Recruitment, Selection and Socialization in Nepali भर्ना, छनोट तथा सामाजिकिकरण


भर्ना, छनोट तथा सामाजिकिकरण

Recruitment, Selection and Socialization

भर्नाको अबधारणा  (Meaning of Recruitment)

संगठनात्मक उद्देश्य पुरा गर्नका लागी आवश्यक पर्ने जनसक्तिको नियुत्त गर्न संभाव्य उमेद्वारको खोजी गर्ने कार्यलाई भर्ना भनिन्छ । संगठनको कार्य विविरण र कार्य विशिष्ट विवरण अनुसारका मानव संसाधनहरु आपुर्ति गर्न सम्पन्न गरिने पहिलो चरणको कार्य नै भर्ना हो ।


 अर्थात संगठनमा कुनै निश्चित पदको लागि आवश्यक पर्ने सम्भावित उम्मेदवारहरुको खोजि गर्ने र उनीहरुलाई निवेदन दिन लगाउने कार्यलाई भर्ना भनिन्छ । यस अन्तरगत कुनै निश्चित स्थानको लागि न्यूनतम स्वीकार्य योग्यता पुगेका व्यक्तिहरुलाई संगठनमा प्रवेश गराउन श्रोत पत्ता लगाउने, खोजी गर्ने र निवेदन दिन प्रोत्साहित गर्ने कार्यहरु पर्दछन । भर्नाको मुल उद्देश्य छनोट कार्यको लागि योग्य उमेद्वारको संख्या वृद्धि गर्नु हो ।


मानव संसाधन भर्ना एक पक्रिया हो । यस अन्तरगत मानव संसाधनहरुको आवश्यकता पहिचान गर्ने,  श्रोतहरुको खोजि गनेर्, आवश्यक जानकारीहरु संचार गर्ने र आवेदकहरुको निवेदन प्राप्त गर्ने आदि चरणहरु पर्दछन । संगठनले उक्त चरणहरु पुरा गर्दै विज्ञापनको प्रक्रिया शुरु गर्दछ । तसर्थ भर्ना भनेको रिक्त स्थानका लागि विज्ञापन गर्ने कार्य हो

According to Mondy and Noe "Recruitment is the process of encouraging qualified people to make application for employment with a firm. " योग्य व्यक्तिहरुलाई संस्थामा रोजगारीको लागि आवेदन गर्न प्रोत्साहित गर्ने प्रक्रियालाई भर्ना भनिन्छ ।

निष्कर्षमा


संगठनात्मक उद्देश्य पुरा गर्नका लागी संगठनमा चाहिने कर्मचारीहरुको पदपुर्ति गर्न योग्य व्यक्तिहरुलाई दरखास्त दिन प्रोत्साहित गर्ने प्रक्रियालाई भर्ना भनिन्छ । भर्ना आन्तरिक र वाह्य गरी दुईवटा श्रोतहरुबाट पुरा गरिन्छ ।

 

 

भर्नाका स्रोत तथा विधिहरु (Source and Methods of Recruitment)

संगठनात्मक उद्देश्य पुरा गर्नका लागी आवश्यक पर्ने जनसक्तिको नियुत्त गर्न संभाव्य उमेद्वारको खोजी गर्ने कार्यलाई भर्ना भनिन्छ । संगठनका लागि आवश्यक पर्ने कुशल एवं योग्य व्यक्तिहरु प्रयाप्त मात्रामा उपलब्ध गर्न सकिने साधन तथा तरिकाहरुलाई भर्नाका श्रोतहरु एवं विधिहरु भनिन्छ । मानव संसाधन भर्नाका मुख्य दुई स्रोत वा विधि रहेका छन ।  उक्त विधिहरु निम्नानुसार विश्लेषण गरिएका छन ।


Source and Methods of Recruitment

Internal                                                                    External

!= a9'jf  (Promotion)                                                                     Advertisement

                                                                      Eductional Institution

Job Rotation                                                            Employment Agencies

Acting                                                                       

Employee Referrals                                                 Labour Union  

HR inventory                                                           Internship

Rehiring                                                                  Walk in

Employees Recommendation

Part-time Employees

 

    





!= आन्तरिक स्रोतहरु  (Internal Source/Methods):

 संगनठमा कार्यरत कर्मचारीहरु मध्येबाट भर्ना गर्ने व्यवस्था मिलाउनुलाई आन्तरिक श्रोत तथा विधि भनिन्छ । यस अन्तरगत संगठनमा कुनै स्थान रिक्त हुन गएमा वहालवाला कर्मचारीहरुलाई विभिन्न प्रक्रियाहरु पुरा गरेर योग्य उपेद्वार लाई भर्ना गरिन्छ । आन्तरिक रुपमा भर्ना गर्ने विभिन्न विधिहरु निम्नानुसार छन ।

अ.बढुवा (Promotion): हाल कार्यरत पदभन्दा एक तह माथिल्लो पदमा कार्य गर्न लगाउनुलाई पदोन्नति भनिन्छ । योग्यता, क्षमता, वरिष्ठता र सीपको आधारमा कर्मचारीहरुको पदोन्नति गरिन्छ । पदोन्नति हुँदा कर्मचारीहरुको तलव, भत्ता, जिम्मेवारी, काम, कर्तव्य आदिमा समेत वृद्धि हुन्छ  ।

आ. सरुवा -Transfer): कुनै एउटा कार्यालयमा कार्यरत कर्मचारीलाई समान तहको अर्को शाखा, विभाग वा इकाईमा स्थानान्तरण गर्नुलाई सरुवा भनिन्छ । कुनै विभाग वा शाखाहरुमा अधिक कर्मचारीहरु छन भने सरुवाको प्रक्रियाद्वारा भर्ना कार्य पुरा गरिन्छ । सरुवा गरिएको कर्मचारीको काम, कर्तव्य र जिम्मेवारी हेरफेर हुन सक्दछ तर पारिश्रमिकमा परिर्वतन हुदैन ।

इ. कायममुकायम  (Acting )M मुख्यतया व्यवस्थापकीय पद अस्थायी रुपले रिक्त रहन गएमा एक तह मुनि कार्यरत जेष्ठ कर्मचारीलाई केही समयको लागि उच्च तहको जिम्मेवारी हस्तान्तरण गर्नुलाई कायम मुकायम भनिन्छ । यसरी कायममुकायम दिँदा काम, कर्तव्य, अधिकार, उत्तरदारयित्व र सेवासुविधाहरुमा समेत परिवर्तन हुन्छ ।

