Introduction to Human Resource Management in Nepali मानव स‌साधन व्यवस्थापनकाे परिचय

Concept of HRM:

मानव संसाधन व्यवस्थापन एक अनिवार्य, महत्वपूर्ण, सम्वेदनशील र क्रियाशील विधा हो । यो विधा संगठनका विभिन्न साधनश्रोतहरु मध्ये मानवीय पक्षको प्रभावकारी व्यवस्थापन संग सम्वन्धित छ । संगठनका अन्य साधनश्रोतहरुको परिचालन मानव जनशक्तिहरुबाट मात्र सम्भव हुने भएकोले उनीहरुको उचित तरिकाले व्यवस्थापन गर्नुपर्दछ । यस अर्थमा मानव जनशक्तिहरुको ज्ञान, सीप, दक्षता र तत्परताको व्यवस्थापन नै मानव संसाधन व्यवस्थापन हो ।   


ममानव संसाधन व्यवस्थापनलाई सही अर्थमा बुझन मानव संसाधन र व्यवस्थापनलाई अलग अलग रुपमा बुझनु उपयुक्त हुन्छ । मानव संसाधनले संगठनमा कार्यरत सम्पूर्ण कामदारहरुलाई जनाउँछ भने व्यवस्थापनले उनीहरुको कार्य सम्पादन गराउने कलालाई जनाउँछ । यसर्थमा संगठनात्मक उद्देश्य हासिल गर्नको लागि मानव संसाधनको प्रभावकारी रुपमा उपयोग गर्ने सम्वन्धि सम्पूर्ण प्रक्रिया मिलाउनुलाई मानव संसाधन व्यवस्थापन भनिन्छ । अर्थात मानव संसाधन सम्वन्धि योजना बनाउने, संगठन गर्ने, निर्देशन गर्ने, नियन्त्रण गर्ने, निर्णय गर्ने कार्यलाई मानव संसाधन व्यवस्थापन भनिन्छ ।

मानव संसाधन व्यवस्थापन अन्तरगत प्राप्ति (Acquisition), विकास (Development),, सदुपयोग (Utilization) र सम्भार (Maintenance)  सम्वन्धि कार्यहरु पर्दछन । यसका साथै उचित समयमा उचित व्यक्तिलाई उचित स्थानमा प्रवन्ध (right man at right place at right time) गरी क्रियालकलापहरुलाई प्रभावकारी रुपमा संचालन गर्नु पनि मानव संसाधन व्यवस्थापन हो ।

  According to Decenzo and Robbins " Human resource management is a process consisting of the acquisition, development, motivation and maintenance of human resource. मनव संसाधन व्यवस्थापन मानव जनशक्तिहरुको प्राप्ति, विकास उत्प्रेरणा र सम्भार समावेश भएको एउटा प्रक्रिया हो । 

निष्कर्षमा मानव जनशक्तिहरुको समग्र तथा वैज्ञाननिक व्यवस्थापन पद्धतिलाई मानव संसाधन व्यवस्थापन भनिन्छ ।

Post a Comment

0 Comments