What is Computer ? कम्प्युटर
भनेको के हो ?
'"कम्प्युटर"' Scientific बैज्ञानिक आविस्कार द्धारा गरिएको बिज्ञानको एक अति
उन्नत विकास भएको
यन्त्र या उपकरण हो।जसलाई नेपालीमा ' सुशाङख्या ' पनि
भनिन्छ।यो एक मानव निर्मित Deviceयन्त्र भएतापनि मानब लेनै घण्टौ,घण्टा
लगाएरपनि गर्न नसक्ने कुनै पनि सरल या जटिल काम लाई क्षीणभरमै सरल तरिकाले छिटैनै
गर्न सक्दछ ।यो मानवजातीले बनाएतानि यसको मेमोरी मानवजातीको भन्दा अरबौ गुणा बढी
हुने हुदा यस भन्दा अरबौ गुणा बढी हुने हुदा यस एक्काईसौं शताब्दी मा कम्प्युटर
अति आवस्येक भएकोछ।यो एउटा प्रोग्रामेबल यन्त्र हो।यस यन्त्रको बनावट लगातार
स्वचालित भई गणितिय अथवा तार्क्रिक क्रमांकहरुको
कार्य पुरागर्ने यन्त्र हुन्छ ।
कम्प्युटर भन्नाले स्वचालित रूपमा शब्द, अंक, चित्र तथा
आवाजहरूलाई प्रशोधन तथा भण्डारण गर्न सक्ने विद्युतिय साधन भन्ने बुझिन्छ। यो शब्द ल्याटिन
भाषाको कम्प्युटारे Computare भन्ने शब्दवाट व्युत्पत्ति भएको हो जसको अर्थ हरहिसाब गर्नु
भन्ने हुन्थ्यो। हरहिसाब गर्न सरल बनाउने उद्देश्यका साथ मानवजातीले गरेको निरन्तर
अध्ययन र विकासको नतिजा आज कम्प्युटर अत्यन्त शक्तिशाली, शिघ्र प्रशोधन र
व्यापक भण्डारण गर्न सक्ने साधनको रूपमा प्रस्तुत भैरहेको छ र यसको विकास गति अथै
थामिएको छैन बरू अझ उच्च दरमा बढ्दैनै छ। आधुनिक युग को बिकास मा कम्प्युटर को
योगदान अमूल्य हरेको छ। किनकिआज एक्काईसौं शताब्दी को युगमा कुनै पनि क्षेत्रमा जस्तै सरकारी कम
काज देखि लिएर बिजिनेस क्षेत्र मा उदाहरण जस्तै हवाई जहाज टिकेट ATM card एटीएम कार्ड मेसिन
Digital studio डिजिटल
स्टूडियो कुनै पनि कम को लागि बिज्ञान टेक्निक संचार एबं शिक्षा को साथ
कम्प्युटर को अहम् भूमिका रहेको छ। आज को यो युग मा सबै काम लाई एक सुत्र मा
बाधिदिएको छ Internet इन्टरनेट ले त Computer कम्प्युटर को प्रचार-प्रसार को बडो
भूमिका निभाएको छ आज हामी यहि इन्टरनेट ले गर्दा नै संसार को एक कुना बाट
दोस्रो कुना मा आखा झिमक नहुदै सम्पर्क गर्न सकिन्छ। जस्तै Email इमेल ले त पत्र
ब्यबहार को काम छिन भर मै गरिदिन्छ जसलाई हुलाक या डाक बाट कयौ दिन लाग्थियो
जस्तो तरिका ले कम्प्युटर को विकास भएको छ तेस्तै तरिका बाट नै दुनिया
को विकास पनि उन्नत भएर गएको छ यसै ले त अब को यूग लाई कम्प्युटर को युग भनिन्छ यसले
हर क्षेत्र को एक नया आयाम दिन्छा शिक्षा को क्षेत्र यसको बढी महत्व छ
आज को यो पाठ्यक्रममा Computer कम्प्युटर अनिबार्य बने को छ संगीत सुन्न होस् या फिल्म हेर्न Computer कम्प्युटर कै
आबसेकता छ यसै खुबी भएकोले कम्प्युटरको हर कार्यमा सक्षम को प्रमाण प्रदान गर्दछ। Computer कम्प्युटर मा
प्रयोग हुने आई.सी.चिप सिलिकन ले बनेको हुन्छ ।कम्प्युटर एउटा अति नै उपयोगी
विद्यूतीय उपकरण हो जसले छिटोछरितो रूपले दिइएको तथ्यांङ्क प्रशोधन गरी चाहिए जसरी