ई. घटुवा (Demotion): माथिल्लो तह बाट झारेर कर्मचारीलाइ तल्लो पदमा भर्ना गर्नुलाई घटुवा भनिन्छ ।

Job Rotation: कुनै संगठनको निश्चित पद वा कार्यमा कार्यरत कर्मचारीलाई  ६ महिना वा १ बर्षपछि सोही संगठनको अर्को कार्यमा सार्ने प्रक्रियालाई कार्य परिक्रमा भनिन्छ । विभिन्न किसिमको ज्ञान, अनुभव र सीप भएका कर्मचारीहरुको अधिकतम सदुपयोग गर्न कार्य परिक्रमा विधि प्रयोग गरिन्छ । यसबाट कर्मचारीहरुलाई नया ज्ञान हासिल गर्ने अवसर पनि प्राप्त हुन्छ ।

 Referrls =(सिफारिस)ः यदि संगठको कुनै पद रिक्त हुन गएको छ भने व्यवस्थापक वा सुपरभाइजरको आदेश र निर्देशनमा कर्मचारीहरु मध्येबाट आवश्यकता अनुसारका व्यक्तिहरुको सिफारिस गरी आन्तरिक रुपमा भर्नाको व्यवस्था मिलाईन्छ ।

 HR Inventory:  संगठनमा कार्यरत कर्मचारीहरुको सम्पूर्ण विवरणहरु सूचीकृत गरिएको दस्तावेजलाई मानव संसाधन मौज्दात भनिन्छ । यसबाट संगठनमा के कस्तो सीप, योग्यता, क्षमता र दक्षता भएका कर्मचारीहरु उपलब्ध छन भन्ने वारेमा जानकारी प्राप्त हुन्छ । उक्त जानकारीहरुको आधारमा कुनै पद रिक्त रहन गएमा सजिलै भर्नाको प्रक्रिया मिलाउन सकिन्छ ।

 Rehiring (पुनर्नियुक्ति)ः संगठनबाट अवकास प्राप्त गरेर वा थप अवसर प्राप्त गरेर वा अन्य कारणले छोडेर गएका कर्मचारीहरुलाई संगठनको वारेमा यथार्थ जानकारी हुन्छ । तसर्थ त्यस्ता कर्मचारीहरुको योग्यता, क्षमता, दक्षता र कार्य शैलीलाई ध्यानमा राखी आवश्यकता अनुसार पुननर्नियुक्ति गर्न सकिन्छ ।  

2) बाह्य स्रोत (External Sources/Methods):  

संगठन भन्दा वाहिर सम्भावित उम्मेदवारको रुपमा रहेका व्यक्तिहरुबाट निवेदन माग गरेर भर्ना व्यवस्थापन मिलाउनुलाई भर्नाका वाह्य श्रोतहरु भनिन्छ । संगठन वाहिरबाट नया र आधुनिक ज्ञान भएका कर्मचारीहरु भर्ना गर्ने श्रोत नै वाह्य श्रोत वा विधि हो । यस अन्तरगत निम्न विधिहरु पर्दछन ।

a)      Educational Institutions: संगठनका लागि आवश्यक सीपयुक्त जनशक्ति उत्पादन गर्ने विभिन्न विद्यालय, कलेज, तथा प्राविधिक शैक्षिक प्रतिष्ठानहरुले उत्कृष्ट विद्यार्थीहरुलाई सिधै सम्पर्क गरेर भर्नाको व्यवस्था मिलाउन सक्दछन । सामान्तया प्राविधिक तथा पेशागत योग्यता भएका जस्तै इन्जिनियर, डाक्टर, व्यवस्थापक, अनुसन्धानकर्ता, फार्मेसी आदि उम्मेदवारहरुको निम्ति यो विधि प्रयोग गरिन्छ । अअ

b) lj1fkg (Advertisement): कर्मचारी भर्नाको यो सवैभन्दा लोकप्रिय, प्रचलित, सरल र सर्वमान्य वाहय तरिका हो । यस विधि मार्फत कर्मचारीहरुको भर्ना गर्दा रिक्त पदमा कर्मचारी आवश्यक भएको जानकारी सहित योग्यता, सीप, अनुभव र अतिरिक्त योग्यता भएका व्यक्तिलाई उक्त पदमा निश्चित समय भित्र आवेदन दिनका निम्ति विभिन्न पत्रपत्रिका, टेलिभिजन, वेभसाईड, इन्टरनेट र सूचना मार्फत जानकारी गराइन्छ ।   एकै पटक धेरै मानिसहरुलाई जानकारी पुरयाउन सकिने भएकोले वढी प्रभावकारी मानिन्छ । 

c) Employment Agencies: वेराजगार युवाहरुलाई रोजगारी प्रदान गर्ने उद्देश्यले सरकारी, गैरसरकारी तथा निधि क्षेत्रबाट रोजगार एजेन्सीहरु संचालनमा रहेका हुन्छन । उक्त एजेन्सीहरुले संगठनहरुलाई भर्ना तथा छनौट सम्वन्धि परामर्श दिनुका साथै विज्ञापन गरिदिने र लिखित तथा अतरवार्ता समेत लिने कार्य गर्दछन । आजकाल नेपालमा यो विधिको प्रचन वढदै गएको छ । सरकारी ऐजेन्सीहरुमा रोजगार प्रवद्र्धन केन्द्र एक प्रमुख एजेन्सी हो ।

 d) Labour Union: कर्मचारीहरुका हक हित, विकास र स्थायीत्वका निम्ति उनीहरुको समूहबाट स्थापना गरिएको संस्थालाई श्रम यूनियन भनिन्छ । श्रम यूनियनले आफना सदस्यहरुक्को कार्य स्थान, पद, सीप, अनुभव, दक्षता, योग्यता  आदिका वारेमा सम्पूर्ण विवरणहरु अभिलेखीकरण गरेका हुन्छन । संगठनको कुनै पदका लागि जनशक्तिहरुको आवश्यकता भएमा यूनियनले सिफारिस गरेर भर्नाको व्यवस्था मिलाइन्छ ।

e) Internship भर्खरै कलेज स्तरको शिक्षा पुरा गरेका विद्यार्थीहरुलाई कार्य सम्वन्धि प्राविधिक ज्ञान सिकाउने उद्देश्यले संचालित कार्यक्रमलाई Internship भनिन्छ । वाह्य भर्ना प्रक्रिया अन्तरगत आजभोली निजी क्षेत्रका संगठनहरुले यो प्रक्रियाद्वारा सम्भावित उम्मेदवारहरुलाई योग्य र दक्ष बनाई भर्नाको प्रक्रिया मिलाउछन ।


