Monetary Policy


मौद्रिक नीति

मुद्राको आपुर्तिलाई व्यवस्थापन गर्न अपनाइने नीति, अर्थतन्त्रमा मुद्राको स्तर कति रहनुपर्छ र मुद्रा अर्थतन्त्रको कुन कुन क्षत्रमा प्रभाहित वा उपयोग हुनुपर्छ भनी निर्धारण गर्र्र्न नीति नै मौद्रिक नीति हो । 

नेपालको सन्दर्भमा राष्ट्र वैंकले निश्चित आर्थिक उद्देश्यहरु पुर्ति गर्नका लागी विभिन्न मौद्रिक उपकरणद्धारा मुद्धाको आपुर्तिमा ल्याउने परिवर्तन नै मौद्रिक नीति हो । 

मुल्य संग मुद्राको सोझो सम्वन्ध हुन्छ । अर्थतन्त्रमा मुल्य घटाउनु परे मुद्राको आपुर्ति घटाउनु पर्छ र बढाउनु परे मुद्राको आपुर्ति बढाउनु पर्छ । मौद्रिक नीति केन्द्धीय वैंकले तर्जुमा कार्यान्वयोन र परिमार्जन गर्दछ । त्यसैले मौद्रिक अधिकारी नै केन्द्रीय वैंक हो । 

नेपाल राष्ट्र वैंक ऐन, २०५८ आए पछि आ.व.२०५९।६० देखि प्रत्यक वर्ष मौद्रिक नीति सार्वजनिक गरिदै आएको छ । यसै गरी २०६१–६२ देखि मौद्रिक नीतिको अर्ध वार्षिक समिक्ष्ँँ र आर्थिक वर्ष २०७३।७४ देखी मौद्रिक नीतिको त्रैमासिक समीक्षा समेत सार्वजनिक गर्दै आएको छ ।

यसरी अर्थतन्त्रको वृहत आर्थिक उद्देश्य हासिल गर्न ( रोजगारी, गरीवि निवारण, मुद्रास्फीति, आर्थिक वृद्धि) कुनै पनि देसमा केन्द्रीय मौद्रिक निकायले जारी गर्ने मुद्राको पुर्ति, व्याजदर, विनिमयदर र साख नियन्त्र सम्वन्धि नीति नै मौद्रिक नीति हो । 

मौद्रिक नीतिले वित्तीय नीतिको परिपूरक नीतिको रुपमा रही मुद्राको पुर्तिको व्यवस्थापन मार्फत अर्थत्रन्त्रलाई स्थायीत्व दिन्छ ।  

Key Points:

मुद्राको परिमाण घटवढ गर्न केन्द्रीय बैङ्कले अपनाउने नीति​

* मौद्रिक नीतिको वर्तमान स्वरूप सन् १९२० को दशकमा उत्पत्ती भएको मानिन्छ ।​

* शास्त्रीय अर्थशास्त्रीहरूले आफ्ना सिद्धान्तहरूमा मौद्रिक नीतिलाई विशेष स्थान दिएका थिए ।​

* देशको केन्द्रीय मौद्रिक अधिकारीबाट जारी हुन्छ । ​

* वित्तीय नीति जारी भएपछि त्यसलाई सघाउने हिसाबले जारी हुन्छ ।​

* मौद्रिक तथा वित्तीय स्थायीत्वलाई महत्व दिन्छ ।

*  सन् १९३६ मा किन्सको क्रान्ति पश्चात आएको नयाँ अर्थशास्त्र (Macro economics) सँगसँगै मौद्रिक नीति झण्डै मृत प्रायः भयो भने सन १९५६ मा अर्थशास्त्री Milton Friedman लगायत उनका सहकर्मीहरूले मौद्रिक नीतिलाई महत्व दिंदै पुनः जीवित गराए ।​उनीहरूले  'Money does matter' भनि सिद्ध गरे Only money matters भन्ने तर्फ अघि सारे ।​


मौद्रिक नीतिको प्रकारहरु

केन्द्रीय वैंकले जारी गर्र्र्ने मौद्रिक नीतिमा विभिन्न मौद्रिक औजारहरु (परिमाणात्मक र गुणात्मक) के कसरी कुन उद्देश्यले प्रयोग भएका हुन्छन भन्ने आधारमा मौद्रिक नीतिलाई दुई प्रकारमा विभाजन गर्न सकिन्छ ः