प्रस्तुत गर्दछ। सानोदेखि ठूलोसम्म हरहिसाब छिनमै गर्ने, ठूलठूला रेकर्डहरू
राख्ने र चाहिएका बेला हेर्न, झिक्न सकिने भएकाले दिनदिनै यसको लोकप्रियता बढीरहेको छ। टाइप
गर्न होस् वा घरबसीबसी विश्वभर सुचना आदान प्रदान गर्न होस्, सिनेमा हेर्न होस्
वा खेल खेल्न आधुनिक युगमा कम्प्युटर हरेक घरको अनिवार्य आवश्यकता हुन थालेको छ।
त्यसैले यसबारे सामान्य जानकारी हासिल गर्न सबैका लागि आवश्यक छ।
कम्प्युटर लोकप्रिय हुनाका कारणहरूः
Compatible (हरेक क्षेत्रमा प्रयोग हुनसक्ने)- यसले आवश्यकता
अनुसार विभिन्न क्षेत्रको काम गर्नसक्ने बनाउन र विभिन्न क्षेत्रमा काम लगाउन
सकिन्छ। सिंगो कम्प्युटर एक्लै चलाउन सकिन्छ भने विभिन्न अन्य उपकरणहरूलाई संचालन
र नियन्त्रण गर्नमा पनि यसको उपयोग हुन्छ।Efficient
(प्रभावकारी)-
यसले सानासाना देखि लिएर ठूला ठूला जटील र झन्झटिला कामहरू नथाकिकन निरन्तर गरिरहन
सक्छ।Reliablity (विश्वसनीय)- यसले कठीन र जटील कामहरू सही ढंगले गर्दछ। मानिसले गर्ने
काममा अन्जानमै गल्तीहरू हुने सम्भावनाहरू धेरै हुन्छन् तर कम्प्युटरलाई सही
तथ्याङ्क र सही निर्देशन दिएमा यसले गर्ने काममा गल्ती (Error) हुँदैन।Storage & Quick
Processing (भण्डारण र
तीब्र तथ्याङ्क प्रशोधन)- यसले धेरै तथ्यांङ्क भण्डार गर्ने र चाहिएको बेलामा
आवश्यकता अनुसार छानेर झट्टै उपलब्ध गराउन सक्छ।आधुनिक जमानामा सूचना प्रणाली (Information Technology) को विकास भै विश्वब्यापी रूपमा यसले बजार मात्र लिन सकेको होइन कि
ब्यापक लोकप्रियता पनि हासिल गर्नसक्यो। इन्टरनेटको आविस्कारबाट इ-कमर्स
(विद्यूतिय ब्यापार) सम्भव भयो। अब मानिसले घर बसी-बसी विश्वको कुनैपनि ठाउँबाट
चाहिएको बस्तु हेर्न, मोलतोल गर्न र किन्न पनि सक्ने भयो। इन्टरनेट र
इमेलको प्रयोगबाट छोटो समयमा, सस्तो मोलमा विश्वका कुना-कुनामा चिठीपत्र-समाचार
आदान प्रदान गर्न मात्र होइन अहिले त इन्टरनेट फोन मार्फत लोकल फोन सरह अमेरिका, अष्ट्रेलिया
आदि टाढाटाढाका देशहरुमा फोन गर्न सकिने भएको छ। त्यसैले आधुनिक युगका नरनारी
सूचना प्रणाली तर्फआकर्षित हुन थाले र विश्व बजारका ब्यापारीहरु पनि यसै क्षेत्रमा
लगानी गर्न हात धोएर लाग्न थाले। यी सबैको पछाडी एउटै कुरा थियो कम्प्यूटर। भू उपग्रहभित्र
र पृथ्वीमा रहने भू उपग्रह केन्द्रको कन्ट्रोल रुममा रहने कम्प्यूटरले एक
सेकेण्डको सयौं भागमा सूचना आदान प्रदान गर्ने भएकोले अत्याधुनिक सूचना
प्रविधिहरुको विकास गर्न सम्भव भयो।
कम्प्युटरमा
मुख्यतः ३ अंग हुने गर्छन्
१. इनपुट (Input) -तथ्यांक हाल्ने माध्यम
२.प्रोसेसर
(Processor)-
कार्य
सम्पादन कक्ष
३.आउटपुट
(Output)
-निस्कने
माध्यम
Input
इनपुट डिभाइस मा किबोर्ड, माउस, स्क्यानर, माइक्रोफोन, जोएस्टीक पर्दछन्। यी डिभाइसहरूबाट कम्प्युटरलाई काम
अह्राउने र तथ्यांक हाल्ने गरिन्छ।
Processor
प्रोसेसिङ (सम्पादन कक्ष) मा सिपियू बाकस पर्दछ।