ा० ध्बपि क्ष्ल (स्वस्फुर्त उम्मेदवारी)ः न्यूनतम योग्यता पुगेका उम्मेदवारहरु रोजगारको खोजी गर्दै विभिन्न संगठनहरुमा सम्पर्क गर्दै उम्मेदवार वन्दछन भने त्यसलाई स्वस्र्फुत उम्मेदवारी भनिन्छ । उनीहरु जुनसुकै वेला अन्तरवार्ताको लागि तयार हुन्छन । समान्यतया संगठनहरुले अदक्ष एवं अर्धदक्ष कामदारहरुको भर्नाका लागि यो विधि प्रयोग गरिन्छ ।

g) Employee Recommendation: यस विधि अन्तरगत संगठनमा कुनै पद रिक्त हुन आएमा कार्यरत कर्मचारीहरुले संगठनदेखि वाहिर आफना साथीभाई, आफन्त, चिनजानका योग्य र दक्ष व्यक्तिहरुलाई भर्नाको लागि सिफारिस गरिन्छ । वहालवाला कर्मचारीहरुको चिरपरिचत व्यक्ति हुने भएकोले नया भर्नाको लागि यो वढी भरपर्दो हुन्छ । 

h) Part time Employees: संगठनले रोजगार संस्थाहरु संग परामर्श गरेर आंशिक, दैनिक ज्यालादारी र करारमा आवश्यक जनशक्तिहरुको भर्ना गर्न सक्दछ ।  कहिलेकाही संगठनमा अवकास प्राप्त कर्मचारीहरुलाई उनीहरुको योगदानको कदर गर्दै आंशिक कर्मचारीको रुपमा समेत भर्ना गर्न सकिन्छ ।

4.3. Concept of Selection: मानव संसाधन व्यवस्थापनको अर्को महत्वपूर्ण कार्य छनौट हो । संगठनमा रिक्त पदका लागि भर्ना प्रक्रियाद्वारा निवेदन दिएका उम्मेदवारहरु मध्येबाट उत्कृष्ट व्यक्तिको चयन गर्ने कार्यलाई छनौट भनिन्छ । अर्थात संगठनमा प्राप्त भएका निवेदनहरुको विश्लेषण गरेर सही व्यक्ति छान्ने कार्यलाई छनौट भनिन्छ । छनौट कार्यले अयोग्य व्यक्तिहरुहरु हटाई योग्य र उपयुक्त व्यक्ति नियुक्त गर्दछ ।


मानव संसाधनको आपुर्ति कार्यमा भर्ना पछिको महत्वपूर्ण कार्य छनौट हो । छनौट कार्यले सही कार्यको लागि उपयुक्त समयमा योग्य व्यक्तिको चयन गर्दछ । कर्मचारीको छनौट गर्दा कार्य विवरण र कार्य विशिष्ट विवरणलाई मुख्य आधार बनाइन्छ । छनौट प्रक्रिया उपुक्त भए मात्र उपयुक्त कर्मचारीको आपुर्ति हुनसक्दछ । त्यसैले छनौटका लागि विभिन्न किसिमका विधिहरु अवलम्वन गरिन्छन ।

According to Windel French " Selection is the process of choosing among the people who apply for work with an organization." संगठनमा काम गर्नका लागि आवेदन दिएका व्यक्तिहरु मध्येबाट उपयुक्त व्यक्ति चयन गर्ने प्रक्रियालाई छनौट भनिन्छ ।


निष्कर्षमा, खास पदका लागि उत्कृष्ट व्यक्तिहरु चयन गर्ने प्रक्रियालाई छनौट भनिन्छ । यो वास्तवमा कुन व्यक्ति राख्ने भनि निर्णय गर्ने चरणको एक श्रेणी हो ।


5gf]6 k|s[of (Selection Process):

रिक्त स्थानको लागि आवश्यक उत्कृष्ट मानव संसाधनहरुको चयन गर्नको लागि प्रयोग गरिने चरणहरुलाई छनौट प्रक्रिया भनिन्छ । छनौट प्रक्रियाले यसको प्रभावकारीतालाई मापन गर्दछ । तसर्थ छनौट कार्य अन्तरगत निम्न चरणहरु सम्पन्न गर्नुपर्दछ ।

1. Evaluation of Application:  भर्ना प्रक्रियाद्वारा प्राप्त भएका निवेदनहरुको सामान्यरुपमा जस्तै आवेदकको व्यक्तिगत विवरण, योग्यता, कार्य अनुभव, पारिश्रमिक, रुची आदिको जाँच गर्ने कार्यलाई आवेदनहरुको मूल्यांकन भनिन्छ । यस मूल्यांकनबाट न्यूनतम योग्यता नभएका विधि पुर्वक फाराम नभरेका व्यक्तिहरुको आवेदन अस्विकृत गरिन्छ । यस चरणमा खास गरेर प्राप्त आवेदनहरुलाई कार्य विवरण र कार्य विशिष्ट विवरण संग मिलान गरिन्छ ।

2. Preliminary Interview: प्रथम चरणमा स्वीकृत भएका आवेदकहरुलाई प्रारम्भिक अन्तरवार्ताको लागि वोलाइन्छ । खास गरेर आवेदकहरुबाट धेरै निवेदनहरु प्राप्त भएमा उम्मेदवारहरुको संख्या क मगर्न प्रारम्भिक अन्तरवार्ता गरिन्छ । यस चरणमा केवल उम्मेदवारहरुको शोच, दृष्टिकोण, योग्यता, पुरानो कार्य गरिरहेको स्थान, पुरस्कार, दण्ड सजाय आदिका वारेमा सूचनाहरु प्राप्त गरेर संख्यामा कटौती गरिन्छ ।

