रत्व समूह भनिन्छ ।

7.6. Nature of Informal Group

1. Informal Relation        2. Natural Process  3. Common Base

4. Horizontal Communication    5. Individual Interest        6. Social Behaviour

7. Source of Power          8. Focus       9. Environmental Adoptation

 

7.7. Significances of Informal Group

1 Security 2. Emotion Control 3. Support job performance 4) Innovation  5 channel of communication  6 Authority balance 7 Support to manager 8 Feedback  9. Public Relation 10. Solution of work problem

 

7.8. Issue Related to Group Decision Making ;मूह निर्णय सम्वन्धि समस्याहरु


हरेक संगठनमा औपचारिक तथा अनौपचारिक समूहहरु रहेका हुन्छन । ति समूहहरुले निर्णय कार्यमा प्रत्यक्ष एवं अप्रतक्ष्य रुपमा प्रभाव पार्दछन । कतिपय अवस्थामा समूह निर्णयहरु विवादित पनि हुन्छन । त्यसैले समूहगत निर्णय गर्दा निकै चुनौतिहरुको सामना गर्नुपर्ने हुन्छ । खासगरेर समूह निर्णय गर्दा देखापर्ने चुनौतिहरु एवं समस्याहरु निम्न दुई प्रकारका छन । 

1. Group Think समूह विचार_M मूह निर्णय सम्वन्धि समस्याहरु _


हरेक संगठनमा औपचारिक तथा अनौपचारिक समूहहरु रहेका हुन्छन । ति समूहहरुले निर्णय कार्यमा प्रत्यक्ष एवं अप्रतक्ष्य रुपमा प्रभाव पार्दछन । कतिपय अवस्थामा समूह निर्णयहरु विवादित पनि हुन्छन । त्यसैले समूहगत निर्णय गर्दा निकै चुनौतिहरुको सामना गर्नुपर्ने हुन्छ । खासगरेर समूह निर्णय गर्दा देखापर्ने चुनौतिहरु एवं समस्याहरु निम्न दुई प्रकारका छन । 

2. Group  Shift -समूह परिवर्तन_ M संगठनमा समूहले निर्णय गर्दा उत्पन्न हुने अतिरिक्त अवस्थालाई समूह परिवर्तन भनिन्छ । समूहले कुनै प्रसंग वृद्धि गरेर वा घटाएर निणर्य गर्दा समूह परिर्वनको अवस्था सिर्जना हुन्छ । यस किसिमको अवस्थामा व्यक्तिगत जिम्मवारी वहन गर्नु पर्दैन समूहले नै सम्पूर्ण जोखिम बहन गर्दछ । समूह परिवर्ननले व्यक्तिको मूल्य, मान्यता लाई पनि उत्सर्ग विन्दु सम्म पुरयाउँछ किनकी भविश्यमा कुनै पनि सदस्यले व्यक्तिगत रुपमा उत्तरदायि हुनु पर्दैन । जस्तैः एक व्यवस्थापकले बर्षको १ करोड मुनाफा आर्जन गर्ने निर्णय गर्दछ । तर समूहगतरुपमा १ करोड ५० लाख आर्जन गर्ने निर्णय गरिन्छ भने त्यसको जिम्मेवारी व्यक्ति नभई समूह हुन्छ । 

 

7.9. Concept of Team: -टोली÷दल को अवधारणा _ कुनै निश्चित लक्ष्य एवं उद्देश्य हासिल गर्नको लागि गठन भएको औपचारिक समूहलाई टोली भनिन्छ । अर्थात कुनै विशेष कार्य सम्पादन गर्नका लागि विभिन्न योग्यता, क्षमता, दक्षता र अनुभव भएका व्यक्तिहरुको समुह निर्धारण गर्नुलाई टोली भनिन्छ । टोली एउटा कार्य समूह हो । टोलीलाई प्रभावकारी ढंगबाट व्यवस्थित गर्न सकियो भने त्यसले संगठनको कार्यकुशलता तथा क्षमतामा अभिवृद्धि गर्दछ ।


 


Group                                                   Team

सामान्यतया समूह र टोली एउटै जस्तो लागेता पनि यी दुवैका विचमा निकै अन्तर छ । समूहहरु औपचारिक र अनौपचारिक हुन्छन भने टोली औपचारिक मात्र हुन्छन । समूहका सदस्यहरुले छुट्टाछुट्टै कार्य सम्पादन गर्दछन तर टोलीका सदस्यहरुले सामूहिक रुपमा एउटै कार्य गर्दछन । कार्य समूहमा नेतृत्व, नियन्त्र र निर्देशन जस्ता कार्यहरु हुन्छन तर टोलीमा समन्वयात्मक कार्यद्वारा सवैले नेतृत्व र नियन्त्रण गर्दछन ।