प्रोसेसरले अह्राए अनुसार तथ्यांकलाई प्रशोधन गर्ने गर्दछ।
Output
आउटपुट डिभाइस (निस्कने माध्यम) का माध्यमबाट
कम्प्युटरले प्रशोधन गरेका तथ्यांकहरू हेर्न वा झिक्न सकिन्छ। मोनिटर प्रिण्टर, साउण्ड बक्स आदिलाई आउटपुट डिभाइस का रूपमा लिन
सकिन्छ।
यो कम्प्युटरको स्क्रीन हो। कम्प्युटरमा के काम भैरहेको छ, के काम गर्न के निर्देशन (Command) दिनु पर्छ भन्ने हेर्न मोनिटर
प्रयोग हुन्छ। मोनिटर सिपियू बाकसको VGA
(Display कार्ड) मा डाटा केबुल (VGA केबुल) का माध्यमबाट जोडिएको हुन्छ।
Computer hardware कम्प्युटर हार्डवेयर
कम्प्युटर को सम्पूर्ण पाट
पुर्जाहरु जस लाई छुन या हेर्न सकिन्छ,त्यसलाई हार्डवेयर भनिन्छ
।हार्डवेयर ।हामीले चलाउने कम्प्युटर विभिन्न पुर्जा , यन्त्र र
संयन्त्र मिलेर बनेको हुन्छ । अथवा नेपालीमा पुर्जा हरु सबै यन्त्र लाई
हार्डवेयर भनिन्छ ।यहाँ मानब सरिर लाई उदाहरण बनाउदा बुज्न सजिलो हुन्छ .
हाम्रो सरिरको सबै अंगलाई हामी hardware
भनौ । अनि हाम्रो काम गर्ने, सोच्ने र
जवाफ दिने प्रकिया चलाउने संयन्त्रलाई हामी software भनौ . हुनत मानब मस्तिस्क कसरि
संचालन हुन्छ भन्ने बारेमा कुनै लेख छैन. तर अहिलेलाई यो उदाहरण राम्रो हुन्छ
बुज्न को लागि ।सबै कम्प्युटर मा उस्तै किसिम को हार्डवेयर हुदैन Desktop कम्प्युटरहरुमा
भने धेरै समनता पाईन्छ ।Desktop भन्ना ले हामीले घरमा प्रयोग गर्ने घरेलु कम्प्युटर
हो । Laptop चाही सानो
कम्प्युटर हो जसमा CPU र screen एकै ठाउँमा जोदिएको हुन्छ ।यसलाई
अर्को शब्द मा नोटबुक पनि भनिन्छ ।
बिशेष रुप मा कम्प्युटर हार्डवेयर । जस्तै
किबोर्ड
माउस
जोयस्टिक
अप्टिकल क्यारेक्टर रिडर
एलसिडि
कम्प्याक्ट डिक्स
फ्लपी डिक्स
मेमोरी
RAM र्याम
हार्ड डिक्स
माईक्रो प्रोफेसर
माईक्रो कन्ट्रोलर
प्रिन्टर
प्लटर
कम्प्युटर-संरचना
कम्प्युटर कुनै पनि तरह को कल पुर्जा ,hardwares एबं प्रकिया सामग्री अर्थात् software को परस्पर समन्वयन ले बन्दछ hardwares आपस मा एक दोस्रो को साथ मा मिलाएर जोडेरा
कम्प्युटरको ढाँचा तैयार गरिन्छ । अनि प्रकिया सामग्री (software)हर पुर्जा
ले उनीहरुको निर्दिष्ट कार्य गर्दछन ।
कम्प्युटर बनाउन लाइ प्रयोग
मा आउने वाला प्रमुख कल-पुर्जा (hardwares)यस प्रकार छन
१) केन्द्रिय प्रचालन तंत्र (CPU- Central processing Unit,proce ssor ) यस लाई माईक्रोप्रोसेसरपनि भनिन्छ ।यसमा कम्प्युटर को प्रमुख
अंग हुन्छ। माईक्रोप्रोसेसर
मै उपयोगकर्ता द्वारा निर्दिष्ट सबै निर्देशन कार्य गर्दिन्छ ।प्रोफेसर को तिन
मुख्य खण्ड हुन्छन ।CU -कन्ट्रोल युनिट ,ALU -अरिथमटिक एण्ड लोगिकल युनिट ,तथा MU -मोमोरी युनिट ।कन्ट्रोल युनिट सारै प्रक्रिया मा नियान्त्रण राख्ने
तथा दिएको निर्देशन को आधारमा सबै कम को ALU या MU को बिपरित गरिदिन्छ ।यस लाई कम्प्युटर को मष्तिकस्क पनि भनिन्छ
यिन का क्षमता किलोहर्ट्ज ,मेगाहर्ट्ज तथा गिगाहर्ट्ज आदि मा नापिन्छ ।