3. Selection Test: प्रारम्भिक अन्तरवार्ताबाट सफल भएका उम्मेदवारहरुलाई कार्य विवरण र कार्य विशिष्ट विरणका माग अनुसार विभिन्न किसिमका छनौट जाँचहरुमा समावेश गराइन्छ । यस अन्तरगत Intelligence Test, Subject Test, Personality Test, Aptitude Test, skill test, achievement test जस्ता विधिहरु प्रयोग गरिन्छन । नेपालमा यस किसिमको जाँच पूर्व सूचना प्रकाशित गरि लिखित रुपमा लिइन्छ । प्राविधिक कार्यको लागि प्रयोगात्मक परीक्षा समेत लिइन्छ । 

4) Selection Interview: छनौट परीक्षाबाट उत्तिर्ण भएका उम्मेदवारहरुलाई व्यवस्थापकसंग वा तोकिएको समूह संग आमने सामुने उपस्थित भएर वार्तालापद्वारा वुद्धिमता जाँच गर्ने कार्यलाई छनौट अन्तरवार्ता भनिन्छ । यस छनौट विधिबाट उम्मेदवारको आत्मविश्वास, चातुर्यता, धैर्यता, सहनशीलता, निर्णय गर्ने क्षमता, तत्परता, अरुलाई बुझन सक्ने क्षमता, परिस्थितिको सामना गर्न सक्ने सीप, उत्प्रेरणा आदि वारे थाहा पाउन सकिन्छ । अन्तरवार्ता संरचित (Structured) , अर्धसंरचित (semi structured) र असंरचित (Unstructured) गरी तीन प्रकारका हुन्छन ।

5) Reference Check/Background Investigation: (सन्दर्भ जाँच÷पृष्ठभुमिको जाँच)ः छनौट प्रक्रियाको यस चरणमा उम्मेदवारको चरित्र, नैतिकता, पारिवारिक पृष्ठभूमि, राजनीति र श्रम संगठनमा आवद्धता, समाजमा पुरयाएको योगदान, पुरोना संगठन त्याग गर्नुको कारण, कुनै किसिमको अभियोग लागेको आदिवारेमा जाँच गरिन्छ । यस चरणमा उम्मेदवारले आवेदन फाराम भरेका विवरण र अन्तरवार्ताका क्रममा दिएका विवरणहरु सत्य भए÷नभएको जाँच गरिन्छ ।

6) Physical/Medical Test: छनौट प्रक्रियाको यो अन्तिम चरण हो । यस चरणमा छनौट भएका उम्मेदवारहरुको शारीरिक स्वस्थता, स्फुर्ति, निरोगिता अपाङगता, भौतिक शक्ति आदि वारेमा जाँच गरिन्छ । खास गरेर यस प्रक्रियासम्म आइपुग्ता उम्मेदवारको मानसिक र शारिरिक योग्यताको परिक्षण गरिन्छ ।

7) Placement: माथि उल्लेखित चरणहरुबाट उत्तिर्ण भएका सफल उम्मेदवारहरुलाई छनौट समितिद्वारा कार्यस्थल, कार्यपद र कार्यभार निर्धारण गर्ने कार्यलाई पदस्थापन भनिन्छ । यस चरणमा छनौट भएका कर्मचारीहरुलाई वैधानिक मान्यता प्रदान गर्न नियुक्ति हस्तान्तरण गरिन्छ । नियुक्त भएका कर्मचारीहरु मध्ये महिलाको हकमा ६ महिना र पुरुषको हकमा एक बर्ष परिक्षणकाल रहने व्यवस्था छ । 

4.6. Selection Test:

संगठनको आवश्यकीय पदको लागि उम्मेदवारहरुको योग्यता, वौद्धिकता र क्षमता जाँच गर्नुलाई छनौट जाँच भनिन्छ । छनौट जाँचलाई लिखित जाँच पनि भनिन्छ । यस अन्तरगत सर्वप्रथम रिक्त रहेको पदका लारि बौद्धिकता जाँच गर्न Syllabus तयार गरिन्छ । पूर्वसूचना प्रकाशित गरि निश्चित समय र मिति निर्धारण गरेर उक्त Syllabus को आधारमा लिखित जाँच शुरु गरिन्छ । उम्मेदवारहरुले दिएको लिखित परीक्षाका उत्तरपुस्तिकाहरु सम्वन्धित विज्ञहरुलाई जाँच गर्न लगाई उत्तिर्ण उम्मेदवारहरुको नामावली प्रकाशित गरिन्छ । छनौट जाँच अन्तरगत निम्न जाँचहरु ग्रिन्छन ।

1) Aptitude Test -क्षमता÷योग्यता जाँच)ः कुनै पदका लागि उम्मेदवार भित्र रहेको विशिष्ट योग्यता, शक्तिहरु त्था कार्य क्षमताको मुल्यांकन गर्नुलाई योग्यता जाँच भनिन्छ । यसले उम्मेदवारमा विद्यमान ज्ञान, अनुभव, सीप, क्षमता र प्रतिभाको जाँच गरिन्छ । यस अन्तरगत निम्न परीक्षणहरु गरिन्छन ।

i) Intelligence Test: यस अन्तरगत उम्मेदवारको बुझन सक्ने क्षमता, तार्किक क्षमता, व्याख्या गर्न सक्ने क्षमता, सामान्यज्ञान, गणित, सम्झने शक्ति आदि वारे परिक्षण गरिन्छ ।

iI) Mechanical Test: यस अन्तरगत उम्मेदवारमा रहेको प्राविधिक ज्ञान जस्तै यन्त्र, उपकरण, मेसिन, कम्प्यूटर, औजार प्रयोग गर्न सक्ने क्षमता आदिको परिक्षण गरिन्छ ।

iii) Psychomotor Test: (मनोगति जाँच)ः यस अन्तरगत उम्मेदवारको हस्तकौशल , काम गर्ने गति, आँखा र हातवीचको समन्वय आदि क्षमताको परिक्षण गरिन्छ ।

iv) Clerical Test =(कार्यालय क्षमता जाँच)ः यस अन्तरगत उम्मेदवारको चिठी पत्र ड्राफट गर्ने, फाईल गर्ने, आदि सम्वन्धि सीपको परिक्षण गरिन्छ ।