१) विस्तारकारी मौद्रिक नीति -Expantionary Monetary Policy​)

अर्थव्यवस्थामा वा वित्तीय प्रणालीमा मुद्राको पुर्ति कम हुदा मुद्राको पुर्तिलाई विस्तार गर्ने वा फैलाउने उद्देश्य बाट प्रेरित भई जारी गरिएको मौद्रिक नीतिलाई विस्तारकारी मौद्रिक नीति भनिन्छ ।​

यस नीति अन्र्तरगत मौद्रिक औजारहरुलाई अर्थतन्त्रमा वैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह गर्ने क्षमता वृद्धि हुने गरी प्रयोग गरिन्छ , तसर्थ यस्तो नीतिमा खुला बजार प्रकृयाबाट र वैंक दर घटाउने गरी यस्ता औजारलाई प्रयोग गरिन्छ । जस्लाई निम्न चित्रवाट पनि गर्न सकिन्छ 




२. संकुचनकारी मौद्रिक नीति (Contractionary Monetary Policy)

​ * अर्थतन्त्रमा मुद्राको पुर्तिलाई संकुचन गर्ने घटाउने उद्देश्यले प्रेरित भई जारी गरिएको मौद्रिक
नीतिलाई संकुचनकारी मौद्रिक नीति भनिन्छ । ​
यस नीतिमा खुला बजार प्रक्रियाबाट T-Bill तथा अन्य सरकारी प्रतिभुतिहरु जारी गर्ने
Reverse Repo गर्ने तथा CRR, SLR ,Bank Rate बढाउने गरी मुद्राको संकुचन गरिन्छ
र समग्रमा वित्तीय प्रणालीमा वैंकको कर्जा प्रवाह क्षमता घटाउने र मुद्राको पुर्तिलाई संकुचीत गरिन्छ ।

मौद्रिक नीतिका उद्देश्यः

 मुल्यस्थिरता: अर्थतन्त्रमा मुद्रास्फीति र संकुचनको प्रभाव पर्न नदिने वा काम प्रभाव पर्ने व्यवस्था मिलाउने,

विनियमदर स्थिरता. अस्थिर हुँदा अन्तर्राष्ट्रिय व्यापार तथा भुक्तानी सन्तुलनमा नकरात्मक असर पर्ने

हुँदा विनिमय दरलाई निर्धारित स्तरमा राख्ने काम मौद्रिक नीतिको हो

मौद्रिक तटस्थताः अधिक र न्यून मुद्रा प्रदायकले मूल्य, व्याजदर र भुक्तानी सन्तुलनमा नकारात्मक

प्रभाव पार्ने हुनाले मौद्रिक स्थायित्व राख्ने काम मौद्रिक नीतिको हो ।

√ तरलता व्यवस्थापनः बजारमा मुद्राको मात्रा बढी भए घटाउने र कम भए बढाउने,

V आर्थिक विकासः आर्थिक वृद्धि, रोजगारी सिर्जना, गरिवी निवारण मार्फत

● भुक्तानी सन्तुलन: भूक्तानी सन्तुलन वा शोधानान्तर स्थिति अनुकूल वनाईराख्ने,

अन्य उद्धेश्यहरु

√ वचत र लगानीवीच सन्तुलन कायम गरी रोजगारी सृजना गर्नु

← उत्पादन र उत्पादकत्व वृद्धि गर्नु,

● बैंकिक क्षेत्रको नियमन गर्नु,

वित्तीय संस्थाहरुको स्थापना र विस्तार,

√ वित्तीय पहुँच तथा समावेशीकरण

√ सुरक्षित, स्वस्थ र प्रभावकारी आन्तरिक भुक्तानी व्यवस्थाको जगेर्ना गर्ने,

मौद्रिक नीतिका औजारहरू


 नेपालमा मौद्रिक नीतिको प्रभावकारीता (Effectiveness of Monetary Policy in Nepal )

1. मुल्य स्थायीत्व

2. वाहय क्षेत्र स्थायीत्व

3. वित्तीय क्षेत्र स्थायीत्व

4. वैंकिंग पहुच

5. सुरक्षित भुक्तानी प्रणालीको विकास

6. आर्थिक वृद्घि

 

 

 

Post a Comment

1 Comments