२)यादृच्छिक अभिगम (Ram _Random Access Memory ):
RAM कम्प्युटर को अस्थाई स्मृति हो ,यो कम्प्युटर को प्राथमिक संग्रहण उपकरण हो ।यसको CPU साथ सिधा सम्पर्क हुन्छ।उपयोगकर्ता द्वारा भरिएको
जानकारी तथा निर्देशन हरु अँपरेटिंग सिस्टम बताई सर्बप्रथम RAM मै आउद्छ ,फेरी पनि जानकारी को CPU ले जरुरता अनुसार RAM बाटै लिन्छ ।अनि काम को पछाडी उसमै पुन :RAM कै साथ पठाई दिन्छ ,जहाँ बाट अपरेटिंग सिस्टम ग्रहण गर्दछ RAM को स्मृति क्षणभंगुर हुन्छ जब तक
कम्प्युटर मा बिद्युत प्रावाहित हुन्छ RAM को स्मृति तबतक बनिरहन्छ।जसरि बिद्युत प्रवाह खण्डित हुन्छन RAM को स्मृति नष्ट भएर जान्छ परीणामस्वरूप उस को स्थित
सारा जानकारी लुप्त भएर जान्छ यिन क क्षमता किलोबाईट ,मेगाबाईट तथा गिगाबाईट मा नापिन्छ ।
३)मुख्य तंत्र पटल (Main \System \Mother Board ):
यसलाई बिभिन्न नाम ले बुझिन्छ मदरबोर्ड ,सिस्टमबोर्ड तथा मेनबोर्ड कोहि यसलाई
प्लानर भन्दछन ।यो एक प्रकार को सर्किटबोर्ड हुन्छ ,जसले अन्य सबै पुर्जा एक बिशेष प्रणाली को तरह परोक्ष या अपरोक्ष रुप
बाट आपस मा जोडेको हुन्छ ,जस ले सबै पुर्जा को बीच
लगातार परस्पर समन्वयन एवं संवाद स्थापित रहन्छन ,माइक्रोप्रोफेसर,RAM ,चिपसेट ,ग्राफिककन्ट्रोलर ,अन्य इनपुट -आउटपुट कन्ट्रोलर
मदरबोर्ड मै स्थापित गरेको हुन्छ ।यिनका कार्यक्षमता नाप्ने का इकाई FSB (फ्रन्ट साइडबस )हुन्छ ।
४)अनम्यिका (HDD -Hard disk )
यो
कम्प्युटर को स्थाई स्मृति हो ।यस मा स्थापित गरिएका जानकारी सधै को लागि बन्द्छन ,यो कम्प्युटर को द्वितीयक संग्रहणउपकरण
हुन्छ ,यिन क क्षमता RAM भन्दा ज्यादा हुन्छन ,अथवा यी
ढेरों जानकारी संग्रह गरि राख्न लाई क्षमता हुन्छ यी RAM को तरह क्षणभंगुर हुदैनन् ।बिधुत संचार बन्द भए पछि पनि यस जानकारी हरु रक्षित बनेर रहन्छन।यस्म रक्षित भएका जानकारी हरु
मेट्न नसकिने हुन्छन ,यस लाई यसरि मेटिन्छ कि जब उपयोगगर्ने वलले नै चाहेमा मात्र यी मदरबोर्ड को IDE (ATA )अथवा SATA कन्ट्रोलर बाट जोडिएको हुन्छ ।यिन का क्षमता मेगाबाईट ,गिगाबाईट,टेराबाईट ,पीकाबाईट,आदि मा अंकित गरिन्छ ।यह कम्प्युटर मा स्थायी रुपले बनेर रहेको हुन्छ ,यसैले दस्तावेज आदान -प्रदान को लागि सामान्याताय यसै ले त एक कम्प्युटर बाट निकालिएको अर्को कम्प्युटर मा यो लाग्दैन ।
५)सघन चक्रिका चालन (CD \DVD Rom -Compact \Video Disc Drive ):
हार्ड डिस्क को बिपरित
काँम्पेक्ट डिस्क सजिलै निकाल्न सक्ने खाले हुन्छ यसलाई सजिलै एक बाट अर्को
फेर्न या लगाउन सकिन्छ जस्तो कि दस्तावेज को आदान -प्रदान सजिलै गरिदिन्छ ।
७) दृश्यपटल यन्त्र / प्रदर्श (Monitor):
मनिटर या प्रदर्शन कम्प्यूटरले गरेको कम को नतिजा
देखाउने एक डिजिटल विद्युतीय प्रदर्शन यन्त्र हो। यो हामीले चलाउने
कम्प्युटर मा जडान गरिएको hardware यन्त्र हो
जसको सहयता ले हामीलाई कम्प्युटर को कम जानकारी को दृष्य आफ्नो