2) Achievement Test: उम्मेदवारहरुले विगतमा प्राप्त गरेका उपलब्धिहरु, योगदानहरु र महत्वपूर्ण निर्णयहरुका वारेमा आवेदन फाराम भर्दा उल्लेख गरेका हुन्छन । तसर्थ छनौट जाँचको क्रममा कुनै तालिम वा प्रशिक्षण कार्यक्रमको आयोजना गरेर विगतको उपलब्धिहरुको वास्तविकता जाँच गर्ने कार्यलाई उपलब्धि जाँच भनिन्छ । यस अन्तरगत निम्न परीक्षणहरु गरिन्छन ।

a) Job Knowledge test: यस अन्तरगत उम्मेदवारले जुन पदका लागि आवेदन दिएको हो त्यो पदमा रही कार्य सम्पादन गर्न उसमा हुनुपर्ने न्यूनतम ज्ञानको जाँच गरिन्छ ।

b) Work Sample Test: यस अन्तरगत उम्मेदवारलाई नमुना स्वरुप वास्तविक कार्यको एक अंश गर्न लगाएर कार्य नमुनाको जाँच गरिन्छ ।

3) Situational Test: उम्मेदवारलाई वास्तविक अवस्था जस्तै समस्या अवगत गराई समाधान गर्न लगाइन्छ भने त्यसलाई परिस्थितिमुलक जाँच भनिन्छ । यसका निम्ति विभिन्न किसिमका समस्याहरु समेटिएको परिस्थितिको परिकल्पना गरेर उम्मेदवारलाई समूहमा काम गर्न लगाइन्छ । उक्त कार्यमा उत्कृष्टता प्रदर्शन गर्ने व्यक्ति नै छनौट हुन्छ ।

4) Personality Test: उम्मेदवारहरुको नैतिक धारणा, मूल्य मान्यताहरु तथा मनस्थिति आदिको परीक्षण गर्नुलाई व्यक्तित्व जाँच भनिन्छ । यस अन्तरगत व्यक्तिको आत्मविश्वास, इच्छा, चाहना, आशावादी, निर्णय क्षमता, भय, अन्धविश्वास, कार्यप्रति जागरुकता, प्रभुत्व र सामाजिक व्यवहार आदिको वारेमा जाँच गरिन्छ ।

5) Interest Test: उम्मेदवारहरुको कार्य प्रतिको रुची, इच्छा शक्ति, मन पर्ने वा नपर्ने आदि वारेमा परीक्षण गर्नुलाई अभिरुची जाँच भनिन्छ । आवेदन दिएको पद र कार्यका लागि उम्मेदवार कत्तिको रुचि राख्दछ भन्ने वारेमा यस जाँचबाट थाहा पाउन सकिन्छ । यदि आवेदक उक्त कार्यलाई वढी मनपराउँछ भने सजिलै प्रभावकारी तरिकाले सम्पन्न गर्न सक्दछ अन्यथा कार्य परिणाममुखी हुन सक्दैन ।

6) Honesty Test/ Polygraph Test: उम्मेदवारले आवेदमा उल्लेख गरेका सम्पूर्ण विषयबस्तुहरु सही छन वा छैनन भनेर जाँच गर्नुलाई इमान्दारीता जाँच भनिन्छ । यसमा मनोवैज्ञानिक विधिवाट वा पोलिग्राम मेसिनबाट उम्मेदवारको इमान्दारीता परिक्षण गरिन्छ ।

4.7. Reliability and Validity in Selection Test:

* Reliability in Selection Test:  छनौट जाँचमा निश्चितता (consistency) वा एकरुपता (Uniformity) कायम हुनुलाई विश्वसनियता भनिन्छ । अर्थात हरेक पटकको छनौट कार्यमा परिणामहरु लगभग एउटै आउनुलाई विश्वसनीयता भनिन्छ । अर्थात विभिन्न समयको अन्तररालमा प्रयोग भएका अलग अलग मूल्यांकनकर्ताहरुबाट स्वतन्त्र रुपले परीक्षण गर्दा पनि छनौट जाँचमा एकरुपता कायम हुन्छ भने त्यसलाई विश्वसनीयता जाँच भनिन्छ । मानौ कुनै उम्मेदवारको Intelligence Test पटक पटक लिदा पनि लगभग समान अंक प्राप्त गर्दछ भने उक्त छनौट जाँच विश्वसनीय छ भन्ने स्पष्ट हुन्छ । छनौट जाँचमा निम्नलिखित विश्वसनीयता हुनुपर्दछ ।

i) Test Retest Reliability: एउटै व्यक्तिलाई दोहरयाएर जाँच गर्दा लगभग समान अंक प्राप्त गर्दछ भने त्यसलाई जाँच पुनजाँच विश्वसनीयता भनिन्छ ।

ii) Inner Rater Reliability: दुई वा सो भन्दा वढी मूल्यांकनकर्ताहरुले जाँच गर्दा पनि लगभग समान नतिजा प्राप्त गर्दछ भने त्यसलाई इनर रेटर विश्वसनीयता भनिन्छ ।

iii) Intra Rater Reliability: एउटा मूल्यांकनकर्ताले समान व्यवहार, शैली र प्रवृत्ति दोहरयाएर जाँच गर्दा पनि समान नतिजा प्राप्त हुन्छ भने त्यसलाई इन्ट्रा रेटर विश्वसनीयता भनिन्छ ।

* Validity in Selection Test: छनौट जाँचको परीणाम र कार्य सम्पादन परिणामका वीचमा सामञ्जस्यता वा तालमेल मिल्नुलाई वैधता भनिन्छ । अर्थात छनौट जाँचमामा हुनुपर्ने शुद्धता तथा सत्यतालाई वैधता भनिन्छ । वैधताले छनौट जाँचको स्तर तथा मान्यतालाई निर्धारण गर्दछ । जस्तै प्रयोगात्मक परीक्षा अन्तरगतको टाइपिङ जाँचले कम्प्यूटर अपरेटरको गति र शुद्धतालाई जाँच गर्दछ । वैधता निम्न चार किसिमले परीक्षण गर्न सकिन्छ ।

i) Content Validity: कार्य आवश्यकता र कार्य जाँचका वीच तालमेल मिल्नुलाई विषयसूची वैधता भनिन्छ । यसमा जाँचको क्रममा जुन प्रश्न गर्ने हो सो कार्य अवस्था संग मिल्ने हुनु पर्दछ ।धता हो ।

ii) Predictive Validity: छनौट गरिने उम्मेदवारको वर्तमान कार्य सम्पादन भविश्यको कार्य अवस्थासंग उच्च स्तरमा परस्पर सम्वन्धित हुुनु अनुमानित वैधता हो ।

iii) Concurrent Validity: उम्मेदवारको जाँचबाट प्राप्त परिणाम र वर्तमान कार्य सम्पादन संग सम्वन्धित हुनुलाई वर्तमान वैधता भनिन्छ ।

iv) Construct Validity: उम्मेदवारलाई सकारात्मक प्रभाव पार्ने किसिमले छनौट जाँच गर्नुलाई सिर्जना वैधता भनिन्छ ।