According to Robbins and Coulter "Work teams are formal groups made up of interdependent individuals, who are responsible for the attainment of a goal. " कार्यटोली अन्तरनिर्भर व्यक्तिहरु मिलेर बनेको औपचारिक समूह हो जो एउटा लक्ष्य प्राप्तिका लागि जिम्मेवार हुन्छन ।


निष्कर्षमा निश्चित लक्ष्य हासिल गर्नको लागि सदस्यहरु समूहमा आवद्ध हुन्छन समन्वयात्मक रुपले योगदान गर्दछन र सामूहिक प्रयासबाट परिणाम हासिल गर्दछन भने त्यस प्रकारको औपचारिक संस्थालाई टोली भनिन्छ ।

7.1. Nature of Team

1. Small in size (2) Collective Performance  (3) Interaction  (4) Creativity (5) Mutual Trust (6) Clear goal setting (7) Effective communication (8) Cooperation

7.11. Types of Team

1) Problem Solving Team: कार्यस्थलको विशिष्ट वा खास किसिमको समस्या समाधान गर्ने उद्देश्यले अधिकतम १२ जना सदस्यहरु सम्मिलित गठन गरिएको समूहलाई समस्या समाधान टोली भनिन्छ । जव दैनिक कार्य सम्पादनको क्रममा जटिल र गम्भिर प्रकृतिका समस्याहरु देखापर्दछन तिनीहरुको सजिलै र उत्कृष्ट तरिकाले निरोपण गर्न विभिन्न विभाग र शाखाहरुमा कार्यरत अनुभवी व्यक्तिहरु समावेश गरेर यस किसिमका दलहरु निर्माण गरिएका हुन्छन । आवश्यकता अनुसार संगठन वाहिरबाट समेत विज्ञहरु राख्न सकिन्छ । समस्या समाधान टोली कम्तीमा पनि हप्ताको एक दिन छलफलको लागि बस्दछन र समस्याको गहन रुपले अध्ययन, अनुसन्धान र विश्लेषण गर्दछन । समस्या समाधानका विभिन्न विकलप्हरुको पहिचान गरेर अन्तमा समस्याको समाधान गर्दछन ।

2) Cross Sectional Team -मिश्रित कार्यगत टोली_M संगठन श्रङखलाको एउटै तह तर विभिन्न विभाग वा कार्यक्षेत्रका कर्मचारीहरुबाट विशिष्ट कार्य सम्पादन गर्न गठन गरिएको दललाई मिश्रित कार्यगत टोली भनिन्छ । यस किसिमको टोलीका सदस्यहरु प्राय समान स्तरका हुन्छन तर उनीहरुको क्षमता, दक्षता, स्तर र अनुभव भने फरक फरक हुन्छ । सदस्यहरुले विभिन्न विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकोले उनीहरु संग विभिन्न क्षेत्रको विशिष्टता रहेको हुन्छ ।

3) Virtual Team –-यथार्थ÷परोक्ष दल_M आधुनिक संगठनहरुमा कार्य प्रभावकारीता वृद्धि गर्नको लागि आधुनिक प्रवधि र संचार मार्फत अन्तरक्रिया गर्ने स्वतन्त्र व्यक्तिहरुको समूहलाई यथार्थ टोली भनिन्छ । यस किसिमको टोलीले तीव्र गतिमा परिवर्तित अवसरहरु पहिचान गरेर त्यसको सदुपयोग गर्न सक्ने सामथ्र्य राख्दछ । कुनै किसिमको छलफलका लागि सदस्यहरुल]] Internet, email, video conference, cell phone, Phone, intercome आदि विद्युतिय संचार माध्यमहरु प्रयोग गर्दछन र प्रत्यक्ष भेटघाट गरिरहुन पर्दैन । आवश्यकता अनुसार कहिलेकाही उनीहरु आमनेसामने पनि वैठक बस्न सक्दछन तर समय र लागत कम गर्न सञ्चार माध्यम नै वढी उपयोगी हुन्छन ।