आँखा मा देखयिदिन्छ। यसलाई अंग्रेजी मा Display डिस्प्ले या Monitor भनिन्छ।"A monitor or a display is an electronic visual display for
computers" मनिटर कम्प्युटर को स्क्रीन हो जसलाई नेपालीमा
प्रदर्शन पनि भनिन्छ। जहाँ हामी कम्प्युटरको कार्यक्रम कम सजिलै हेर्दछौ । पहिले
पहिले यी मनिटरहरू मोनोक्रोम (एकै रंगको) हुने गर्थ्यो अहिले सबै रङिन हुन्छन्
मनिटर को काम प्रदर्सन गर्नु हो।यो कम्प्युटरको स्क्रीन हो। कम्प्युटरमा के काम
भैरहेको छ, के काम गर्न के निर्देशन (Command) दिनु पर्छ भन्ने हेर्न मोनिटर
प्रयोग हुन्छ। मोनिटर सिपियू बाकसको VGA
(Display कार्ड) मा डाटा केबुल (VGA केबुल) का माध्यमबाट जोडिएको हुन्छ। मोनिटरको लागि
छुट्टै बिजुली चाहिने भएकाले यसमा एउटा पावर केबुल पनि जोडिएको हुन्छ। कुनै
मोनिटरमा सिपियूको पावर सप्लाई यूनिट बाटै पावर केबुल जोड्न मिल्छ भने कुनै मोनिटर
सीधै बिजुलीको प्लगमा जोडिन्छ। साधारण मोनिटर टेलिभिजन सेट जस्तै क्याथड्रे ट्युब
प्रयोग गरी बनाइएको हुन्छ। आजकल एल.सी.डी. डिस्प्ले भएका फ्ल्याट र प्लाज्मा
मोनिटरको प्रयोग पनि बढ्दै गैरहेको छ। कुनैकुनै मोनिटरबाट नै कम्प्युटरमा निर्देशन
(Command) दिन मिल्छ
जसलाइ टचस्क्रीन भनिन्छ। मोनिटरलाई भि.डि.यू. (Visual
Display Unit) पनि भनिन्छ
८) कुंजीपटल यन्त्र (Keyboard):
कम्प्युटर मा, एक कुञ्जीपाटीसँग यांत्रिक levers वा इलेक्ट्रनिक स्विच जस्तै व्यवहार गर्न, बटन वा कुञ्जीहरूको प्रबन्ध गर्दछ जसमा एक टाईपराईटर शैली यन्त्र, छ। Tele
printer शैली कीबोर्ड मार्फत पंच कार्ड र कागज टेप, अन्तरक्रिया को गिरावट पछि कम्प्यूटर को लागि मुख्य
आगत यन्त्र भए।
किबोर्ड अथवा कुञ्जीपाटी एक महत्वपुर्ण उपकरण हो
जसको प्रयोग गरेर कम्प्युटरमा अक्षर तथा अङ्कहरू पठाउन सकिन्छ । यो कम्प्युटरको एक
प्रमुख इनपुट उपकरण हो ।किबोर्ड धेरै परकर का हुन्छन । सबै भन्दा बढी चलनमा रहेको
किबोर्ड डिजाइन QWERTY हो
माऊस जस्तै अक्षरपट (keyboard ) पनि कम्प्युटर को केप्रई (CPU ) संग सम्पर्क र संचार गर्ने मध्यम हो
।टाईप गर्न keyboard चाहिन्छ ।
किबोर्ड बाट टाईप गरिन्छ । माउस बाट गरिने सबै कfम keyboard
बाट गर्न सकिन्छ । माउस keyboard को रिमोट कन्ट्रोल भन्दा पनि
हुन्छ। Keyboard मा अक्षरहरु
अनि माथि लहरै F1 F2.........F12 लेखिएका
हुन्छन ।
९) माउस (Mouse):
माउस Mouse भनेको हेर्दा मुसा जस्तो
देखिने कम्प्युटर को CPU मा तारले जोडिएको कम्प्युटर को
एउटा हार्डवायर पुर्जा हो । जसको अर्थ नेपालीमा मुसा भन्ने हुन्छ ।
कम्प्युटरलाई निर्देशनहरु दिन र कर्सर चलाउन प्रयोग गरिने गरिने एक साधन
हो।माउस को पुछार बाट एक तार निस्किएको हुन्छ यस तार लाई CPU कम्प्युटर मा जडान गरिएको हुन्छ जुन तार लाई र यसको
पुरै भाग लाई एकै चोटी हेर्दा मुसा र यसको पुछार जस्तो देखिने भएकोले यस को नाम