4.8.  Concept of Interview:

अन्तरवार्ता छनौट जाँचको एक महत्वपूर्ण विधि हो । लिखित परीक्षाबाट उत्तिर्ण भएका उम्मेदवारहरु र व्यवस्थापक वा विशेषज्ञका वीच आमुने सामुने उपस्थित भई विचारहरुको आदान प्रदान गर्ने र उनीहरुको क्षमता परीक्षण गर्ने विधिलाई अन्तरवार्ता भनिन्छ । अन्तरवार्ता उम्मेदवारहरुको उत्तरदायित्व, व्यवहार र गुणहरुको जाँच गर्ने पद्धति हो । छनौट जाँचमा छुटेका र अनिवार्य रुपमा परीक्षण गर्नुपर्ने कार्यका लागि अन्तरवार्ताबाट प्रत्यक्ष सोधपुछ गरी जानकारी प्राप्त गर्न सकिन्छ । अन्तरवार्ताबाट खास गरेर उम्मेदवारको आत्मविश्वास, दृढता, सालिनता, धैर्यता, आक्रमकता, चातुर्यता, सहनशीलता, निर्णय गर्ने क्षमता, तत्परता, अरुलाई बुझन सक्ने क्षमता, परिस्थितिको सामना गर्न सक्ने सीप, उत्प्रेरणा आदि वारेमा स्पष्टरुपले बुझन सकिन्छ ।

अन्तरवार्ता एक मौखिक मूल्यांकन परीक्षा हो । यसको सहयोगले आवेदकवाट धेरै भन्दा धेरै जानकारीहरु लिन सक्नु पर्दछ । त्यसका लागि आवेदकहरुलाई Yes  र  No उत्तर आउने प्रश्नहरु सोधेर धेरे भन्दा धेरै वोल्ने अवसर दिनु पर्दछ । उम्मेदवारहरु हतोतसाहित हुने गरी प्रतिप्रश्न वा आक्रामक शैली अवलम्वन गर्नु हुदैन ।

4.9. Types of Interview:

अन्तरवार्ता एक कला हो जसको माध्यमबाट उम्मेदवारहरुको वारेमा प्रयाप्त विवरणहरु तथा जानकारीहरु हासिल गर्न सकिन्छ । तसर्थ विभिन्न किसिमका अन्तरवार्ताहरु संचालन गरिन्छन । केही महत्वूर्ण प्रकारहरु निम्नानुसार उल्लेख गरिएका छन ।

1) Structured Interview: अन्तरवार्तामा सोधिने प्रश्नहरु पूर्वनियोजित नभई समय परिस्थिति अनुसार कार्य संग सम्वन्धित वा असम्वन्धित प्रश्नहरु सोधेर जाँच गरिन्छ भने त्यसलाई असंरचित अन्तरवार्ता भनिन्छ । यस अन्तरवार्ताको कुनै निश्चित ढाँचा नभई स्वस्फुर्तरुपमा अनौपचारिक कुराकानी गरेर परीक्षण कार्य सम्पन्न गरिन्छ । यसबाट खास गरेर उम्मेदवारको मनोभाव, व्यवहार र दृष्टिकोण आदिका वारेमा जानकारी हासिल गरिन्छ ।.

2) Unstructured Interview: अन्तरवार्तामा सोधिने प्रश्नहरु पूर्वनियोजित नभई समय परिस्थिति अनुसार कार्य संग सम्वन्धित वा असम्वन्धित प्रश्नहरु सोधेर जाँच गरिन्छ भने त्यसलाई असंरचित अन्तरवार्ता भनिन्छ । यस अन्तरवार्ताको कुनै निश्चित ढाँचा नभई स्वस्फुर्तरुपमा अनौपचारिक कुराकानी गरेर परीक्षण कार्य सम्पन्न गरिन्छ । यसबाट खास गरेर उम्मेदवारको मनोभाव, व्यवहार र दृष्टिकोण आदिका वारेमा जानकारी हासिल गरिन्छ ।

3) Semi- Structured Interview: संरचित र असंरिचत अन्तरवार्ताहरुको मिश्रित रुपलाई अद्र्धसंरचित अन्तरवार्ता भनिन्छ । यस अन्तरवार्तामा केही महत्वपूर्ण प्रश्नहरु पूर्व निर्धारित हुन्छन र सवै उम्मेदवारहरुलाई सोधिन्छन । तर अन्य असम्वन्धित प्रश्नहरु उम्मेदवार अनुसार फरक फरक किसिमले सोधिन्छन । त्यसैले यसलाई लचिलो अन्तरवार्ता पनि भनिन्छ ।

4) Strees Interview: अन्तरवार्ताको क्रममा उम्मेदवारलाई दवाव र तनावको वातावरण श्रजना गरेर उसको समस्या समाधान गर्ने र चुनौतिको सामना गर्ने क्षमताको परीक्षण गर्नुलाई तनावयुक्त अन्तरवार्ता भनिन्छ । यस किसिमको अन्तरवार्तामा एक प्रश्नको उत्तर दिनु अगावै दोश्रो प्रश्न गर्ने, उम्मेदवारले दिएको जवाफको आलोचना गर्ने, असम्वन्धित प्रश्नहरु वढी गर्ने कार्य अन्तरवार्ताकारले गर्दछन । खासगरेर उम्मेदवारको धैर्यता, सहनसिलता, निर्णय गर्ने क्षमता जाँच गर्नको लागि उनीहरु माथि दवाव श्रजना गरेर परीक्षण गरिन्छ ।