4) Self Managed Team -स्वयं व्यवस्थित टोली_M कुनै विशेष कार्य सम्पादन गर्न स्वस्र्फुतरुपमा दशदेखि १५ जनासम्म मिलेर बनेको समूहलाई स्वयं व्यवस्थित टोली भनिन्छ । यस किसिमका टोलीहरुले आफना सदस्यहरु स्वयं आफै छनौट गर्दछन । कार्य समूह भित्र धेरै मानिसहरु हुन्छन र समस्या समाधानको लागि आपसमा अन्तरक्रिया गर्दछन । यिनीहरुलाई वाहिरबाट कुनै किसिमको हस्तक्षेप गरिदैन । कार्यदलका सदस्यहरु स्वयंनियन्त्रित हुन्छन । त्यसैले यसलाई स्वायत्त र अधिकार सम्पन्न समूह पनि भनिन्छ ।

 7.12. Team Process:

1) Common goals/objectives: प्रभावकारी टोली निर्धारण गर्नको लागि सर्वप्रथम टोलीको साझा लक्ष्य एवं उद्देश्य निर्धारण गर्नु पर्दछ । उक्त साझा लक्ष्य हासिल गर्नको लागि अन्य विभागीय तथा तह गत लक्ष्यहरु निर्धारण गरिन्छन । यस किसिमका लक्ष्यहरुले दलको कार्यदिशा तय गर्दछन । टोलीका सवै सदस्यहरु उक्त लक्ष्यहरु हासिल गर्न क्रियाशील रहन्छन ।

2) Specific Goals: टोली प्रक्रियाको यो चरणमा साझा लक्ष्य हासिल गर्नको लागि विशिष्ट लक्ष्य निर्माण गरिन्छ । यसले टोलीको लक्ष्यसंग सम्वन्धित पक्षहरुलाई प्रष्ट जानकारी दिन सहयोग गर्दछ । कसले कुन कार्य गर्ने भन्ने वारेमा मार्गदर्शन गर्दछ र सदस्यहरुलाई निर्धारित लक्ष्यमा केन्द्रित हुन सहयोग गर्दछ ।

3) Team Efficiency -टोली सामथ्य{_ टोलीका सदस्यहरुमा लक्ष्य हासिल गर्न आत्मविश्वास, धैर्यता र लगनशीलता हुनुलाई टोली सामथ्र्य भनिन्छ । सदस्यहरुलाई तालिमको व्यवस्था गरेर उत्प्रेरित गर्नुपर्दछ ।  आवश्यकता अनुसार कुनै सदस्यले नेतृत्व पनि गर्दछन ।

4) Mental Models -दिमागी नमुना_ टोलीमा सहभागि भएका सदस्यहरु विभिन्न क्षेत्र, तह र सीप भएका हुन्छन । उनीहरुले प्राप्त गरेको विशिष्टता पनि फरक फरक किसिमको हुन्छ । त्यसैले कार्य सम्पादनको लागि सवैको एउटै शोच तयार गर्नुलाई दिमागी नमुना भनिन्छ । जसमा कुन काम कहिले र कसरी गर्ने भन्ने सम्वन्धमा सामुहिक आत्मविश्वास हुन्छ ।

5) Conflict Level -द्वन्द्व तह_M द्वन्द्व सदस्यहरुका वीचमा देखा पर्ने असहमति हो । द्वन्द्वले सकारात्मक भावनाको समेत विकास गर्दछ । निश्चित तहको कार्यगत द्वन्द्वले नया विकल्प विकास गर्न, छलफल गर्न र समस्या समाधान गर्न प्रोत्साहन गर्दछ । द्वन्द्वलाई सही तरिकाले व्यवस्थापन पर्न सकेमा यसले टोली प्रभावकारीता वृद्धि गर्न सहयोग गर्दछ ।

6) Social Loafing -सामाजिक आलस्यता÷वरालिन'_M टोलीका सदस्यहरु विना काम समय विताउनका लागि साथीभाईहरु संग घुम्न जाने , कार्य समय नष्ट गर्ने र काम छल्ने प्रवृत्तिलाई सामाजिक आलस्यता भनिन्छ । समूहमा व्यक्तिगत रुपमा कम मात्र जिम्मेवारी लिन चाहने प्रवृत्ति यसमा हुन्छ । यसले दलको प्रभावकारीता काम गर्दछ । अतः प्रभावकारी दल निर्माण गर्नको लागि सदस्यहरुलाई व्यक्तिगत र सामुहिक रुपमा उत्तरदायि बनाउनु पर्दछ ।

Post a Comment

0 Comments