माउस अर्थात मुसा रहेको हो । यसमा एक देखि छ वटा सम्म बटनहरु हुन्छन ।धेरै माउस
हरुमा चक्राकार पाङ्ग्रा पनि हुन्छन । माऊसको मदतले कम्प्युटरमा भएका बटन हरु थिच्न
सकिन्छ । यसलाई टिभी को रिमोट कन्ट्रोल संग दाज्न सकिन्छ । माऊसमा दाया र बाया दुई
वटा बटन हुन्छन । जसलाई right click दया खिच्ने र lift click बाया खिच्ने
हुन्छ ।एउटालाई प्राथमिक (मुख्य) र अर्कोलाई सहायक बनाउन सकिन्छ । आफु
दाहिने वा देब्रे हात चलाउने व्यक्ति हो तेस्को आधारमा माउसलाई मिलाउन सकिन्छ ।
आजकालको नयाँ माऊसको बिचमा पाग्रा ( wheel ) पनि हुन्छ । त्यो घुमौदा कम्प्युटर मा देखिने पाना तल माथि चलाउन (
स्क्रोल् )सकिन्छ ।अनि अन्य copy र paste को कम नि
यसले गर्दछ ।यस को सबभन्दा पहिले आविष्कार डगलस एजलबार्ट ले गरेका थिए ।यस
माउस बाट संचलित पहिलो कम्प्युटर जरेक्स अल्टो हो ।
Computer software कम्प्युटर सफ्टवेयर
कम्प्युटर सफ्टवेयर, वा मात्र
सफ्टवेयर, कम्प्युटर प्रोग्राम वा
सम्बन्धित डाटा (data) हरूको एउटा
समुह हो जस्ले कम्प्युटर द्वारा दिएको सन्देश देखाउछ कि के गर्नु होस। अर्को
शब्दमा हामी भन्न सक्छौं कि सफ्टवेयरको एक वा अनेकौं कम्युटरहरूको प्रोग्राम वा
डेटा जुन कुनै मकसदलाई पुरा गर्न कम्प्युटरको स्टोरेजमा राखेको हुन्छ। एक
हरफमा भन्दा " जुन छुन र देख्न सकिन्छ ति "harware"अनि जुन देखिदैन ति software हुन । Program software performs
the function of the program it implements, either by directly providing instructions
to the computer hardware or by serving as input to another piece of
software.The term was coined to contrast to the old term hardware (meaning
physical devices). In contrast to hardware, software is intangible, meaning it
"cannot be touched"
प्रयोगकर्ता धेरै काम गर्न र
जो गर्न जहाँ कार्यक्रम कार्यक्रम सफ्टवेयर भनिन्छ कि गैर touchable
छ। यो प्रोग्रामर र विभिन्न
काम को योजना को सृष्टि छ।
सफ्टवेयर को प्रकार:
१)प्रकिया तरिका सामग्री (System Software):
सिस्टम सफ्टवेयर कम्प्युटर को
सबै अंग काCPU को साथ सामंजस्य एकात मा राखेर
हर पुर्जा बाट उसको लागि निर्दिष्ट कार्य गरिदिन्छ ।अपेरेटिङ्ग सिस्टम , सिस्टम सफ्टवेयर प्रकार हो ।यी उपयोगकर्ता दुवरा
दिएको निर्देशन को मशीनी भाषा (कम्प्युटर को आधारभुत भाषा )बाट पुन :हामी ले सम्झन लाएक भाषा मा
बदलेर दर्शाईदिन्छ ।माइक्रोसफ्ट विन्डोवज ,लिनक्स ,एप्पल मर्कीटोश ,आदि प्रमुख
अपेरेटिङ्ग सिस्टम हुन ।
२)
अनुप्रयोग प्रक्रिया सामग्री (Aplications Softwares):
एप्लिकेसन सफ्टवयेर को उपयोग दैनिक हुने हरुले कार्य
गर्न को लागि गर्दछन ।हर तरह को काम गर्न को लागि एक बिशिष्ट प्रकार को यप्लिकेसन
सफ्टवेयर हरु हुन्छन ।दस्तावेज तैयार गर्न को लागि,वर्ड प्रोसेसिङ्ग सफ्टवेयर हुन्छन ।हिसाब -किताब राख्ने तथा बहि- खाता बनाउनलाई स्प्रेडशिट सफ्टवेयर को प्रायोग हुन्छन