5) Depth Interview: उम्मेदवारहरुको कार्यका सम्वन्धमा सानो भन्दा सानो विषयको जानकारी प्राप्त गर्न संचालन गरिने मौखिक सवालजवाफलाई गहन अन्तरवार्ता भनिन्छ । कार्यको गम्भिरता, कार्य प्रतिको उत्तरदायित्व, निर्वाह गर्नुपर्ने कर्तव्य र अधिकारहरुको वारेमा बुझनको लागि यस किसिमको अन्तरवार्ता गरिन्छ । यसबाट आवेदकको कार्य क्षमता, कार्यज्ञान, वुद्धिमता आदि वारेमा जाँच गरिन्छ ।

6) Group Interview: उम्मेदवारहरुलाई एउटा कोठामा राखेर सामुहिक रुपमा लिइने अन्तरवार्तालाई समूह अन्तरवार्ता भनिन्छ । यस अन्तरगत विशेषज्ञले क्रम संख्याको आधारमा सवै समक्ष साझा प्रश्न गर्दछन र हरेक उम्मेदवारबाट प्राप्त उत्तरको स्तर निर्धारण गरिन्छ । यस विधिद्वारा विशेषत उम्मेदवारको नेतृत्व गुणको मापन गरिन्छ ।

7) Discussion Interview: उम्मेदवारहरुलाई एउटै स्थानमा राखेर कुनै विषय वा समस्याको वारेमा छलफल गरेर उनीहरुको वोल्ने शैली, काम गर्ने तरिका, समन्वय गर्ने र नेतृत् वगर्ने क्षमताको मूल्यांकन गरिन्छ भने त्यसलाई छलफल अन्तरवार्ता भनिन्छ ।

4.10. Concept of Socializaton:

सामान्यतया एउटा समूह र अर्को समूहका वीचमा घुलमिल हुनुलाई सामाजिकीकरण भनिन्छ । कर्मचारीको रुपमा छनौट भएका नया कर्मचारीहरुलाई संगठनको निति, नियम, संस्कृति, मूल्य, मान्यता, भूमिका, कर्तव्य, जिम्मेवारी, प्रतिष्ठा आदिसंग परिचित गराई पदीय मर्यादा अनुसार कार्य गर्ने वातावरण तयार गर्नुलाई सामाजिकीकरण भनिन्छ । अर्को शब्दमा नया कर्मचारीहरुलाई व्यवस्थापक र पुराना कर्मचारीहरुसंग घुलमिल गराउँदै संगठनको संस्कार, कार्य परम्परा, चालचलन र व्यवहार आदि संग परिचित गराउने कार्यलाई सामाजिकीकरण भनिन्छ ।


संगठनले छनौट गरेका नया कर्मचारीहरु विभिन्न मूल्य, मान्यता, ज्ञान, अनुभव, सीप, दृष्टिकोण र विचार लिएर आएका हुन्छन । उनीहरुका इच्छा, चाहना, रोजाई, उद्देश्यहरु र लक्ष्यहरु पनि फरक फरक हुन्छन । त्यैसेले संगठनात्मक उद्देश्य हासिल गर्नको लागि उनीहरुलाई संगठनात्मक संस्कृति, संरचना र मूल्यमान्यताहरु संग सामजस्यता कायम गर्नुपर्दछ । जसलाई सामाजिकीकरण भनिन्छ ।

According to Baran Nota " Socialization is the on going process through which an employee being understand and accept the values, norms and belief by others in the organization." सामाजिकीकरण एउटा यस्तो प्रक्रिया हो जसबाट संगठनमा अरुद्वारा अपनाइएका मूल्य, मान्यता र विश्वासलाई नया कर्मचारीले स्वीकार गर्न सुरु गर्दछ ।


निष्कर्षमा, नया कर्मचारीहरुलाई कार्यरत कर्मचारीहरु संग परिचय गराउँदै संगठनको मूल्य, मान्यता, संस्कृति, दृष्टिकोण आदि संग समायोजित गर्ने गराउने प्रक्रिया नै सामाजिकीकरण हो ।    

4.11. Process of Socialization:

सामाजिकीकरण नियमित प्रक्रिया हो । सामाजिकीकरणबाट नया कर्मचारीहरु संगठन, संगठनका शक्तिहरु र संगठनका मान्यताहरु संग परिचित हुने तथा नजिक हुने अवसर प्राप्त गर्दछन । तसर्थ सामाजिकीकरण विभिन्न प्रक्रियाबाट सम्पन्न हुने गर्दछ ।

1. Pre-arrival -k"jf{udgsf] cj:yf_M कर्मचारीहरुले संगठनमा प्रवेश गर्नु पहिले संगठनप्रति वनाएको धारणालाई पूर्वागमन भनिन्छ । नया कर्मचारीहरुले आफना साथीभाई, पत्रपत्रिका, अन्रतवार्ता, वुलेटिन, कर्मचारीहरुसंग सोधपुछ गरेर पहिले नै एक किसिमको दृष्टिकोण निर्माण गरेका हुन्छन र त्यसैको आधारमा उनीहरुले आवेदन दिने गर्दछन । यसका साथै कार्य वातावरण, नीति, नियम, अभ्यास, शिक्षा र विगतको अनुभवका आधारमा पनि उनीहरुले निश्चित धारणा तय गरेका हुन्छन । विशेष गरेर व्यवस्थापन, इन्जिनियरिङ, चिकित्साशास्त्र, कानुन क्षेत्रका विद्यार्थीहरुले कुनै संगठनमा प्रवेश गर्नुपूर्व नै पेशा सम्वन्धि केही ज्ञान हासिल गरिसकेका हुन्छन जसलाई पूर्वागमनको अवस्था भनिन्छ ।