।तस्बिर तथा चलचित्र को संपादन गर्न लाई ग्राफिक सफ्टवेयर को प्रयाग गरिन्छ ।
कम्प्युटर - वर्गीकरण
वर्तमान समयमा कम्प्युटर हर सम्भब कम गर्न को लागि सक्षम हुनेहुदा ।यस को कार्य प्रणाली ,कार्य क्षमता एंव उसको आकार- प्रकार को आधार मा कम गर्दछन जस को क्षमता
मेनफ्रेम कम्प्युटर ,मिनी कम्प्युटर या वर्क स्टेसन क हुन्थिए ।आज कला निजि कम्प्युटर (personal computer )पनि यी भन्दा साना भए पनि
क्षमतावान भएका छन ।अझै पनि यी भन्दा ज्यादा शक्तिसाली भएर आएका छन कम्प्युटर को
संरचना ,कार्य क्षमता र कार्य प्रणाली
मा जोड ले विकास भैरहेका छन् ।यसै को मध्येनजर गरेर कम्प्युटर को एक बर्ग बिशेष को
परिधी मा सिमित गर्न अनुचित हुन्छ ।मुख्य रुपमा पर्सनल कम्प्युटर ,नोटबुक
कम्प्युटर ,पकेट कम्प्युटर ,palmtop computerपल्मटाप कम्प्युटर वर्कस्टेसन कम्प्युटरMainframe computers मेनफ्रेम कम्प्युटर तथा सुपर कम्प्युटर supercomputer ईत्यादी । फेरी पनि कम्प्युटर को राम्रो सम्झन को
लागी मुख्य तिन प्रमुख भाग यस प्रकार छन ।
I संरचना पर आधारित :
१) अनुरुप
कम्प्युटर (analog computer)एनालग कम्प्युटर
एक कम्प्युटर गणनात्मक यन्त्र हो जसमा समस्याको Perpetual रुप बाट भौतिक मात्र को रुप दर्शाई दिन्छ
जस अनुरुप कम्प्युटर अध्यायन गरि रहे प्रणाली को एक मोडल तैयार गर्दछ ।यसअनुसार
कम्प्युटर मा सबै प्रचलन समानान्तर तरिका ले हुन्छ,अर्को तर्फ भन्नु पर्दा यस अनुरुप कम्प्युटर मा डाटा बिधुत घचेट्दा देखाई दिन्छ ।जो कि Intensive परन्तु Storage संचयन को लागि पुष्ट हुदैनन ।यसमा सोर या आवाज ले दुषित हुने
सम्भावना बनिरहन्छ्न डिजिटल कम्प्युटर मा एक ट्रान्जिस्तर को उपयोग हो तरह अनुरुप
कम्प्युटर मज संधारित्र (capacitor ) एक सतत चर
प्रतिनिधित्वो गर्न सक्छ यिन का उपयोग मुख्य रुप ले टेक्निकि वा बैज्ञानिक मा हुन्छ ।
२) अंकीय
कंप्यूटर (Digital computer)
अँकीय कम्प्युटर एक यस्तो बिधुतिय गणनात्मक उपकरण हो ,जो कि सख्यात्मक अथवा प्रतीकात्मक जानकारी को
निर्दिष्ट गणनात्मक प्रतिकिया को अनुरुप बदलिन्छन अंकीय कम्प्युटर सबै प्रकार का सूचनाहरु को आन्तरिक रुपले संख्यात्मक रुप मा
देखाउनलाई दुविआधारी अंक (बिट्स )0 या १ का प्रयोग
गरिन्छन ।सबै आधुनिक कम्प्युटर निजि कम्प्युटर ,नोट बुक कम्प्युटर ,पकेटकम्प्युटर palmtop
computerपम टप कम्प्युटर ;वर्कस्टेसन Computer workstation, मेनफ्रेम
कम्प्युटर Mainframe
computers तथा सुपर
कम्प्युटर अंकिय कम्प्युटर को केहि प्रकार हुन् ।
३) संकर कम्प्युटर (Hybrid computer) -
संकर कम्प्युटर (Hybrid computer) संकर कम्प्युटर एक प्रकार को मध्यवर्ती उपकरण हो जो एक
अनुरूप (Analog) output को मानक
अंकों (Digital) मा परिवर्तित गरिदिन्छ्न् ।यिनमा अनुरूप तथा अंकीय यी दुवै प्रकार क संगणकों का विशेषता हुनेगर्छन् |संकर कम्प्युटर मा पहले एक