2. Encounter Stage- -le8Gtsf] cj:yf_M कर्मचारीहरुको धारणा एवं दृष्टिकोणहरु र संगठनको दृष्टिकोणका वीच अन्तरक्रिया वा  मन्थन गर्ने कार्यलाई भिडन्त भनिन्छ । नया कर्मचारीहरुले संगठनमा प्रवेश गर्दा कार्य, सहकर्मि, व्यवस्थापक, सुपरिवेक्षक र संगठनका क्रियाकलापहरु प्रति निश्चित धारणा लिएर आएका हुन्छन तर संगठनको संस्कृति, मूल्य, मान्यता र पुराना कर्मचारीहरुको व्यवहारका वीच निकटता कायम हुन सक्दैन जसले गर्दा निरन्तर संघर्ष चलिरहन्छ । यसरी अन्तरक्रिया हुँदै जाँदा कर्मचारीहरुको आन्तरिक स्वभाव र विचारधारामा संगठनको संस्कृतिले प्रभाव पार्दछ । यसरी धारणामा परिवर्तन ल्याउन सक्ने कर्मचारीहरु संगठनमा रहनछन भने अन्य त्याग गरेर जान्छन ।

3. Metamorphosis: -?kfGt/0fsf] cj:yf_M संगठनको संस्कृति, मूल्य,मान्यताहरु कर्मचारीहरुले पूर्ण रुपमा स्विकार गरी समायोजन हुनुलाई रुपान्तरण भनिन्छ । यस अवस्थामा कर्मचारीहरुको व्यवहारमा नया तरिका, नया मूल्य र मान्यताको विकास हुन्छ । उनीहरुको काम गर्ने तरिका र व्यवहारमा नयापनको विकास हुन्छन । नया कर्मचारीहरु पुरानो कर्मचारीको रुपमा परिणत हुन्छन ।

4. Outcomes सामाजिकीकरणको यस चरणमा नया कर्मचारीहरुको समन्वय, सामजस्यता, कार्य सन्तुष्टि र प्रेरणामा वृद्धि हुन्छ र प्रतिफलको रुपमा उत्पादकत्व, प्रतिवद्धता र योगदानमा वृद्धि हुन्छ । कर्मचारीहरु संगठन त्याग गरेर जाने प्रवृत्तिमा पनि कमि आउँछ ।  

4.12. Recruitment and Selection Practices in Nepalese Organization

नेपालमा मुख्यतया सरकारी अर्धसरकारी र निजी  गरेर तीन किसिमका संगठनहरु रहेका छन । तिनीहरु मध्ये सरकारी संगठनहरुमा लोकसेवा आयोगले निजामति ऐन अनुसार मानव संसाधनहरुको भर्ना तथा छनौट गर्दछ भने अर्धसरकारी संगठनहरुमा उनीहरुको आफनै ऐन, नियम र विनियमहरु रहेका छन । यसै गरी निजि क्षेत्रका कम्पनीहरुले आफनो सुविधालाई ध्यानमा राखेर कम्पनी वा संस्थाको अधिनरमा रही भर्ना तथा छनौट कार्य सम्पन्न गर्दछन । समग्रमा नेपालको भर्ना तथा छनौट पद्धति परम्परागत रहेको छ । नेपालको भर्ना तथा छनौट अभ्यासलाई बुँदागत रुपमा निम्नानुसार विश्लेषण गरिएको छ ।

1. Recruitment Plans: नेपाली संगठनहरुमा भर्ना तथा छनौट सम्वन्धि दीर्घकालिन योजना तर्जुमा गरेको पाइदैन । आवश्यकता अनुसार अल्पकालिन र मध्यकालिन योजनाहरुद्वारा मानव संसाधनको भर्ना प्रक्रिया मिलाईन्छ । त्यसको प्रत्यक्ष असर शिक्षा, स्वास्थ्य, बैंक लगायतका संगठनहरुमा देखिन्छ । तर पनि प्रहरी, सेना र केही प्राविधिक क्षेत्रहरुमा योजनावद्ध अनुसार नै भर्ना कार्य सम्पन्न भएको पाइन्छ ।

2. Labour Market: नेपाल श्रम बजारको दृष्टिकोणले प्रचुर सम्भावना भएको मुलुक हो । तर अदक्ष श्रमिकहरुको संस्ख्या अत्यधिक रहेको छ भने दक्ष जनशक्तिहरुको संख्या एकदमै न्यून छ । उच्च शिक्षा हासिल गरेका श्रमिकहरु प्रयाप्त तालिम, अनुभव र प्रयोगात्मक सीपको कमिले गर्दा वेरोजगार भइरहेका छन । नेपाली संगठनहरुले योजना बनाउने, अनुसन्धान तथा विकास गर्ने, नया प्रविधिको प्रयोग गर्ने जस्ता कार्यहरुका लागि विदेशबाट समेत सीपयुक्त कर्मचारीहरु आयात गरिरहेका छन ।   

3. Selection Processनेपालको छनौट प्रक्रिया केवल लिखित र अन्तरवार्ता परीक्षामा मात्र सिमित भएकोले उम्मेदवारहरुका लागि यी पक्रियाहरु बोझिलो वनिरहेका छन । व्यक्तित्व जाँच, उपलब्धि जाँच, इमान्दारीता जाँच, परिस्थितिमुलक जाँच, अभिरुची जाँच, शारीरिक जाँच जस्ता महत्वपूर्ण परीक्षण विधिहरुमा ध्यान दिइएको पाइदैनन । तर प्रहरी, सेना, चिकित्सा, क्षेत्रमा शारीरिक र परिस्थितिमुलक जाँचलाई प्रयोग गरिएको छ । 

4. Source of Recruitmentभर्नाको मुख्य श्रोतको रुपमा वाह्य र आन्तरिक विधिहरु रहेका छन । नेपालका सरकारी संगठनहरुले वाहय श्रोत भन्दा आन्तरिक श्रोतमा वढी ध्यान केन्द्रित गर्दछन । तर निजि क्षेत्रका संगठनहरुले भने योग्य, दक्ष र आधुनिक सीपयुक्त जनशक्तिहरुको भर्नालाई प्राथमिकता दिइरहेका हुन्छन ।

 

5. Recruitment Office: नेपालमा सरकारी संगठनहरुको निजामति सेवा तर्फ लोकसेवा आयोग भर्ना तथा छनौट कार्यालयको रुपमा रहेको छ भने अन्य संगठनहरुमा मानव संसाधन व्यवस्थापन विभागले सम्पन्न गर्दछ । कतिपय संगठनहरुले भर्ना प्रक्रिया सम्पन्न गर्नको लागि आयोग वा समिति समेत गठन गर्दछन । जस्तैः शिक्षा आयोग, विश्वविद्यालका सेवा आयोगहरु, महिला आयोग आदि ।

Post a Comment

0 Comments