अनुरूप कम्प्युटर को प्रयोग अग्रांत Front end रूपले राम्रो हुन्छ ।तर अपेक्षाकृत अपरिपक्का आंकडा प्राप्त गर्न को लागि कम गरि दिन्छ , तत्पश्चात
उसमा मिलेको परिणाम को डिजिटल कम्प्यूटर मा वांछित विशुद्ध परिणाम पाउने को लागि भरि दिन्छ ।यिन क प्रयोग चिकित्सा क्षेत्र मा मुख्य रूप ले हुन्छन । यिन का सहायताले
बिरामी को तापमान, रक्तचाप जस्ता चलेनचलेकोमा निगरानी राख्द्छ्न।
सूचना प्रविधि
वास्तबमा आजको युग सुचना प्रबिधिको युग हो । जुनसुकै क्षेत्रमा पनि यसको व्यापक प्रयोग बढ्दै गैरहेको छ । जोसुकै पनि आइटी प्रबिधी प्रयोग बिना आफुलाई अपुरो ठान्दछ । यो सम्बन्धी ज्ञान नहुने ब्यक्तिहरु निरक्षर सरि हुन्छ्न ।
सूचना प्रविधिको द्रूततर विकासले नेपालजस्ता अल्पविकसित मुलुकहरूलाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा व्यापार लगायतका आर्थिक तथा सामाजिक क्षेत्रको दिगो विकास गर्न सुवर्ण अवसरहरू प्रदान गरेको छ ।यस प्रविधिको व्यापक प्रयोगबाट कानुनको शासन, भ्रष्ट्रचारमूक्त र चुस्त प्रशासन,विकेन्द्रिकरण, आर्थिक अनुशासन तथा सार्वजनिक सेवा प्रवाह र स्रोतको कुशल व्यवस्थापन जस्ताअसल शासनका आधारभूत मान्यतालाई आत्मसात गरी सर्वसाधारणले पाउनु पर्ने सेवा छिटो, छरितो तथा कम खर्चिलो ढंगबाट प्रदान गर्न सकिन्छ । यस अर्थमा सूचना प्रविधि नेपालको भौगोलिक विषमताबाट सिर्जित विकासका चुनौतीको सामना गर्न एउटा सशक्त पूर्वाधारको रूपमा समेत स्थापित हुन सक्ने देखिन्छ ।
आउँदो वर्षहरूमा विश्वमा सूचना प्रविधिको क्षेत्रमा विकसित राष्ट्रहरू र सूचना प्रविधिको कम पहुँच भएका राष्ट्रहरूको बीचमा आर्थिक विषमतामा बृद्धि हुन जाने प्रचुर संभावनाको पृष्ठभूमिमा सूचना प्रविधिमा पहुँच हुने र नहुने बीचको खाडल -Digital Divide_ ले निरन्तरता पाउने अवस्था विकसित राष्ट्रहरूका लागि पनि ग्राह्य हुन सक्दैन । यस सन्दर्भमा अन्तराष्ट्रिय समुदायबाट विकासोन्मुख मुलुकहरूमा सूचना प्रविधिको विकासका साथै यस प्रविधिको प्रयोगद्वारा विकासका लक्ष्यहरू प्राप्त गर्ने दिशामा निरन्तर सहयोग उपलब्ध हुने प्रवल सम्भावना समेत देखिन्छ ।सम्वद्ध नीतिले निर्धारण गरेका प्राथमिकताका आधारमा सूचना प्रविधिको क्षेत्रलाई विस्तृत तथा विकसित गराउनका लागि उपयुक्त वातावरण सृजना गर्न सन्दर्भमा हाल चालू तीन वर्षीय अन्तरिम योजनालाई पनि दृष्टिगत गर्न पर्ने हुन्छ । उक्त योजनामा सूचना प्रविधिलाई यथा सम्भव समतामूलक र समावेशी हुने गरी दुर्गम क्षेत्र, दलित, जनजाति, महिला, अपाङ्ग र जेष्ठ नागरिकहरूको पहुँचसम्म विस्तार गरी क्षेत्रिय सन्तुलन कायम राखि प्रविधिको विकास र उपयोगद्वारा सामाजिक एवम् आर्थिक विकास, रोजगारीको सृजना, गरिबी न्युनिकरण, सूचना एवम् ज्ञानमा आधारित समाजको निर्माण तथा विद्युतीय शासनमा रूपान्तरण गर्दै सरकारी सेवा तथा सूचनामा जनताको सहज पहुँच पु¥याउने दीर्घकालीन दृष्टिकोण राखिएको छ ।
0 Comments